एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

१९ मंसिर ८२, शुक्रबार

१९ मंसिर, काठमाण्डौ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित अतिआवश्यक छ ।

आज लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । गत संस्करणको विजेता जनकपुरले हालसम्म पाँच खेलबाट दुई अंक मात्र पाएको छ । उसले पनि जितलाई काम राखेमा प्लेअप समीकरण झन रोचक बन्नेछ ।

Advertisement

अहिलेसम्म तीन टोली प्लेअपमा पुगिसकेका छन्, जसमा अपराजित सुदूरपश्चिम रोयल्स क्वालिफायर पुग्दा काठमाडौं गोर्खाज् र विराटनगर किङ्ग्स प्लेअफमा रहेका छन् । सुदूरपश्चिम रोयल्सले हिजो चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेको छ ।

यो जितसँगै ६ खेलमा १२ अंक जोडेको सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो । यसैगरी सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्सले पनि प्लेअफको यात्रा तय गरेको छ ।

Advertisement

हारसँगै ६ खेलमा चार अंक जोडेको चितवनको भने प्लेअफ सम्भावना कमजोर छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १ सय २० रनमै समेटियो ।

चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए । सुदूरपश्चिमका लागि पुनिल मेहराले तीन तथा अभिनाश बोहोरा, इशान पाण्डे, हिम्मत महरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै १ सय ६९ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि क्रिस लिनले रिटायर्ड हर्ट हुनुअघि ५६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे ।

यसैगरी आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २४–२४, विनोद भण्डारीले २१ र पुनित मेहरले १३ रन बनाए । चितवनका लागि सैफ जेबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिमशले एक–एक विकेट लिए ।

काठमान्डु गोर्खाज बिहीबार दिउँसो भएको खेलमा पोखरालाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो। काठमान्डु लिग चरणका सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंकसहित दोस्रो स्थानमा छ।

विराटनगर लिग चरणका ६ मध्ये दुई खेलमा हार र चार खेलमा जितसहित आठ अंक बटुेर तेस्रो स्थानमा छ। आजको खेल जनकपुरले जितेमा भने ‘प्लेअफ’को प्रतिस्पर्धा रोचक बन्नेछ। समान ६ खेल खेलेको लुम्बिनीको ६ अंक छ भने पोखराको चार अंक छ।

त्यस्तै, पाँच खेल खेलेको जनकपुरको दुई अंक मात्रै छ। जनकपुरले लुम्बिनीपछि आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्म कर्णालीमा प्लेअफको दौडबाट बाहिरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top