×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

१८ मंसिर २०८२

१७ मंसिर, काठमाण्डौ ।

अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, बुरूण्डी, क्युबा, लाओस, सेइरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि नयाँ आवेदन मंगलबारदेखि रोक लगाएको हो।

Advertisement
Advertisement

वाशिङ्टन डिसीमा अमेरिकी नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ती १९ देशका नागरिकहरूले प्राप्त गरेको ग्रीनकार्ड पुनरवलोकन गर्न निर्देशन दिएका थिए।

मंगलबारदेखि भने ती देशका नागरिकहरूले ग्रीन कार्ड र नागरिकताका लागि दिएको आवेदनबारे थप प्रक्रियामा रोक लगाउने र नयाँ आवेदन पनि नलिने निर्णय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यी तिनै देशहरू हुन् जसलाई ट्रम्पले अमेरिकाको आन्तरिक सुरक्षामा दखल पु¥याउने सक्ने भनेर गत जुन महिनामै यात्रा प्रतिबन्ध लगाएका थिए। त्यो भन्दा अगाडिदेखि नै अमेरिकामै रहेकाहरूले भने ग्रीन कार्ड र अमेरिकी नागरिकता लागि प्रक्रिया अगाडि बढाएका थिए।

साथै यात्रा प्रतिबन्धका बावजुद पनि धेरै आवेदनहरू परेका थिए। ग्रीन कार्ड र नागरिकताका लागि आवेदन दिइसकेकालाई अन्तर्वार्ता लिने काम भइरहेको र धेरै मानिसहरू ग्रीनकार्ड प्राप्त गर्ने अन्तिम चरणमा थिए भनेर रोयटर्सले लेखेको छ।

ट्रम्प प्रशासनको यो निर्णयले त्यस्ता व्यक्तिहरु ग्रीन कार्ड प्राप्त गर्ने अवसरबाट बञ्चित भएका छन्। अमेरिकी अध्यागमन कार्यालयले ग्रीनकार्डका प्राप्त गर्न लागेका व्यक्तिहरूमाथि आवश्यक परे पुनः अन्तर्वार्ता लिन सकिने बताएको छ।

त्यसका लागि अहिले प्रक्रियामा अगाडि बढेका व्यक्तिका आवेदनहरू पनि होल्डमा राखिएका छन्। उनीहरुको कागजात पुनः परीक्षण र फेरि अन्तर्वार्ता भएपछि मात्रै ग्रीन कार्डका लागि विचार गरिने बताइएको छ।

नयाँ नीतिले हजारौं आप्रवासीको भविष्य अन्योलमा पारेको छ भने मानव अधिकार समूहहरूले यसलाई भेदभावपूर्ण र कानुनी चुनौतीको विषय बन्न सक्ने कदमका रूपमा लिएका छन् भनेर रोयटर्सले लेखेको छ।

अर्कातर्फ अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले ट्रम्प प्रशासनलाई यात्रा प्रतिबन्ध सूची १९ देशबाट बढाएर करिब ३० देखि ३२ देशसम्म विस्तार गर्न सिफारिस गरेकी छन्। यात्रा प्रतिबन्ध सूचीमा पर्ने देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा कडा अवरोध लाग्छ ।

तर कुन–कुन देश थपिने भन्नेबारे अहिले स्पष्ट नभएको सीएनएनले जनाएको छ । स्रोतका अनुसार यो कदम वाशिंगटन डीसीमा भएको गोलीकाण्डपछि चालिएको हो । गोलीकाण्डमा एक नेशनल गार्ड सदस्यको मृत्यु भएको थियो भने अर्को गम्भीर घाइते भएका थिए।

गोलीकाण्डका मुख्य अभियुक्त रहमानुल्लाह लाकनवाल अफगान नागरिक हुन् । उनले अफगानिस्तानमा अमेरिकी पक्षसँग काम गरेका थिए। उनले बाइडन प्रशासनतर्फबाट पुनस्र्थापित भई पछि ट्रम्प प्रशासनअन्तर्गत ग्रीनकार्ड प्राप्त गरेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि नोएमले भनिन् ’हाम्रो देशमा हत्यारा, परजीवी र आश्रित मानसिकताका मानिसहरू पठाइरहेका हरेक देशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउन सिफारिस भएको छ।’

हाल पूर्ण वा आंशिक प्रतिबन्ध लगाइएका १९ देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्यूबा, लाओस, सिएरा लिओन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला छन्।

ट्रम्पले यसअघि केही देशहरूले उचित कागजात प्रमाणीकरण नगर्ने वा आफ्नै नागरिक फिर्ता लिन अस्वीकार गर्ने गरेको आरोप लगाउँदै यात्रा प्रतिबन्ध आवश्यक भएको बताएका थिए। गोलीकाण्डपछि प्रशासनले आप्रवासन नीतिमा झनै कडाइ गरेको छ।

ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले बाइडन प्रशासनले आरोपीको पर्याप्त परीक्षण नगरेको दाबी गर्दै अहिलेको आप्रवासन प्रणाली पुनः परिमार्जन गर्नुपर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले ’तेस्रो विश्वका देशहरूबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्न सक्ने चेतावनी दिएका छन् ।

गृहमन्त्री नोएमले ट्रम्पको यो चेतावनीलाई खुलेर समर्थन गरेकी छन्। आफ्नो दोस्रो राष्ट्रपतीय कार्यकालको दौरान ट्रम्पले कागजात नभएका आप्रवासीहरूको सामूहिक देशनिकाला गर्ने, शरणार्थी भर्नाको वार्षिक संख्या कटौती गर्ने र जन्मसिद्ध नागरिकताको अधिकार कटौती गर्ने प्रयास गरेका छन्।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top