NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत सोमवार मंसिर २९ , २०८२
दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२
Reading Time: 1 min read
A A
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ मंसिर , काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । आज हुने उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनमा भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको आयोजकले नजाएको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेस कोड’मा खटिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको छ । टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा ‘एलइडी स्क्रिन’ राखिएका छन् ।

तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी कार्यक्रम स्थलमा राखिएको छ ।

हाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ ।

पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झन्डा राखिने, १० वटा झन्डा सुरुमै फहराइने, एउटा झन्डा रिमोटबाट फहराउने तयारी गरिएको छ । यसै बिच एघारौँ राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि नेकपा एमालेको अन्तिम सचिवालय बैठक शुक्रवार साँझ अबेरसम्म चलेको बैठकले मूख्यगरी तीन वटा निर्णय गरेको छ ।

बैठकले पार्टी विधान संशोधन नगर्ने, सचिवालयकै नेताहरूबाट बन्द सत्र सञ्चालन गर्ने र १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपछि एमालेको पार्टी संरचनामा युवा देखाउनुपर्ने दबाब भएकाले पनि ओली सहितका नेताहरू पदाधिकारी बढाउन चाहन्थे ।

तर सहमति नजुट्दा प्रस्ताव असफल भयो । एमाले बैठकमा ओलीले राखेको प्रस्ताव असफल भएको यो सम्भवतः पहिलो निर्णय हो । प्रतिनिधि थप गर्ने विषयमा ओली र पोखरेल पक्ष बिच सहमति हुन नसकेको हो ।

‘दुवै पक्षबाट नामहरू राख्ने काम भयो, प्रस्तावित नाममै गएर छलफल गर्दा बैठक लामो चल्यो,’ एक पदाधिकारी भन्छन्, ‘साँझ अबेर हुँदा पनि सहमति नजुट्दा अध्यक्ष र वरिष्ठ उपाध्यक्षले टुङ्ग्याउने भनेर उठ्यौ ।’

उनका अनुसार प्रस्तावित नामहरूलाई ओली र पोखरेलले टुङ्ग्याउनेछन् । प्रचार प्रमुख गौतम, सहमतिमै भोलि मनोनीतहरूको नामावली तय हुने बताएका छन् । एमालेमा मनोनीत प्रतिनिधि बन्न चाहनेहरूको पनि ठुलो सङ्ख्यामा छन् ।

नेतााहरुका अनुसार पाँच सय बढीले प्रतिनिधि मनोनीत हुन चाहेका छन् । यही मनोनीत कोटामा निम्ति गुन्डु पुग्ने नेताहरूको ठुलो सङ्ख्या देखिएको थियो । बैठकले गरेको अर्को निर्णय हो, छुट्टै अध्यक्ष मण्डल नबनाउने ।

उपमहासचिव ज्ञवालीका अनुसार १८ जना पदाधिकारी रहने सचिवालयले नै अध्यक्ष मण्डलको काम गर्नेछन् । बाँकी निर्णय भने वरिष्ठ उपाध्यक्ष पोखरेलले ल्याएको प्रस्तावमाथि भएको छ ।

अध्यक्ष पदका प्रत्याशी पोखरेलले आफूले सार्वजनिक गरेको अवधारणा दस्ताबेजलाई हलमै छलफल गरिनुपर्ने प्रस्ताव राखेका थिए । तर पोखरेलको प्रस्तावमा सहमति जुटेन । प्रतिनिधिहरूले पाउने झोलामै अवधारणा पत्र राखेर छलफलमा लैजानुपर्छ भन्ने माग उनले राखेका थिए ।

महाधिवेशन प्रतिनिधिहरूलाई पोखरेलको दस्ताबेज बाँड्ने प्रबन्ध मिलाउने सहमति भएको छ । प्रतिनिधिलाई बाँड्ने मात्र नभएर पोखरेलले बन्द सत्र हलमा आफ्नो अवधारणा प्रस्तुत गर्ने पनि सहमति जुटेको छ ।

एघारौँ महाधिवेशनबाट मनोनीत १०८ जना सहित २,२६२ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । नेतृत्वका लागि अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवका लागि प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको समूह चुनावी मैदानमा छ ।

Tags: #नेकपा एमाले ११ औँ महाधिवेशन

लोकप्रीय

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२

विचार

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२

हालका पोस्टहरू

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.