×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

२० मंसिर २०८२

१९ मंसिर, काठमाण्डौ ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय आज सकिँदैछ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज साँझ पाँच बजेसम्म संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन् ।

Advertisement

तर, दलहरुबीच अँझै सहमति जुट्न सकेको छैन । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । हिजो पनि दिनभरजसो उनीहरुबीच छलफल भए पनि नयाँ मुख्यमन्त्री टुंग्याउन सकेनन् ।

मुख्यमन्त्री र मन्त्रीसहितका सबै नियुक्ति प्याकेजमै सहमत गर्ने तायरी भए पनि लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिए । कांग्रेसले यादवलाई नै मुख्यमन्त्रीमा अघि सारेको छ ।

लोसपाबाट जितेन्द्र कुमार सोनल मुख्यमन्त्रीको आकांक्षी छन् । नेताहरुले सात दलबीचको सहमतिमै मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइरहेका छन् । सर्वोच्चको आदेशअनुसार विश्वासको मत लिन नसकेपछि बुधबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

योसँगै मधेशमा छैठौँ मुख्यमन्त्री छान्न रस्साकस्सी चलेको हो । हिजो पनि एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् । नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । जसपा सभामुख लिने दाउमा छ । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।

अहिले पनि दलहरु फेरि छलफलमा बसेका छन् । हिजोको सात दलको बैठकले मुख्यमन्त्रीमा दाबी नगरेका प्रदेश सभाका चार दललाई यादव र सोनलमध्ये एक जनाको नाम मुख्यमन्त्रीको रूपमा टुंग्याउने जिम्मा दिएको छ।

जसपा, जनमत, माओवादी केन्द्र र एकीकृत समावादीले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी पाएका हुन् । सात दलको बैठकमा यादव र सोनलले दाबी नछाडेपछि माओवादी संसदीय दलका नेता भरत साहले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिन बिहीबारको बैठकमा प्रस्ताव गरेका थिए ।

साहको प्रस्ताव अनुसार नै बैठकले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिएको हो । हिजोको बैठकमा यादव र सोनल दुवैले चार दलले जसको नाम टुंग्याए पनि त्यो आफूहरूलाई मान्य हुने भनेर प्रतिवद्धता जाहेर गरेका छन् ।

हिजोको छलफलमा जसपा, जनमत, माओवादी केन्द्रसहितका दलले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, अहिलेको परिस्थितिमा धेरै विवाद गर्दा राम्रो म्यासेज नजाने भएपछि ती दल त्यो दाबीबाट पछि हटेका थिए ।

मुख्यमन्त्रीसँगै दलहरूले मन्त्रालय भागबण्डाको विषयमा पनि हिजो प्रारम्भिक छलफल गरेका छन्। तर, मुख्यमन्त्रीमै सहमती नभइसकेको अवस्थामा त्यो विषय मुख्य प्राथमिकतामा परेन । अहिले दलहरूबीच सभामुखको विषयमा छलफल भएको छैन।

हिजोको बैठकमा केही नेताले सभामुखमा पनि प्याकेजमै सहमती गरौँ भन्ने प्रस्ताव गरेका थिए । तर बैठकमा सहभागी धेरैले त्यस विषयमा छलफल गर्न थालियो भने विवाद झन् बढ्ने भन्दै मुख्यमन्त्री टुंग्याएपछि मात्रै सभामुखको विषयमा छलफल गर्दा उपर्युक्त हुने सुझाव दिएका थिए ।

यसबीच एमालेले पनि मधेश प्रदेशमा अब बन्ने सरकारलाई विश्वासको मत दिने भएको छ । एमालेले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने मधेश प्रदेश सभा एमालेका प्रमुख सचेतक हरि नारायणले जानकारी दिए ।

‘सरकार एक महिना पनि नटिक्ने अवस्था बनिरहेको छ, स्थिर होस, दिगो रुपले चलोस भनेर जो नेतृत्वमा आएपनि विश्वासको मत दिन्छौं,’ उनले भने । बुधबार बसेको संसदीय दलको बैठकमा सोबारे छलफल भएको र जो नेतृत्वमा आए पनि विश्वासको मत दिने सहमति भएको उनको भनाइ छ ।

यस विषयमा पार्टीभित्र पक्ष÷विपक्ष नरहेको उनले स्पष्ट पारे । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा एकपछि अर्को अपरिपक्व निर्णय गर्दै गएकोले मधेशमा एमाले एक्लिएको छ । मधेशमा पुनः सहयात्री दलहरूसँग नजिक हुन एमालेले नयाँ कार्ड फ्याँकेको हो ।

सुरूमा एमालेको कोटाबाट बनेकी प्रदेश प्रमुख गुमाएको थियो। त्यसपछि सभामुख र मुख्यमन्त्री पद पनि गुमाइसकेको छ। दुई महिनामा तीन वटा सरकार बनिसकेको छ । ०७९ को निर्वाचनपछि चौथो मुख्यमन्त्री छनोट प्रक्रिया सुरू भएको छ ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top