बंगबन्धु गोल्ड कप : नेपाल समूह चरणबाटै बाहिरियो

एजेन्सी,असोज २१
बंगबन्धु गोल्ड कपको साविक विजेता नेपाल यसपटक समूह चरणबाटै बाहिरिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल लगातार दुई खेलमा पराजित हुँदै बाहिरिएको हो ।

शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य भएको हो । पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपालको यात्रा टुङ्ग्याउन खालेद सलेमले ७० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । क्रसमा आएको बलमा हेडमार्फत सलेम गोल गरेका थिए ।

यो सँगै प्यालेस्टाइन लगातार दुई खेल जित्दै समूहको विजेता र ताजकिस्तान उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् ।पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएको थियो । ताजकिस्तान अर्को खेलमा प्यालेस्टाइनसँग २–० ले नै पराजित भएको थियो ।

सन् २०१६ को बंगबन्धु गोल्ड कप जितेको नेपालले यसपटक अन्तिम समयमा मात्र सहभागिता निश्चित गरेको थियो । विजेता बनेपछि प्राप्त हुनुपर्ने ५० हजार अमेरिकी डलर मध्येको आधा बंगललादेश फुटबल संघले केहि दिन अघि मात्र पठाएपछि नेपालको सहभागिता निश्चित भएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top