×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

१८ मंसिर २०८२

१७ मंसिर, काठमाण्डौ ।

बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो ।

Advertisement
Advertisement

ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ । त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ ।

उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ । ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।

स्थानीय समुदायमा एक जना विश्वासिलो सदस्य र एक धार्मिक व्यक्तिको रुपमा समेत बनाएको सहज पहुँचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ । पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् ।

उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ । ढकालको अपराध सन् २०२३ को नोभेम्बरमा मात्र बाहिर आएको थियो। पीडितमध्ये एक जनाले आफ्नो परिवारलाई आफूमाथि भएको शोषणबारे जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।

त्यसपछि अन्य पीडितहरू पनि प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीका अनुसार पीडितहरुमध्ये एक जना बाहेक सबै घटनाको समयमा बालबालिका थिए। तीमध्ये सबैभन्दा कान्छी पीडित ८ वर्षकी मात्र थिइन्।

पीडितहरूमध्ये धेरैजसो क्याम्ब्रिजसायरका थिए भने एक जना लन्डनका थिए। आफूलाई कसैले विश्वास नगर्ने डरले पीडितहरू लामो समयसम्म चुप लागेर बसेका थिए। प्रहरीले पक्राउ गरेपछि ढकालले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका थिए।

तर, गत सेप्टेम्बरमा क्याम्ब्रिज क्राउन कोर्टमा २० दिनसम्म चलेको सुनुवाइपछि जुरीले उनलाई सर्वसम्मत रूपमा दोषी ठहर गरेको थियो। जुरीले ३ घण्टाभन्दा कम समयको छलफलमै उनलाई दोषी पाएको थियो।

अदालतले ढकाललाई अनिश्चितकालका लागि यौन अपराधीहरूको सूचीमा राख्ने आदेश दिएको छ। साथै, उनलाई आफ्ना ८ जना पीडितहरूलाई भविष्यमा कहिल्यै सम्पर्क गर्न नपाउने गरी ’रेष्ट्रेनिङ अर्डर’ समेत जारी गरिएको छ।

घटनाको अनुसन्धान गरेकी डीसी फिलिपा मलेटले भनिन्, “यो घटनाले के पुष्टि गर्छ भने अपराध जहिले भएको भए पनि, जब पीडितहरू बोल्न तयार हुन्छन्, प्रहरीले त्यसलाई गम्भीरतापूर्वक लिन्छ। म पीडितहरूको साहसको कदर गर्दछु, जसले अगाडि आएर कानुनी लडाइँ लडे र भविष्यमा अन्य बालबालिकालाई पीडित हुनबाट जोगाए।“

पिटरबरोस्थित नेपाली समुदायका अगुवाबाट प्राप्त जानकारीअनुसार सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल त्यसक्षेत्रकै पुरानामध्येका एक नेपाली हुन् । सन् १९९८ मा उनी लन्डन गएका थिए ।

ढकालको पुख्र्यौली घर धादिङ र अहिले काठमाडौंमा पनि छ । पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।उनले पाएको सजायबारे बीबीसी लगायतका मिडियाहरूले समाचार लेखेका छन् ।

बीबीसीले क्याम्ब्रिज क्राउन कोर्टको फैसलालाई उद्धृत गर्दै लेखेको छ । अभियोजक क्लेयर म्याथ्युजले अदालतलाई बताएको विवरण अनुसार पीडितले ढकाललाई ‘दोस्रो बाबु’ जस्तै मान्ने गर्थिन्। त्यसको फाइदा उनले लिए । साँचो बोलेमा अझ बढी हानि हुन्छ भनेर दबाबमा राख्थे ।

Advertisement

उनले सांस्कृतिक कारणले बाल्यकालमै यो दुव्र्यवहारबारे बोल्न नसकेको बताएकी छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top