सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?

५ पुस ८२, आइतबार

६ पुष , काठमाण्डौ ।

Advertisement

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिराज ढुङ्गानालाई संयोजक तोकेको छ ।

ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो।

Advertisement

बैठकले कार्यकारी समिति बिस्तारको लागि मिराज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ ।

यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् ।

Advertisement

वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ ।

जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् ।

सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जी आन्दोलन समितिले आज काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ।

सडकमा रहेका सबै जेनजी घाइते सहिद परिवार समेटेर लैजाने योजनाका साथ संयुक्त आन्दोलनका आगामी कार्यक्रमहरू सार्वजनिक गरिने उनीहरूले बताएका छन् ।

यसअघि देखिनै मिराज सुशीलाको राजीनामा माग्दै निरन्तर प्रर्दशन गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top