सिन्धुपाल्चोक : पहिले कहींकतै नदेखेको(नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन ।
हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ । ,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।
ुदूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौुं, शेर्पाले भने, दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।
हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ ।