NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा बुधबार मंसिर १७ , २०८२
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो मङ्लबार मंसिर १६ , २०८२
Next
Prev

समाचार

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

बुधबार मंसिर १७ , २०८२
Reading Time: 1 min read
A A
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ मंसिर, काठमाण्डौ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्। विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ।

विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ। ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। उसका लागि आजको खेल जित्नुपर्ने दबाब छ।

LS Auto

विराटनगरमा आबद्ध भएका दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सोमबार नेपाल आइसकेका छन्। उनले आज लुम्बिनी लायन्स विरूद्धको खेल खेल्न सक्नेछन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्समा बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

दुई खेलमा मैदानमा बाहिर रहेका गप्टिल पनि आज मैदानमा उत्रिने संभावना छ । लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन्। यस टोलीमा दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

नेपाल प्रिमियर लिग सिजन–२ मा नेपाली खेलाडीहरूले आफ्नो प्रतिभा देखाउँदै ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका छन् । लिग चरणमा खेलिने ७ मध्ये काठमान्डु गोर्खाज र कर्णालीले ६ र विराटनगर किंग्स,चितवन राइनोज, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्ससहितले ५–५ खेल खेलिसकेका छन् ।

अहिलेसम्म स्वदेशी खेलाडीमा ब्याटिङमा रोहित पौडेल अघि छन् । एनपीएलमा रोहितको टिम लुम्बिनी लायन्सले अहिलेसम्म पाँच खेल खेल्दा २ मा जित र ३ मा हार ब्यहोरेको छ । तर, पनि व्यक्तिगत प्रदर्शनमा भने रोहितले रन बनाएका भने छन् । उनले ५ खेलमा १७४ रन बनाएका छन् ।

तर उनको स्ट्राइक रेट भने सन्तोषजनक छैन । उनको स्ट्राइक रेट ९९.४२ को रहेको छ । उनले यो सिजन हालसम्म ४ छक्का र ११ चौका प्रहार गरेका छन् । सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीहरूको सूचीमा रोहित पहिलो स्थानमा छन् र समग्रमा तेस्रो नम्बरमा छन् ।

सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर विनोद भण्डारीले ५ खेलमा १६५ रन बनाउँदै १०६.४५ को स्ट्राइक रेट कायम गरेका छन् । उनका हाइयस्ट स्कोर ६९ नटआउट रहेको छ । उनले ५ छक्का र १५ चौका प्रहार गरेका छन् ।

उनको टोलीले पाँचमा पाँच खेल जितेर २ खेल अगाडी नै प्लेअफ पुगिसकेको छ ।  टोलीलाई जिताउने विनोदले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी एक खेलमा प्लेयर अफ द म्याच पनि भए । सबैभन्दा बढी रन बनाउनेहरूको सूचीमा नेपाली खेलाडीहरूमा विनोद दोस्रो र समग्रमा पाँचौँ स्थानमा छन् ।

विराटनगर किङ्सका मिडलअडर ब्याटर बसिर अहमद सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीहरूको सूचीमा तेस्रो नम्बरमा रहेका छन् भने समग्रमा आठौँ नम्बरमा छन् । उनले ५ खेलमा १४० रन बनाएका छन् । उनको स्ट्राइक रेट १२७.२७ छ ।

यो स्ट्राइक रेट ठिकठाकै मान्न सकिन्छ नेपाली खेलाडीहरूको तुलनामा । उनको हाइयस्ट स्कोर ६२ नटआउट हो । बसिरले ८ छक्का र ५ चौका प्रहार गरेका छन् । विराटनगरका लागि ब्याटर लोकेश बमले पनि आफ्नो आक्रामक प्रदर्शन एनपीएलको दोस्रो सिजनमा पनि देखाइसकेका छन् ।

उनले ५ खेलमा १२७ रन बनाएका छन् । स्ट्राइक रेट १२३.३० छ । लोकेशको यस सिजनको हाइयस्ट स्कोर ७२ हो । उनले ११ छक्का र ४ चौका प्रहार गरेका छन् । सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीहरूमा लोकेश चौथो र समग्रमा १० औँ स्थानमा छन् ।

काठमान्डु गोर्खाजका टपअडर ब्याटर आकाश त्रिपाठीले ६ खेलमा ११७ रन बनाएका छन् । स्ट्राइक रेट ८८.६३ छ, यो भने उदेक लाग्दो देखिन्छ । जारी एनपीएलमा उनले ६ खेल खेल्दा मात्र २ छक्का प्रहार गरेका छन् । तर उनले चौका भने ११ बनाएका छन् ।

आकाश नेपाली खेलाडीहरूको सूचीमा पाँचौँ र समग्रमा ११ औँ स्थानमा छन् ।पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले सुरुका २ खेलमा लगातार अर्धशतक प्रहार गरेपनि त्यसपछिका २ खेलमा उनी बिना रन आउट हुन पुगेका छन् ।

उनले यो सिजन एनपीएलमा ५ वटा १३० रन बनाएका छन् त्यो पनि दमदार स्ट्राइक रेटमा । उनको स्ट्राइक रेट १७२.३० छ, यो राम्रै मानिन्छ । यो सिजन उनको हाइयस्ट स्कोर ५९ हो । उनले ३ खेलमा मात्र १२ चौका र ९ छक्का प्रहार गरेका छन् ।

दीपेन्द्र सिंह ऐरीले कप्तानी गरेको टिम सुदूरपश्चिम रोयल्स यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्दै अहिलेसम्म अपराजित छ । सुदूरपश्चिमले ५ खेलमा पाँचवटै जितेको छ । टोलीलाई जिताउने क्रममा कप्तान दीपेन्द्र पनि उत्कृष्ट अलराउन्ड प्रदर्शन गरिरहेका छन् ।

दीपेन्द्रले ५ खेलमा १०३ रन बनाएका छन् । दीपेन्द्रको स्ट्राइक रेट १३७.३३ छ । यो सिजनको उनको ब्याटबाट आएको हाइयस्ट स्कोर ३९ हो । त्यसक्रममा उनले मिडल अडरमा ब्याटिङ गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका छन् ।

आरिफ शेख पनि सुदूरपश्चिमबाटै खेलिरहेका छन् । अलराउन्डर आरिफले यस सिजन बलिङ भने गरेका छैनन् । उनले ५ वटै खेल खेलेका छन् । यी पाँच खेलमा आरिफले ९१ रन बनाएका छन्। उनको हाइयस्ट स्कोर ३९ हो ।

आरिफले पनि यस सिजन पाँच खेलसम्ममा मात्र १ छक्का प्रहार गरेका छन् । तर चौका भने १० वटा प्रहार गरेका छन् । कर्णाली याक्सले ६ खेल खेल्दा पवनले भने चार खेलमा ब्याटिङ गर्न पाएका छन् । त्यसक्रममा उनले १२५. ३५ को स्ट्राइक रेटमा १०८ रन बनाएका छन् ।

उनको हाइयस्ट स्कोर ३५ हो । यसक्रममा पवनले ८ चौका र ६ छक्का प्रहार गरेका छन् । गुलशनले पनि कर्णालीका चार खेल मात्र खेलेका छन् । त्यसक्रममा उनी टोलीका निकै भरोसिला खेलाडी देखिएका छन् । यी चार खेलमा उनले ९१ रन बनाएका छन् ।

उनका हाइयस्ट स्कोर ४९ नटआउट हो । उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा हालसम्म सबैभन्दा बढी विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा १ नम्बरमा छन् ।

अविनाशले पाँच खेलमा १६.१ ओभर बलिङ गरेर ११ विकेट लिएका छन् भने १०८ रन खर्चेका छन् । हालसम्म हेर्दा सबैभन्दा धेरै विकेट लिनेको दोस्रो नम्बरमा पनि नेपाली बलर नै छन् । दोस्रो नम्बरमा स्टार लेग स्पिनर सन्दीप लामिछाने छन् ।

सन्दीप र उनको टिम विराटनगर यस पटक उत्कृष्ट लयमा छन् । विराटनगर किङ्सका लागि सन्दीपले ५ खेलमा २० ओभर बलिङ गरेका छन् । २९० ओभरमा उनले १०३ रन खर्चेर १० विकेट लिएका छन् ।

५.१५ को इकोनमीमा उनको बलिङले टोलीलाई एक खेलमा हारेपनि अन्य ४ खेलमा निरन्तर सफलता दिलाएको छ । लामो समय देखि नेपालको राष्ट्रिय टिममा रहेर सफल बनेका पेस बलर करण केसी पनि यो सिजन राम्रो लयमा छन् ।

कणरले बलिङ पनि उत्कृष्ट गरिरहेका छन् । काठमान्डु गोर्खाजका लागि करणले ६ खेलमा २३.१ ओभर बलिङ गरेका छन् । त्यसक्रममा उनले १७३ रन खर्चेर १० विकेट लिएका छन् । करण हालसम्म सबैभन्दा बढी विकेट लिने नेपाली बलरमा तेस्रो हुन् ।

Tags: #नेपाल प्रिमियर लिग (एनपिलएल)#विराटनगरलाई चुनौती दिँदै लुम्बिनी

लोकप्रीय

रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

बुधबार मंसिर १७ , २०८२
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२

विचार

रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

बुधबार मंसिर १७ , २०८२
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२

थप समाचार

रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश
अन्तर्राष्ट्रिय

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

बुधबार मंसिर १७ , २०८२
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन
ताजा समाचार

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु
ताजा समाचार

जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

मङ्लबार मंसिर १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

बुधबार मंसिर १७ , २०८२
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.