NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ? आइतवार पुस १३ , २०८२
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Next
Prev

समाचार

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
Reading Time: 1 min read
A A
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच बृहत् एकता सम्बन्धी ७ बुँदे सहमति भएको छ । आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई रास्वपाबाट अघि सारिने भएको छ ।

यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ’सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’ यस्तै बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै ’शुभप्रभात’ लेखेका छन् ।

LS Auto

उनीहरुबीच एउटै टेबलमा हस्ताक्षर भएको छ । सहमतिपछि उनीहरुले एकअर्कालाई अंगालो हालेका थिए । आगामी निर्वाचनमा एक भएर लड्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमति भएको छ।

आइतबार बिहानै २ जनाले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। जसमा दुई पक्षबीच एकता भएपछि दलको नाम साविकको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति पनि लामिछाने नै रहने तर आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सझदारी छ।

‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ’घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’, ‘सहमपति पत्रमा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच साँत बुँदे सहमति भयो तर पछिल्लो समय एकताका लागि निरन्तर सम्बादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने सहमतिमा छुटेका छन् ।

रास्वपा र बालेन दुबैसँग निरन्तर सम्बादमा रहे पनि कुलमान आफ्नो पार्टीको अस्तित्व मेटिने गरी एकता नगर्ने बताउँदै आएका थिए । तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका छन्।

यसले रवि, बालेन र कुलमानको एउटै शक्ति बनाउने प्रयास असफल भएको छ। तीन नेताबीच वृहत एकताको लागि गएराति बालुवाटारको एक घरमा लामो छलफल चलेको थियो।

घिसिङ र बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेपछि तीन नेताबीच शक्ति बाँडफाँडमा कुराकानी चलेको थियो। तर, छलफलमा पार्टीको नाम, चुनाव चिह्न, सभापति सबै रास्वपाबाट हुने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि घिसिङ यो एकता प्रक्रियामा सहमत नभएका स्रोतले जनाएको छ।

पुस ४ गते जेलबाट रिहा भएलगत्तै लामिछानेले २१ फागुनको चुनावअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै काठमाडौँ महानगरका प्रमुख बालेनसँग एकताका लागि छलफल सुरु गरेका थिए।

पुस ७ गते विघटित प्रतिनिधि सभामा रास्वपाका सांसद असीम शाहको कमलपोखरीमा रहेको घरमा रवि र बालेनबीच करिब ६ घण्टा छलफल भएको थियो। यो छलफलमा रविले बालेनलाई साधारण सदस्य भएर रास्वपा प्रवेशको प्रस्ताव राख्दै चुनाव जितेपछि सबै कुरा मिलाएर जाने आश्वासन दिए।

वैकल्पिक शक्ति निर्माण गर्ने भनेर भएको यही भेटवार्तामा बालेनले भने शक्ति बाँटफाँटको विषय उठाउँदै रवि पार्टी सभापति रहने भए प्रधानमन्त्रीको उम्मेदवार आफूलाई बनाउन प्रस्ताव गरेका थिए।

तर रविले शक्ति बाँडफाँटको प्रस्तावमा स्पष्ट जवाफ नदिएपछि बालेनले मिल्न नसकिने निष्कर्ष निकाल्दै पुस ८ गतेदेखि आफ्नै देश विकास पार्टी अगाडि बढाउने कसरत थाले।

त्यसै क्रममा बालेनले राजनीतिक–सामाजिक अगुवादेखि नीजि क्षेत्र र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे। बालेनले आफ्नै पार्टी अगाडि बढाउन खोजेको चाल पाएपछि रविले फेरि उनीसँग छलफल अगाडि बढाए।

१० पुसमा रवि र बालेनबीच फेरि लामो छलफल भयो, जसमा रवि बालेनलाई आफूपछिको वरीयतामा राखेर प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भए। त्यसपछि बलेनका दुई जना र रविका दुई जना रहेको कार्यदलले एकता सम्झौताको दस्तावेज तयार पार्न थाल्यो।

तर रविले बालेन र कुलमानलाई मिलाएर एउटै शक्ति बनाउने भने पनि जेलबाट छुटेपछि कुलमानसँग भेट गरेका थिएनन्। रविले बालेनसँग मात्रै छलफल गरेको, एकताको गृहकार्य गर्न बनाएको कार्यदलमा आफ्ना मान्छे नराखेको र शक्ति बाँडफाँट गर्न पनि तयार नभएपछि कुलमानले शनिबार आफ्नो अस्तित्व गुमाएर रास्वपामा बिलय हुन नजाने निर्णय गरे।

अर्कोतिर कुलमानलाई मनाउने बालेनको प्रयास भने जारी थियो। शनिबार बिहानै कुलमानलाई भेटेका बालेनले साँझ फेरि वार्ता गरे। दिउँसो आफ्नो अस्तित्व गुमाएर रास्वपा र बालेनसँग नमिल्ने उनेपाको निर्णय आएपछि रवि फेरि सक्रिय भएका थिए।

साँझ बालेन र कुलमान छलफल भइरहेको बालुवाटारस्थित घरमा रविको पनि प्रवेश भयो। तर निर्णायक भनिएको त्यो छलफलमा पनि सहमति हुन सकेन। रवि, बालेन र कुलमानबीच त्रिपक्षीय छलफल भएको यो नै पहिलो पटक थियो।

तर, त्यो छलफलमा तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा कुलमान यो एकता प्रक्रियामा सहभागी भएनन्। छलफलमा कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकारे अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूलाई नचाहिने बताएका थिए।

तर, कुलमानको यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि कुलमान यो एकतामा सहभागी भएनन्। घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने सार्वजनिक रुपमा बताएका थिए ।

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’

कुलमानको यही उज्यालो नेपाल स्वीकार गनुपर्ने अडानका कारण अन्ततः बालेन र रविबीच मात्रै ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

Tags: #रवि–बालेन सहमति#’रास्वपा–बालेन’

लोकप्रीय

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

ताजा समाचार

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?
समाचार

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.