×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकाले फेरि कब्जा गर्याे भेनेजुएलाको तेल,लगायो नाकाबन्दी

६ पुष , काठमाण्डौ ।

अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ ।

Advertisement
Advertisement

अमेरिकाले यसअघि तेल बोकेका जहाजमा लागूऔषध रहेको भन्दै कब्जा गरेको थियो । साथै भेनेजुएलाबाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो । यसैक्रममा अमेरिकाले तेल बोकेको भेनेजुएलाको ट्यांकर कब्जा गरेको हो ।

युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले त्यसको पुष्टि गरेको छ । होमल्याण्ड सिक्योरिटी डिपार्टमेन्ट सेक्रेटरी क्रिस्टी नोएमले तेल ट्यांकर कब्जामा लिएको भिडियो एक्समा सेयर गर्दै लेखेकी छन्, ‘ २० डिसेम्बरको बिहान एक एक्सनमा यूएस कोस्टगार्डले डिपार्टमेन्ट अफ वारको मद्दतमा एक तेल ट्यांकर कब्जामा लियो, जुन भेनेजुएलाबाट छुटेको थियो ।’

अपरेसनको सात मिनेट लामो भिडियोमा अमेरिकी हेलिकप्टर एक जहाजको डेकमा उत्रिएको देखिन्छ । त्यसको साइडमा सेन्चुरीज लेखिएको छ । नोएमले अमेरिकाले यस क्षेत्रमा नार्को टेररिज्म फन्डका लागि प्रयोग गरिने तेलको गैरकानुनी आउजाउ रोक्ने काम जारी राख्ने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘हामी तिमीलाई खोज्नेछौं र रोक्नेछौं ।’ भेनेजुएलाले तेलबाट हुने कमाइ नशालु पदार्थको कारोबार र आतंकवादसँग सम्बन्धित गतिविधिमा प्रयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

भेनेजुएला सरकारले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेनुएलाको तेल कारोबारमा नाकाबन्दी लगाउने अभिव्यक्ति दिएलगत्तै तेल ट्यांकर कब्जाका कारबाही हुँदै आएका छन् ।

अमेरिका र भेनेजुएलाबीचको यो तनावले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने भनेर कतिपपयले चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको शासनमाथि दबाब थप कडा बनाएको छ ।

अमेरिकी वित्त मन्त्रालयले मादुरोका परिवारका सदस्य र उनका नजिकका सहयोगीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेको हो । अमेरिकाका अनुसार यो कदम भेनेजुएलामा फैलिएको भ्रष्टाचार तथा नशालु औषधिसँग जोडिएका गतिविधिहरू नियन्त्रण गर्ने उद्देश्यले उठाइएको हो ।

वित्त मन्त्रालयको विज्ञप्तिअनुसार विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले राष्ट्रपति मादुरो र उनकी पत्नी सिसिलिया फ्लोरेससँग सम्बन्धित आफन्त तथा सहयोगीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ ।

यसमा पहिल्यै प्रतिबन्धित पनामाका व्यापारी रेमन कारेटेरो नापोलिटानो र मादुरोकी भाउजूका भतिजा कार्लोस एरिक माल्पिका फ्लोरेसका परिवारका सदस्यहरू पनि समावेश छन् । माल्पिकाका आमा–बुबा, बहिनी, पत्नी र छोरीमाथि समेत प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी वित्तमन्त्री स्कट बेसान्टले भने, “आज वित्त मन्त्रालयले निकोलास मादुरोको अवैध र नशालु औषधिसँग जोडिएको शासनलाई समर्थन गर्ने व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । मादुरो र उनका सहयोगीहरू हाम्रो क्षेत्रको शान्ति र स्थिरताका लागि खतरा हुन् । हामी उनीहरूको अवैध शासनलाई समर्थन गर्ने सञ्जालमाथि निरन्तर कारबाही जारी राख्नेछौँ ।”

वित्त मन्त्रालयले प्रतिबन्धको सूचीमा परेका व्यक्तिहरूको अमेरिकाभित्र रहेका सम्पत्ति जफत गरिने र उनीहरूसँग सम्बन्धित सबै प्रकारका वित्तीय लेनदेन रोक्का गरिने जनाएको छ ।

विदेशी सम्पत्ति नियन्त्रण कार्यालयबाट विशेष अनुमति नलिई अमेरिकी नागरिक वा संस्थाहरूले ती व्यक्ति वा उनीहरूसँग सम्बन्धित संगठनहरूसँग कुनै पनि कारोबार गर्न पाउने छैनन् ।

यस आदेशको उल्लंघन गरेमा नागरिक तथा फौजदारी सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ । गत हप्ता अमेरिकी विदेश मन्त्रालयले मादुरोकी पत्नी सिसिलिया फ्लोरेसका तीन भतिजा तथा ६ वटा सिपिङ कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

ती कम्पनीहरू तेल क्षेत्रसँग सम्बन्धित रहेको र भेनेजुएलाको तेल एसियाली बजारतर्फ पठाउन जालसाजी गरेको आरोप लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलातर्फ आउने–जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमाथि ‘पूर्ण नाकाबन्दी’ को घोषणा गरेका छन् ।

यसअघि १० डिसेम्बरमा अमेरिकी सेनाले भेनेजुएलाको तटनजिकै एक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो, त्यसको करिब एक हप्तापछि दोस्रो कारबाही गरिएको हो।
उता रुसले भने भेनेजुएलाको विषयलाई लिएर अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन र कुनै पनि ’घातक गल्ती’ नगर्न आग्रह गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करहरूलाई रोक्न नाकाबन्दीको आदेश दिएपछि मस्कोले यस्तो प्रतिक्रिया दिएको थियो । रुसी विदेश मन्त्रालयले वासिङ्टनको यो कदमले सम्पूर्ण पश्चिमी गोलाद्र्धमा अप्रत्याशित र गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिँदै तनाव कम गर्न वार्ताको मार्ग रोज्न आह्वान गरेको छ।

मस्कोले आफ्नो प्रमुख सहयोगी निकोलस मदुरोको सरकारसँग निरन्तर सम्पर्कमा रहेको र काराकासलाई पूर्ण समर्थन जारी राख्ने स्पष्ट पारेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस क्षेत्रका सबै देशहरूलाई स्थिति थप बिग्रन नदिन संयम अपनाउन आग्रह गरेका छन्।

राष्ट्रपति ट्रम्पले भेनेजुएलालाई दक्षिण अमेरिकाकै इतिहासमा सबैभन्दा ठुलो नौसैनिक बेडामार्फत घेरेको दाबी गरेपछि दुई देशबीचको सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको हो।

Advertisement

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिनाको सुरुमा मदुरोलाई फोन गरी कठिन आर्थिक र राजनीतिक परिस्थितिमा मस्कोको साथ रहने प्रतिबद्धता दोहो¥याएका थिए। विगतदेखि नै भेनेजुएलाको संकटग्रस्त अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको रुसले अमेरिकी हस्तक्षेपको कडा विरोध गर्दै आएको छ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top