×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

१८ मंसिर २०८२

१७ मंसिर, काठमाण्डौ ।

उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गरिएको छ। पार्टीले ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको छ ।

Advertisement
Advertisement

आज काठमाडौँमा सार्वजनिक पार्टीको घोषणापत्रमा पार्टीका मुख्य कार्यक्रम र मुख्य उद्देश्यबारे केन्द्रीय सदस्य रिमा विश्वकर्माले जानकारी दिँदै पार्टीको नारा ‘उज्यालो नेपाल, उज्यालो भविष्य, विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य’ रहेको जानकारी दिइन् ।

सुशासन र पारदर्शितालाई आफ्नो बाचा बनाएको सो पार्टीमा नेपाल र नेपालीको उज्यालो भविष्यका लागि राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागिता र संलग्नतामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने सङ्कल्प र योजनाका साथ उज्यालो नेपाल जन्म भएको जानकारी गराइएको छ ।

‘राजनीतिक आदर्श विचार र मूल्य मान्यता । न्याय प्रणाली, सुशासन र पारदर्शिता अपनाइने छ’, पार्टीको घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा वर्तमान संविधानलाई स्वीकार्ने । तर केही व्यवस्थाहरू संशोधन गर्ने उल्लेख छ ।

‘स्थिर सरकार निर्माण गर्न समानुपातिक समावेशीलाई सुनिश्चित गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने तथा प्रदेश र स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्ने’, सार्वजनिक घोषणापत्रमा भनिएको छ। ‘शासकीय सुधारका सम्बन्धमा मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने, प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित ५ सदस्यीय मन्त्रीमण्डल हुनुपर्ने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्नेमा उज्यालो नेपाल पार्टीको घोषणापत्रमा उल्लेख छ । उच्च राजनीतिक चेतना र चिन्तन प्रणालीको प्रतिनिधित्व गर्ने राजनीतिक दल स्थापना र विस्तार गरी सामाजिक न्यायको प्रत्याभूति गर्ने उद्देश्यले गठन गरिएको उक्त पार्टीले शासकीय प्रणाली र असल राजनीतिक संस्कार अभ्यासलाई महत्वका साथ अघि सारेको छ ।

यस्तै मन्त्रालयमा निजामती सेवाबाहिरबाट प्रशासनिक व्यक्ति ल्याउनुपर्ने उल्लेख छ। ‘मन्त्रालयको प्रशासनिक नेतृत्वमा निश्चित प्रतिशत संख्यामा निजामती सेवाबाहिरबाट विज्ञ नियुक्त गर्नुपर्छ,’ नेता रीमा विश्वकर्माले वाचन गरेको घोषणापत्रमा उल्लेख छ। त्यस्तै, अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका व्यक्तिलाई नयाँ सरकारले तत्काल हटाउन मिल्ने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ।

‘सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति नयाँ सरकारले चाहेमा तत्काल रिक्त हुने व्यवस्था गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ। राज्यका निकायबीच समन्वय र सहकार्य हुने गरी कानुनी र संस्थागत व्यवस्था गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ।

मुलुकको अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर बनाउने तथा प्राकृतिक साधन–स्रोतको एकीकृत प्रयोग गर्ने नीति अपनाउनुपर्ने भनिएको छ। वर्तमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उज्यालोको भनाइ छ। साथै, नेपालका सार्वजनिक निकायको पुनर्संरचना गर्नुपर्ने तथा निजी क्षेत्रले प्रदान गर्ने सेवा गुणस्तरीय र प्रतिस्पर्धी बनाउने व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समावेश छ।

यस्तै उज्यालो नेपालले , पार्टीभन्दा पहिले देश, पारदर्शी आर्थिक प्रणाली, उम्मेदवार छनोटमा योग्यता, इमान्दारी, र जनसेवाको प्राथमिकता, महिलामैत्री र युवा–मैत्री नीति, प्रत्यक्ष सेवा–केन्द्रित कार्यक्रम, भ्रष्टाचारविरुद्ध कडा, निष्पक्ष र शून्य–सहनशीलता नीति, आधुनिक प्रविधि, अनुसन्धान र तथ्यमा आधारित निर्णय र डिजिटल प्रविधिको प्रयोगद्वारा कुशल प्रशासन आफ्नो प्रमुख लक्ष्य रहेको बताएको छ ।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य रहेकी अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्माले केपी ओलीजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने प्रधानमन्त्री नचाहिने बताएकी छन् । उनले भनिन्, ‘आज देशले जबाफदेही नेतृत्व खोजिरहेको छ ।देशको प्रधानमन्त्री जस्तो गरिमामय पोस्टमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब चाहिँदैन ।’

साथै आफू राजनीतिमा आउँछु, देशलाई माया गर्छु र जिम्मेवारी लिन्छु भन्दा जीवनभरिलाई पुग्ने गाली खाइरहेको पनि बताइन् । आफूले मात्रै नभएर खानदानलाई नै पुग्ने गरी गाली खाइरहेको बताइन् । सारा गालीका बाबजुद आफू राजनीतिमा होमिएको पनि बताइन् । आफ्नो दियो आफैँ बन्नु भन्ने बुद्धको भनाइ उल्लेख गर्दै भनिन्, ‘आज यो देश र दाजुभाइ, दिदीबहिनीको हालत हेरेर म कसैको भर गर्न सक्दिनँ । म आफ्नै मात्रै भर गर्न सक्छु । त्यसैले आफ्नो दियो आफैँ बन्ने प्रण गरेकी छु । देश र देशवासीका निमित्त उज्यालो बन्ने प्रण गरेकी छु ।’

आफूमा राजनीतिक चेत आएदेखि कुलमान घिसिङलाई नेता मानेको पनि बताइन् । १८ घण्टे लोडसेडिङलाई कुलमानले हटाएदेखि नै आफूले अगुवा मानेको र उनकै नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेको बताइन् ।

उनले वैकल्पिक शक्तिहरू विभाजित नभई एकढिक्का हुनुपर्ने बताइन्। सुमनाले नयाँ र परिवर्तनकारी शक्तिहरू अलग–अलग बाटोमा हिँड्दा त्यसको फाइदा पुराना दल र प्रवृत्तिका नेतृत्वलाई पुग्ने चेतावनी दिइन्। ‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ सुमना कहाँ छ, सुमना कहाँ छ… म भन्छु– सुमना एकतामा छ,’ उनले भनिन्, ‘यदि हामी फरक–फरक बाटोमा हिँड्ने हो भने पुराना पार्टीहरूलाई फेरि रेड कार्पेट ओछ्याएर ‘आउनुस्, देश लुट्नुस्’ भनेर बोलाए जस्तै हुन्छ।’

हातका औँलाहरू छुट्टाछुट्टै हुँदा कमजोर हुने तर मुट्ठी बनेपछि शक्ति प्राप्त हुने उदाहरण दिँदै उनले भनिन्, ‘जब यो मुट्ठी बन्छ, त्यतिबेला मात्रै हामी पावरफुल हुन्छौँ। होइन, छुट्टाछुट्टै फरक–फरक बाटोमा सबैजना जाने हो भने फेरि देशले दुःख पाउँछ।’

कार्यक्रममा प्रमुख अतिथि कुलमानले पार्टीको वेबसाइटको उद्घाटन सुरुमै गरे । घिसिङले नेपालमा राजनीतिक परिवर्तनहरू धेरै पटक भए पनि आर्थिक समृद्धि हासिल हुन नसकेको भन्दै अबको बाटो आर्थिक क्रान्तिको हुनुपर्ने बताए ।

उनले विगतमा आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’ नै आज पार्टीको रूपमा रूपान्तरण भएकोमा खुसी व्यक्त गरे। मन्त्री घिसिङले यो पार्टीका संस्थापकहरूसँग आफ्नो २० वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरे।

सम्बोधनका क्रममा घिसिङले नेपालको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरे। विगत ७५ वर्षमा १५० भन्दा बढी सरकार बनेको तर जनताको जीवनस्तरमा तात्विक फरक नआएको उनको भनाइ थियो।

‘नेपालमा हरेक १० वर्षमा राजनीतिक परिवर्तन र आन्दोलनहरू (२००७, २०१७, २०३६, २०४६, २०६३) भए। राजनीतिक परिवर्तन गर्न सजिलो देखियो, तर आर्थिक क्रान्ति र व्यवस्थापन गर्न सबैभन्दा गाह्रो भयो,’ उनले भने, ‘अबको चुनौती भनेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने होइन, जनताको अवस्था परिवर्तन गर्ने आर्थिक क्रान्ति हो।’

उनले बाहिर बसेर गाली गर्नुभन्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुधारमा लाग्न आह्वान गरे । उनले देशको जलविद्युतको मात्रै उपयोग गरे नेपालीले विदेशिनु पर्ने नभई विदेशीले नेपालमा आएर काम गर्ने वातावरण बन्ने बताए ।

घोषणा कार्यक्रममा कुलमानसँगै सुन्दरमणी दिक्षित, कलाकार रिमा विश्वकर्मासहितको उपस्थिति छ । यस्तै रास्वपा परित्याग गरेकी सुमना पनि उनेपा घोषणासभामा देखिएकी छन् । यस्तै गणेश योञ्जन, सरु जोशी, मुक्तसिंह लामा, खगेन्द्र सुनार, धर्म चौधरी र किशोरी कार्की पनि घोषणासभामा पुगेका छन् ।

यी सबैलाई अतिथिको रूपमा आसनग्रहण गराइएको हो । रास्वपा छोडेपछि कतै नखुलेकी सुमना पनि कुलमानको पार्टी घोषणा कार्यक्रममा पुगेकी हुन् । उनले उज्यालो नेपाललाई शुभकामना दिँदै वैकल्पिक शक्तिहरु बीच एकताका लागि आफू सदैव साथमा रहेको बताएकी छन् ।

Advertisement

योञ्जन जापानका लागि पूर्वराजदूत हुन् । जोशी महिला अधिकारकर्मी हुन् । लामा मानवशास्त्री हुन् । मार्टिन चौतारी र सोसल साइन्स वहाःमा अनुसन्धानमा काम गर्छन् । उनी त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्छन् । कार्की जेन–जी आन्दोलनबाट चर्चामा आएकी हुन् । यसअघि नै पार्टीले ५१ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिसकेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top