नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

१४ पुस ८२, मंगलबार

१५ पुस , काठमाण्डौ ।

लोकप्रिय हुन सबैलाई मनपर्छ । त्यसका लागि मानिसले निकै परिश्रम गर्छ । अर्जुनदृष्टि लगाएर रातदिन नभनी मेहनतमा जुट्छ । आफ्नो काम र क्षमताले लोकप्रिय हासिल गर्नु कम उपलब्धि होइन् । तर अझ बढी लोकप्रियताको भोकले मानिसहरुलाई पछ्याइरन्छ ।

पछिल्लो समय नेपालमा आफ्नै पेशामा हिरो बनेका सेलिब्रेटीको राजनीतिक मोहपनि त्यस्तै भोक देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी सेलिब्रेटीलाई समानुपातिकको सूचीमा समेटेको छ ।

Advertisement

खेलाडीदेखि कलाकारसम्मका सेलिब्रेटीहरुलाई समानुपातिक उम्मेदवार बनाएको छ । रनस्वपाले खेलाडीदेखि पाँचजना कलाकारलाई समानुपातिकतर्फको उमेरदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले समानुपातिकतर्फ चार कलाकारलाई उमेदवार बनाएको हो ।

गायक तथा अभिनेता प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, अभिनेता तथा रियालिटी शो प्रस्तोता आशिफ शाह, नायिका तथा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा र गायिका सत्यकला राईलाई रास्वपाले बन्दसूचीमा राख्दै समानुपातिक उमेदवार बनाएको छ ।

Advertisement

आशिफ मुस्लिम, सत्यकला जनजाति तथा प्रकाश र रिमा दलितको क्लस्टरमा रहेको बन्दसूचीमा उल्लेख छ । त्रिशला जनजाति क्लस्टरमा छिन् । रिमा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य हुन् । रास्वपाको समानुपातिक सूचीमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि परेकी छन्।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुसार उनलाई आदिवासी जनजाती महिला क्लस्टरमा राखिएको छ। सन् २०१९ मा मिस नेपाल बनेकी अनुष्का व्यवसायीसमेत हुन्। उनी स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्।

रास्वपाले जनजाति सूचीको पहिलो नम्बरमा डा.राम रामालाई राखेको छ। रास्वपाले चर्चित गायक प्रकाश सपुतलाई पनि समानुपातिक सूचीमा राखेको छ । सूचीको दलित पुरुष क्लस्टर तर्फको दोस्रो नम्बरमा सपुतलाई राखिएको छ ।

रास्वपाले आदिवासी जनजातिको महिला क्लस्टरको पहिलो नम्बरमा टासी लाजोमलाई राखेको छ। खस आर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बरमा विपिन कुमार आचार्य परेका छन् । त्यसैगरि रास्वपाले उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायलाई समानुपातिक सूचीको छैटौँ नम्बरमा राखेको छ ।

खस आर्य समूहको महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ। रास्वपाले थारु (पुरुष)तर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरीलाई पहिलो नम्बरमा राखेको छ। त्यसैगरि दलित पुरुष तर्फ रुपक विश्कर्मा घिमिरे पहिलो नम्बरमा छन् भने दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन् ।

मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा.नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल राखिएका छन्। मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह छन् ।

मुस्लिम महिलातर्फ पहिलो नम्बरमा समिना मियाँ छिन्। यस्तै चर्चित उद्योगी चन्द्र ढकाल पुत्र सचिन ढकाल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा समेत रास्वपाको समानुपातिक सूचीमा परेका छन् ।

सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो । सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् ।

कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् । रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लसमेत समावेश छन् । यस्तै अन्य चर्चित अनुहारहरु मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।

पछिल्लो समय मात्रै अभिनेत्री निशा अधिकारी, एलिजा गौतम पनि नयाँ दलमा आवद्ध भएका छन् । उनीहरु पनि आगामी निर्वाचनमा होमिने तयारीमा छन् । सेलिब्रेटीहरुको राजनीतिमा प्रवेशको अध्याय भने निक्कै लामो छ।

यसमा नेपालका चर्चित कलाकारहरु नीर शाह, करिष्मा मानान्धर, रेखा थापा, भुवन केसी, कोमल वली, बद्री पंगीनी देखि रेशम चौधरी र खुश्वी ओली लगायत सम्म रहेका छन् । यी सेलिब्रेटीहरुमा कोही अझै राजनीतिमै सक्रिय रहेका छन् भने कोही राजनीतिमा निष्क्रिय जत्तिकै देखिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top