×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

१८ मंसिर २०८२

१७ मंसिर, काठमाण्डौ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्। विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ।

Advertisement
Advertisement

विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ। ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। उसका लागि आजको खेल जित्नुपर्ने दबाब छ।

विराटनगरमा आबद्ध भएका दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सोमबार नेपाल आइसकेका छन्। उनले आज लुम्बिनी लायन्स विरूद्धको खेल खेल्न सक्नेछन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्समा बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

दुई खेलमा मैदानमा बाहिर रहेका गप्टिल पनि आज मैदानमा उत्रिने संभावना छ । लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन्। यस टोलीमा दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

नेपाल प्रिमियर लिग सिजन–२ मा नेपाली खेलाडीहरूले आफ्नो प्रतिभा देखाउँदै ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका छन् । लिग चरणमा खेलिने ७ मध्ये काठमान्डु गोर्खाज र कर्णालीले ६ र विराटनगर किंग्स,चितवन राइनोज, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्ससहितले ५–५ खेल खेलिसकेका छन् ।

अहिलेसम्म स्वदेशी खेलाडीमा ब्याटिङमा रोहित पौडेल अघि छन् । एनपीएलमा रोहितको टिम लुम्बिनी लायन्सले अहिलेसम्म पाँच खेल खेल्दा २ मा जित र ३ मा हार ब्यहोरेको छ । तर, पनि व्यक्तिगत प्रदर्शनमा भने रोहितले रन बनाएका भने छन् । उनले ५ खेलमा १७४ रन बनाएका छन् ।

तर उनको स्ट्राइक रेट भने सन्तोषजनक छैन । उनको स्ट्राइक रेट ९९.४२ को रहेको छ । उनले यो सिजन हालसम्म ४ छक्का र ११ चौका प्रहार गरेका छन् । सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीहरूको सूचीमा रोहित पहिलो स्थानमा छन् र समग्रमा तेस्रो नम्बरमा छन् ।

सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर विनोद भण्डारीले ५ खेलमा १६५ रन बनाउँदै १०६.४५ को स्ट्राइक रेट कायम गरेका छन् । उनका हाइयस्ट स्कोर ६९ नटआउट रहेको छ । उनले ५ छक्का र १५ चौका प्रहार गरेका छन् ।

उनको टोलीले पाँचमा पाँच खेल जितेर २ खेल अगाडी नै प्लेअफ पुगिसकेको छ ।  टोलीलाई जिताउने विनोदले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी एक खेलमा प्लेयर अफ द म्याच पनि भए । सबैभन्दा बढी रन बनाउनेहरूको सूचीमा नेपाली खेलाडीहरूमा विनोद दोस्रो र समग्रमा पाँचौँ स्थानमा छन् ।

विराटनगर किङ्सका मिडलअडर ब्याटर बसिर अहमद सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीहरूको सूचीमा तेस्रो नम्बरमा रहेका छन् भने समग्रमा आठौँ नम्बरमा छन् । उनले ५ खेलमा १४० रन बनाएका छन् । उनको स्ट्राइक रेट १२७.२७ छ ।

यो स्ट्राइक रेट ठिकठाकै मान्न सकिन्छ नेपाली खेलाडीहरूको तुलनामा । उनको हाइयस्ट स्कोर ६२ नटआउट हो । बसिरले ८ छक्का र ५ चौका प्रहार गरेका छन् । विराटनगरका लागि ब्याटर लोकेश बमले पनि आफ्नो आक्रामक प्रदर्शन एनपीएलको दोस्रो सिजनमा पनि देखाइसकेका छन् ।

उनले ५ खेलमा १२७ रन बनाएका छन् । स्ट्राइक रेट १२३.३० छ । लोकेशको यस सिजनको हाइयस्ट स्कोर ७२ हो । उनले ११ छक्का र ४ चौका प्रहार गरेका छन् । सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीहरूमा लोकेश चौथो र समग्रमा १० औँ स्थानमा छन् ।

काठमान्डु गोर्खाजका टपअडर ब्याटर आकाश त्रिपाठीले ६ खेलमा ११७ रन बनाएका छन् । स्ट्राइक रेट ८८.६३ छ, यो भने उदेक लाग्दो देखिन्छ । जारी एनपीएलमा उनले ६ खेल खेल्दा मात्र २ छक्का प्रहार गरेका छन् । तर उनले चौका भने ११ बनाएका छन् ।

आकाश नेपाली खेलाडीहरूको सूचीमा पाँचौँ र समग्रमा ११ औँ स्थानमा छन् ।पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले सुरुका २ खेलमा लगातार अर्धशतक प्रहार गरेपनि त्यसपछिका २ खेलमा उनी बिना रन आउट हुन पुगेका छन् ।

उनले यो सिजन एनपीएलमा ५ वटा १३० रन बनाएका छन् त्यो पनि दमदार स्ट्राइक रेटमा । उनको स्ट्राइक रेट १७२.३० छ, यो राम्रै मानिन्छ । यो सिजन उनको हाइयस्ट स्कोर ५९ हो । उनले ३ खेलमा मात्र १२ चौका र ९ छक्का प्रहार गरेका छन् ।

दीपेन्द्र सिंह ऐरीले कप्तानी गरेको टिम सुदूरपश्चिम रोयल्स यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्दै अहिलेसम्म अपराजित छ । सुदूरपश्चिमले ५ खेलमा पाँचवटै जितेको छ । टोलीलाई जिताउने क्रममा कप्तान दीपेन्द्र पनि उत्कृष्ट अलराउन्ड प्रदर्शन गरिरहेका छन् ।

दीपेन्द्रले ५ खेलमा १०३ रन बनाएका छन् । दीपेन्द्रको स्ट्राइक रेट १३७.३३ छ । यो सिजनको उनको ब्याटबाट आएको हाइयस्ट स्कोर ३९ हो । त्यसक्रममा उनले मिडल अडरमा ब्याटिङ गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका छन् ।

आरिफ शेख पनि सुदूरपश्चिमबाटै खेलिरहेका छन् । अलराउन्डर आरिफले यस सिजन बलिङ भने गरेका छैनन् । उनले ५ वटै खेल खेलेका छन् । यी पाँच खेलमा आरिफले ९१ रन बनाएका छन्। उनको हाइयस्ट स्कोर ३९ हो ।

आरिफले पनि यस सिजन पाँच खेलसम्ममा मात्र १ छक्का प्रहार गरेका छन् । तर चौका भने १० वटा प्रहार गरेका छन् । कर्णाली याक्सले ६ खेल खेल्दा पवनले भने चार खेलमा ब्याटिङ गर्न पाएका छन् । त्यसक्रममा उनले १२५. ३५ को स्ट्राइक रेटमा १०८ रन बनाएका छन् ।

उनको हाइयस्ट स्कोर ३५ हो । यसक्रममा पवनले ८ चौका र ६ छक्का प्रहार गरेका छन् । गुलशनले पनि कर्णालीका चार खेल मात्र खेलेका छन् । त्यसक्रममा उनी टोलीका निकै भरोसिला खेलाडी देखिएका छन् । यी चार खेलमा उनले ९१ रन बनाएका छन् ।

उनका हाइयस्ट स्कोर ४९ नटआउट हो । उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा हालसम्म सबैभन्दा बढी विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा १ नम्बरमा छन् ।

अविनाशले पाँच खेलमा १६.१ ओभर बलिङ गरेर ११ विकेट लिएका छन् भने १०८ रन खर्चेका छन् । हालसम्म हेर्दा सबैभन्दा धेरै विकेट लिनेको दोस्रो नम्बरमा पनि नेपाली बलर नै छन् । दोस्रो नम्बरमा स्टार लेग स्पिनर सन्दीप लामिछाने छन् ।

सन्दीप र उनको टिम विराटनगर यस पटक उत्कृष्ट लयमा छन् । विराटनगर किङ्सका लागि सन्दीपले ५ खेलमा २० ओभर बलिङ गरेका छन् । २९० ओभरमा उनले १०३ रन खर्चेर १० विकेट लिएका छन् ।

५.१५ को इकोनमीमा उनको बलिङले टोलीलाई एक खेलमा हारेपनि अन्य ४ खेलमा निरन्तर सफलता दिलाएको छ । लामो समय देखि नेपालको राष्ट्रिय टिममा रहेर सफल बनेका पेस बलर करण केसी पनि यो सिजन राम्रो लयमा छन् ।

Advertisement
Advertisement

कणरले बलिङ पनि उत्कृष्ट गरिरहेका छन् । काठमान्डु गोर्खाजका लागि करणले ६ खेलमा २३.१ ओभर बलिङ गरेका छन् । त्यसक्रममा उनले १७३ रन खर्चेर १० विकेट लिएका छन् । करण हालसम्म सबैभन्दा बढी विकेट लिने नेपाली बलरमा तेस्रो हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top