NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ? शुक्रबार मंसिर १९ , २०८२
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
Reading Time: 1 min read
A A
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ मंसिर, काठमाण्डौ ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय आज सकिँदैछ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज साँझ पाँच बजेसम्म संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन् ।

तर, दलहरुबीच अँझै सहमति जुट्न सकेको छैन । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । हिजो पनि दिनभरजसो उनीहरुबीच छलफल भए पनि नयाँ मुख्यमन्त्री टुंग्याउन सकेनन् ।

मुख्यमन्त्री र मन्त्रीसहितका सबै नियुक्ति प्याकेजमै सहमत गर्ने तायरी भए पनि लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिए । कांग्रेसले यादवलाई नै मुख्यमन्त्रीमा अघि सारेको छ ।

लोसपाबाट जितेन्द्र कुमार सोनल मुख्यमन्त्रीको आकांक्षी छन् । नेताहरुले सात दलबीचको सहमतिमै मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइरहेका छन् । सर्वोच्चको आदेशअनुसार विश्वासको मत लिन नसकेपछि बुधबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

योसँगै मधेशमा छैठौँ मुख्यमन्त्री छान्न रस्साकस्सी चलेको हो । हिजो पनि एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् । नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । जसपा सभामुख लिने दाउमा छ । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।

अहिले पनि दलहरु फेरि छलफलमा बसेका छन् । हिजोको सात दलको बैठकले मुख्यमन्त्रीमा दाबी नगरेका प्रदेश सभाका चार दललाई यादव र सोनलमध्ये एक जनाको नाम मुख्यमन्त्रीको रूपमा टुंग्याउने जिम्मा दिएको छ।

जसपा, जनमत, माओवादी केन्द्र र एकीकृत समावादीले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी पाएका हुन् । सात दलको बैठकमा यादव र सोनलले दाबी नछाडेपछि माओवादी संसदीय दलका नेता भरत साहले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिन बिहीबारको बैठकमा प्रस्ताव गरेका थिए ।

साहको प्रस्ताव अनुसार नै बैठकले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिएको हो । हिजोको बैठकमा यादव र सोनल दुवैले चार दलले जसको नाम टुंग्याए पनि त्यो आफूहरूलाई मान्य हुने भनेर प्रतिवद्धता जाहेर गरेका छन् ।

हिजोको छलफलमा जसपा, जनमत, माओवादी केन्द्रसहितका दलले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, अहिलेको परिस्थितिमा धेरै विवाद गर्दा राम्रो म्यासेज नजाने भएपछि ती दल त्यो दाबीबाट पछि हटेका थिए ।

मुख्यमन्त्रीसँगै दलहरूले मन्त्रालय भागबण्डाको विषयमा पनि हिजो प्रारम्भिक छलफल गरेका छन्। तर, मुख्यमन्त्रीमै सहमती नभइसकेको अवस्थामा त्यो विषय मुख्य प्राथमिकतामा परेन । अहिले दलहरूबीच सभामुखको विषयमा छलफल भएको छैन।

हिजोको बैठकमा केही नेताले सभामुखमा पनि प्याकेजमै सहमती गरौँ भन्ने प्रस्ताव गरेका थिए । तर बैठकमा सहभागी धेरैले त्यस विषयमा छलफल गर्न थालियो भने विवाद झन् बढ्ने भन्दै मुख्यमन्त्री टुंग्याएपछि मात्रै सभामुखको विषयमा छलफल गर्दा उपर्युक्त हुने सुझाव दिएका थिए ।

यसबीच एमालेले पनि मधेश प्रदेशमा अब बन्ने सरकारलाई विश्वासको मत दिने भएको छ । एमालेले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने मधेश प्रदेश सभा एमालेका प्रमुख सचेतक हरि नारायणले जानकारी दिए ।

‘सरकार एक महिना पनि नटिक्ने अवस्था बनिरहेको छ, स्थिर होस, दिगो रुपले चलोस भनेर जो नेतृत्वमा आएपनि विश्वासको मत दिन्छौं,’ उनले भने । बुधबार बसेको संसदीय दलको बैठकमा सोबारे छलफल भएको र जो नेतृत्वमा आए पनि विश्वासको मत दिने सहमति भएको उनको भनाइ छ ।

यस विषयमा पार्टीभित्र पक्ष÷विपक्ष नरहेको उनले स्पष्ट पारे । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा एकपछि अर्को अपरिपक्व निर्णय गर्दै गएकोले मधेशमा एमाले एक्लिएको छ । मधेशमा पुनः सहयात्री दलहरूसँग नजिक हुन एमालेले नयाँ कार्ड फ्याँकेको हो ।

सुरूमा एमालेको कोटाबाट बनेकी प्रदेश प्रमुख गुमाएको थियो। त्यसपछि सभामुख र मुख्यमन्त्री पद पनि गुमाइसकेको छ। दुई महिनामा तीन वटा सरकार बनिसकेको छ । ०७९ को निर्वाचनपछि चौथो मुख्यमन्त्री छनोट प्रक्रिया सुरू भएको छ ।

Tags: #मधेशमा आज नयाँ सरकार#सरकारका लागि दाबी पेश

लोकप्रीय

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२

विचार

थप समाचार

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास
ताजा समाचार

अन्तर्राष्ट्रिय

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.