×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

२० मंसिर २०८२

१९ मंसिर, काठमाण्डौ ।

भदौ २४ मा प्रदर्शनकारीहरुले बालकोटको घर जलाइदिएपछि गुण्डुमा डेरागरी बस्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली अब गुण्डुमा नै स्थाईरुपमा बस्ने भएका छन् । यहाँ उनको नाममा नीजि घर निर्माण सुरु भएको छ । उनी अब भक्तपुरको गुण्डुमा निवास बनाएर बस्ने भएका हुन् ।

Advertisement
Advertisement

‘ओली कुटी’ नाम दिइएको सो निवासको बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् । अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण भइरहेको हो । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा कुटी निर्माण हुन लागेको हो ।

नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ । बस्नेतले नै यसअघि अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा गरेका थिए ।

‘ओलीकुटी’ निर्माणको लागि उनले संयोजकको भूमिका निर्वाह गर्ने स्थानीयको पहलबाट निर्माण गरिने बताइएको छ । ओलीको बालकोटस्थित निवास भने राज्यको नाममा नामसारी गरिसकेकाले अब फेरि त्यहाँ नबनाउने बताएका थिए ।

यता १५ आना तीन पैसा जग्गामा बन्न थालेको निवासलाई एमाले वृत्तमा ‘ओली कुटी’ भनेर प्रचार गरिएको छ । तर यो कुटी महल शैलीको घर हुने भएको छ । जुन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेवारी परम्परा र ग्रामीण जीवनशैलीबाट प्रेरित गोलो आकारको अढाईतले आवास स्थानीयकै सहयोगमा बन्ने एमालेको दाबी छ ।

महेश बस्नेतका अनुसार गुन्डुका एक स्थानीय बासिन्दाबाट १५ आना तीन पैसा जग्गा खरिद गरी निर्माण प्रक्रिया थालिएको हो । तर, जग्गा बेच्ने व्यक्तिको नाम गोप्य राखिएको छ । गुन्डुवासी केही स्थानीयको सहयोगमा जग्गा व्यवस्थापन भएको र घर निर्माण पनि स्थानीयकै सहयोगबाट बन्ने उनको दाबी छ ।

ओलीको अढाईतले निवास भक्तपुरको परम्परागत नेवारी सांस्कृतिक पहिचान र ग्रामीण परिवेश झल्किने गरी निर्माणको डिजाइन गरिएको छ । भवनको भुइँतलामा बैठक कक्ष, प्रतिक्षालय, पुस्तकालय, लिभिङ रुम र डाइनिङ कक्ष रहनेछन् । दोस्रो तलामा परिवारका लागि बेडरुम तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट कक्ष रहनेछ ।

तेस्रो तला पाहुनाका लागि कोठा, ओलीका लागि अध्ययन कक्ष तथा ‘ग्रिन रुम’का रूपमा उपयोग हुने गरी डिजाइन गरिएको छ । कौसीमा कौसीखेती गर्ने सुविधा समेटिएको छ । प्रारम्भिक डिजाइनअनुसार करिब एक करोड रुपैयाँ लागतमा घर निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा तोडफोड र आगजनी भएको थियो । सेनाको ब्यारेकमा बसेर फर्किएपछि महेश बस्नेतकै पहलमा ओली गुन्डुमा विष्णु श्रेष्ठको घरमा बस्दै आएका छन् ।

Advertisement

गुन्डुस्थित उनको आवास व्यवस्थापन, सुरक्षा र सम्पूर्ण समन्वय बस्नेतकै जिम्मामा छ । स्थानीय वातावरणप्रति आफू आकर्षित भएको ओलीले भेटघाटमा आउने नेता–कार्यकर्ता र सञ्चारकर्मीसँग बताउने गरेका छन् । ओलीले जेन–जी आन्दोलनमा जलेको भवन नबनाउने घोषणा गरेका थिए । उनले बालकोटको भवन सरकारलाई दिने बताइसकेको समेत उल्लेख गरेका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top