×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

इलामलाई किबी क्षेत्र घोषणा

२० आश्विन २०७५

मङ्गलबारे, असोज २०
किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो ।

इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा किबी क्षेत्र घोषणा गरिएको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले जानकारी दिए ।

Advertisement
Advertisement

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ शुरू भएको परियोजना आर्थिक वर्ष २०७३/७४ देखि सञ्चालनमा आएको र चालु आवदेखि इलाममा पनि सञ्चालन गरिएको उनले बताए ।

यस क्षेत्रका किसानले जिल्लाका सुलुबुङ, साँखेजुङ, माइपोखरी, जमुनालगायतका गाउँलाई किबी जोन माग गर्दै आएका थिए । किबी जोन भएपछि यस क्षेत्रका किसान हर्षित भएका छन् ।

फलको राजा उपनामले चिनिएको किबी फलको जिल्लामै पहिलो पटक व्यावसायिक खेती शुरू गरेका सुलुबुङका तारामणि खतिवडा आजभोलि किबी फलको बजार खोज्न व्यस्त छन् ।

उत्पादनको शुरूमा किबी फल रु १५० देखि २५० सम्ममा बिक्री हुन्छ । होलसेलमा ए ग्रेडको २५०, बी ग्रेडको २०० र सि ग्रेडको १५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । उनले ७० रोपनी जमीनमा ७०० बिरूवा लगाएका छन् भने ३०० बिरूवाबाट उत्पादन लिइरहेका छन् । यसवर्ष उनले दुई हजार ५०० किलो उत्पादन हुने अनुमान गरेका छन् ।

किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आएका साँखेजुङका गङ्गा विष्टलाई नयाँ खेतीप्रति नै मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत नै बनाएका छन् । फलभन्दा पनि बिरूवा बढी मूल्यमा बिक्री हुने गरेको उनी बताउँछन् ।

एउटा बिरूवा करीब रु तीन सयसम्ममा बिक्री हुने गरेको छ । रेड र हेवार्ड जातको किबी फल अत्यन्तै मीठो र पोषिलो हुने गर्दछ । पाँचथर, ताप्लेजुङ, भोजपुर, इलामलगायत पूर्वाञ्चलका ४०/४५ हजार किसानले यसको व्यावसायिक खेती शुरू गरेको वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकास प्रालिले जनाएको छ ।

किबी फलमा इलामका करीब २३ हजार घरपरिवार संलग्न रहेका छन् । स्याउ, सुन्तलाजस्ता फलफूल भन्दा बढी क्यालोरी पाइन्छ । एक बोटबाट कम्तीमा २०० देखि २५० किलोग्रामसम्म फल उत्पादन हुने गरेको छ । जिल्लामै करीब ६० देखि ७० हजार किलोग्राम उत्पादन हुने किसानको अपेक्षा छ ।

Advertisement

किबी जोन बनाउन त्यस क्षेत्रमा कम्तीमा ५०० हेक्टर (१० हजार रोपनी) जमीनमा किबीको व्यावसायिक खेती गर्नुपर्ने परियोजनाले जनाएको छ । उक्त परियोजना कार्यान्वयनका लागि इलाममा चालु आर्थिक वर्ष २०७५/७६ मा रू एक करोड तीन लाख बजेट विनियोजन भएको छ ।
रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top