×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

६ पुष , काठमाण्डौ ।

अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम स्थगित गर्ने निर्णयसँगै डिभी लटरीविजेता नेपालीहरु समेत प्रभावित भएका छन् । अमेरिकी विदेश मन्त्रालयको निर्णयसँगै अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने सम्पूर्ण प्रक्रिया रोकिएको छ ।

Advertisement
Advertisement

अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरिएको पुष्टि गरेसँगै डाइभर्सिटी भिसा परेर अन्तर्वार्ता कुरिरहेका वा अन्तर्वार्तापछि भिसाको प्रतिक्षामा रहेका व्यक्तिहरूले समेत तत्काल भिसा नपाउने भएका छन् ।

विदेशमन्त्री मार्को रुबियोका अनुसार, अमेरिकामा कस्ता व्यक्तिहरूलाई प्रवेश दिनु भन्ने विषयमा पूर्ण रूपमा निश्चित नभएसम्मका लागि डाइभर्सिटी भिसा जारी प्रक्रिया रोकिएको हो। यो निर्णयपछि डिभी–२०२६ का लागि भिसा प्रक्रियामा रहेका ३ हजार ९ सय ३३ जना नेपालीहरूको अमेरिका जाने योजना नै अलपत्र परेको छ।

एशियामा नेपालभन्दा माथि सबैभन्दा बढी अफगानिस्तानका ४ हजार २०० जनाले डिभी लटरी पाएका छन् । फेब्रुअरीका लागि डिभी विजेता नेपालीहरूको केस नम्बर बढाएर ६,५०० बनाइएको छ, जसका कारण उनीहरू भिसा अन्तर्वार्ताको प्रतिक्षामा रहेका एि ।

अमेरिकाको नागरिक तथा अध्यागमन सेवा कार्यालय (युएससीआईएस) ले भनेको छ, “राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको निर्देशनमा अपराधी विदेशीहरूबाट अमेरिकीहरूलाई जोगाउन युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रममा आफ्नो भूमिका तुरुन्तै स्थगित गरेको छ। यो कार्यक्रम सुरक्षा चिन्ताहरू बढाउँदै गएको छ, किनभने यसले सहभागी देशहरूबाट अनुपयुक्त व्यक्तिहरू आकर्षित गर्न सक्छ। अमेरिकाले यसमार्फत आतंकवादी, हत्यारा वा कानुन उल्लंघन गर्नेहरूलाई आवासन दिन सक्दैन।”

डिभी कार्यक्रम स्थगनसम्बन्धी आदेश बिहीबार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले जारी गरेकी थिइन्। उनले युएससीआईएसलाई कार्यक्रम तुरुन्तै रोक्न निर्देशन दिएकी थिइन्।

यो निर्णय ब्राउन विश्वविद्यालयमा भएको घातक गोलीकाण्डपछि आएको हो, जहाँ संदिग्ध क्लाउडियो म्यानुएल नेभेस भ्यालेन्टे सन् २०१७ मा डिभी लटरीमार्फत अमेरिका प्रवेश गरी पछि ग्रिन कार्ड प्राप्त गरेका व्यक्ति थिए।

सेक्रेटरी नोएमले डिभी कार्यक्रमलाई विनाशकारी भन्दै अमेरिकी सुरक्षाका लागि खतराको रूपमा चित्रण गरेकी छन्। उनले पछिल्ला घटनालाई विगतका त्रासदीहरूसँग जोडेकी छन्, विशेष गरी २०१७ को न्यूयोर्क सहरको ट्रक आक्रमणलाई सन्दर्भ गर्दै भनिन्, “यस्ता जघन्य अपराधीहरूलाई हाम्रो देशमा कहिल्यै अनुमति दिनु हुँदैनथ्यो।” उनले थपिन्, “अर्को कुनै पनि अमेरिकीलाई हानि नपुगोस् भनेर म तुरुन्तै डिभी कार्यक्रम रोक्न निर्देशन दिँदैछु।”

नोएमका अनुसार, यो कदम राष्ट्रपति ट्रम्पको निर्देशनमा चालिएको हो, जसले लटरीमा आधारित आप्रवासन प्रणालीविरुद्धको प्रशासनको दीर्घकालीन विरोधलाई प्रतिनिधित्व गर्छ। पहिलो कार्यकालमै राष्ट्रपति ट्रम्पले योग्यतामा आधारित आप्रवासन प्रणालीको पक्षमा डिभी कार्यक्रम समाप्त गर्न माग गरेका थिए।

२०१७ को न्यूयोर्क ट्रक हमलापछि उनले संसदलाई डिभर्सिटी भिसा कार्यक्रम समाप्त गर्न आग्रह गरेका थिए। उक्त घटनामा उज्बेकिस्तानका डिभी–मार्फत आएका २९ वर्षीय सेफुल्लो साइपोभ संलग्न थिए, जसबाट आठ जनाको ज्यान गएको थियो।

ट्रम्पले त्यस वर्ष रिपब्लिकन सिनेटर टम कटन र डेभिड पड्र्युले प्रस्तुत गरेको “रेज एक्ट” विधेयकको समर्थन गरेका थिए। उक्त विधेयकले परिवार–आधारित आप्रवासन घटाउने, रोजगार–आधारित प्रणाली संशोधन गर्ने र डिभी कार्यक्रम खारेज गर्ने प्रस्ताव राखेको थियो, तर पारित हुन सकेको थिएन।

२०१८ मा दर्ता गरिएको अर्को विधेयक पनि असफल भएको थियो। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत डिभी लटरी समाप्त गर्न सक्ने कानुनी अधिकार राख्दैनन्। उनले आफ्नो कार्यकालमा डिभी भर्नेहरूको लागि पासपोर्ट अनिवार्य गर्ने नियम ल्याएका थिए, तर अदालतले उचित प्रक्रिया नअपनाएको भन्दै त्यसलाई खारेज गरेको थियो। हाल सो प्रक्रिया फेरि अघि बढाइँदैछ।

डिभी कार्यक्रम सन् १९९० को इमिग्रेशन एक्ट अन्तर्गत स्थापित भएको हो, जसले कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई हरेक वर्ष ५५,००० भिसा उपलब्ध गराउँछ। सन् २०२५ को भिसा लटरीका लागि करिब २ करोड मानिसले आवेदन दिएका थिए ।

तीमध्ये १ लाख ३१ हजारभन्दा बढी व्यक्तिहरू छनोट भएका थिए । त्यसमा मुख्य निवेदकका दम्पती र आश्रितहरू पनि सामेल छन् । छनोट भएपछि निवेदकहरूले अमेरिका प्रवेशको अनुमति पाउनुअघि अन्तर्वार्ता र सुरक्षा जाँच प्रक्रिया पूरा गर्नुपर्छ । जुन प्रक्रिया अब बन्द भएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top