×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

६ पुष २०८२

६ पुष , काठमाण्डौ ।

हामी नेपाल तथा द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् ।

Advertisement
Advertisement

उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् ।

सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ । राजपत्रमा समेत प्रकाशित भइसकेको जेनजी आन्दोलनको सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ ।

तर, भ्रष्टाचारीलाई समेत कारबाही गर्ने भनेर जेनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाएका छन् ।

लामो समयदेखि गृहमन्त्रीसँग असन्तुष्ट रहेका सुदनले यसअघि पटक पटक जेनजीको भावना अनुरुप काम गर्न नसक्ने हो भने पद छाड्नु पर्ने बताउदै आएका छन् ।जेनजी आन्दोलनका प्रतिनिधि र सरकारका बिच १० बुँदे सम्झौता भएको छ।

सम्झौताको दुई नम्बर बुँदामा प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्नेबारे विना विभेद छानबिन गरेर फौजदारी कानुन अनुसार कारबाहीको सिफारिस गर्ने उल्लेख छ । सम्झौतामा भनिएको छ, ‘भदौ २३ र २४ को घटनामा अत्यधिक बल प्रयोगको परिणामस्वरूप गैरन्यायिक हत्या लगायत मानव अधिकार उल्लङ्घन सम्बन्धी आरोपको विना विभेद छानबिन गरेर सत्यतथ्य खोज गरी फौजदारी जबाफदेहिता बहन गर्न सिफारिस गर्ने ।’

सम्झौतामा आन्दोलन र आपराधिक मनसायका साथ गरिएको घटना छुट्ट्याएर छानबिन गरेर प्रतिवेदन पेस गर्ने उल्लेख छ । सम्झौता अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिफारिस गरेमा सुरक्षाकर्मी र बल प्रयोग गर्न आदेश दिनेहरूमाथि पनि फौजदारी कानुन अनुसार मुद्दा चल्ने अवस्था बनेको छ।

स्क्रिनिङ गर्दा कुनै व्यक्ति ज्यान मार्ने कसुर वा संगठित आपराधिक गिरोहमा संलग्न नदेखिएमा जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी तत्काल थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने सम्झौतामा उल्लेख छ ।

आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान र अभियोजन गरिएका व्यक्तिबारे उजुरी लिएर उच्चस्तरीय जाँचबुझ आयोगले स्क्रिनिङ गर्नेछ । सम्झौतामा भनिएको छ, ‘आन्दोलनमा संलग्नलाई अभियोजनको दायरामा पारिएको भएमा सम्बन्धित निकायबाट विवरण झिकाइ १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने ।’

स्क्रिनिङ गर्दा कुनै व्यक्ति ज्यान मार्ने कसुर वा संगठित आपराधिक गिरोहमा संलग्न नदेखिएमा जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी तत्काल थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने सम्झौतामा उल्लेख छ ।

त्यसबारे व्याख्या गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव भीष्म कुमार भूसालले भने, ‘ज्यान मार्ने र संगठित अपराधका घटनाबाहेक आन्दोलनमा ढुङ्गा हानेको वा प्रतिरोधको क्रममा भएका घटनामा फौजदारी मुद्दा नचलाउने भनिएको हो ।’

जेनजी आन्दोलनबारे कसैले फेसबुकमा लेखेको र भिडियोमात्रै खिचेको आधारमा प्रहरीले धरपकड गरेको भन्ने आन्दोलनरत पक्षको भनाइको आधारमा त्यसबारे वास्तविकता छानबिन गर्ने सम्झौता भएको छ ।

प्रदर्शन नियन्त्रणका लागि सुरक्षा निकायलाई संस्थागत सुधार गर्न र कानुनसम्मत बल प्रयोग गर्नेबारे सिफारिस गर्नेबारे छुट्टै संयन्त्र बनाउने सम्झौता गरिएको छ । प्रदर्शनस्थलमा गएर फोटो र भिडियो बनाएकै आधारमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको भन्दै जेनजी अगुवाहरूले त्यसलाई रोक्न माग गरेका थिए ।

त्यसपछि सरकारले विरोधको गतिविधिमा सहभागी भएर फोटो र भिडियो बनाउँदैमा कसै उपर फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन नगरिने सम्झौता गरेको हो ।प्रदर्शन नियन्त्रणका लागि सुरक्षा निकायलाई संस्थागत सुधार गर्न र कानुनसम्मत बल प्रयोग गर्नेबारे सिफारिस गर्नेबारे छुट्टै संयन्त्र बनाउने सम्झौता गरिएको छ ।

त्यसबारे गृह मन्त्रालयले संयन्त्र बनाउने प्रस्ताव अघि बढाउने छ । सम्झौताको २.१ म भनिएको छ, नेपाल सरकारले गठन गरेको भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगलाई देहायबमोजिमको कार्यादेश थप गरिनेछः

(क) यस जनआन्दोलनको क्रममा भएको अत्यधिक बल प्रयोगको परिणामस्वरूप गैरन्यायिक हत्या लगायतका मानव अधिकार उल्लङ्घन सम्बन्धी आरोपहरूको बिना विभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गर्ने।

(ख) जाँचबुझ, सत्य निरूपण तथा मेलमिलापको मान्यतालाई ध्यानमा राखी उपयुक्त प्रक्रिया अपनाई जनआन्दोलनको प्रकृति तथा भाद्र २३ र २४ को विशिष्ट परिस्थितिजन्य अवस्थालाई दृष्टिगत गरी जनआन्दोलनको क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यहरूको भेदलाई पूर्वाग्रह–रहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने।

(ग) कसैलाई आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनी आन्दोलनकारी स्वयं वा निजको तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणको आधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने।

(घ) स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित÷सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत÷थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने।

२.२ नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछन्।

२.३ यस जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसै उपर फौजदारी मुद्दाको अनुसन्धान वा अभियोजन गरिने छैन।

२.४ यस जनआन्दोलन सहित नेपालका विभिन्न आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएका अन्यायपूर्ण तथा गैरकानुनी बलप्रयोग सम्बन्धी घटनाको आवश्यक जाँचबुझ गरी भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट रोक्नका लागि नेपालको प्रचलित कानुन, सुरक्षा निकायका कमीकमजोरी, सुरक्षाकर्मीलाई सामाजिक, मानसिक सुरक्षाको अभाव लगायत अन्य कारणहरू पहिचान गरी सम्बन्धित कानुन तथा सुरक्षा निकायमा आवश्यक संस्थागत सुधारका उपायहरूको अध्ययन तथा सिफारिस गर्न छुट्टै संयन्त्र गठन गर्ने र सो संयन्त्रले पेश गर्ने प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनमा उल्लिखित सिफारिसहरू तत्काल कार्यान्वयन गरिनेछ।

सुदनले सम्झौता कार्यान्वयनका लागि सरकारमाथि दबाब दिइरहदा अर्काे जेनजीहरुको एक समूहले भने भोलिदेखि देशब्यापी आन्दोलनकै घोषणा गरेको छ । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ ।

आज एक कार्यक्रमबीच उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।  भोलि माइतीघरमा ११ बजे भेला हुन पनि उनले आव्हान गरेका छ्न् । भदौ २३–२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ ।

सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ । कार्की सरकारले जेन–जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरे ।

सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक भएको ढुंगानाले बताए । आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन–जी अगुवाहरूको उपस्थिति थियो ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top