विराटनगरमा प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बिर्तामोड भेट्रान क्लब विजयी

विराटनगर,असोज २०
प्रदेश नम्बर १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगितामा बिर्तामोड भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । बिर्तामोड भेट्रान क्लबले इटहरी भेट्रान क्लबलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पछि पार्दे विजयी सुरुवात गरेको हो ।

आजदेखि सिएमजी स्वास्थ्य क्लबको आयोजनामा विराटनगरको सहिद रंगशालामा सुरु भएको प्रतियोगितामा निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो ।

निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइब्रेकरमा विर्तामोडले ३—२ गोल अन्तरमा इटहरी भेट्रान क्लब पराजित गरेको हो । नेपालकै सर्वाधिक राशि रहेको भेट्रान फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विराटनगरको आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरी भेट्रान क्लब,धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान, झापाको विर्तामोड भेट्रान, काँकडभिट्टा भेट्रान र दमकको पूर्वाञ्चल भेट्रानज क्लबको सहभागिता रहेको छ ।

२७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छ । गतवर्ष यस प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए

। प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top