कान्छी माया कोजुले बनाईन् म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान

२० असोज ७५, शनिबार
Share this
746shares

काठमाडौं ,असोज २०
विभागीय नेपाल एपिएफ क्लबकी कान्छी माया कोजुले म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।उनले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् ।

Advertisement

१२औं संस्करणको काठमाडौं म्याराथन अन्तरगत शनिबार बिहान भएको म्याराथनमा कान्छीले ५ मिनेट १७ सेकेन्ड समय सुधार गरेकी हुन् ।उनले २०७३ को काठमाडौं म्याराथनमा २ घन्टा ५५ मिनेट ५८ सेकेडसहित कीर्तिमान बनाएकी थिईन् ।

काठमाडौं म्याराथनको च्याम्पियन बनेसँगै कान्छीले १३औं साग र आठौं राष्ट्रिय खेलकुद नजिकिदै गरेको अवस्थामा बीचमा आएको प्रतियोगिताले नाफा भएको बताइन् । उपाधिसँगै कान्छीले ५० हजार र शिल्ड प्राप्त गरिन् ।

Advertisement

आर्मीकी सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हात पारिन् भने राजपुरा पचहाईले ३ घन्टा २४ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् । दोस्रो भएकी सरिताले २० हजार र राजपुराले १५ हजार रुपैया प्राप्त गरिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top