२६ मंसिर , काठमाण्डौ ।
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलाएको छ ।
आज सूचना जारी गरी प्रहरीले २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरिएको हो ।
इन्सपेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिनेछ ।
दरखास्त फाराम अनलाइनबाटै लिन सकिनेछ भने दरखास्त दस्तुर इन्सपेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्ने जारी विज्ञापनमा उल्लेख छ ।

असईतर्फ ५०० रुपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्नेछ ।
इन्सपेक्टरका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको, असईतर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्ने छ ।

इन्सपेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण, असईका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।










