×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

१५ पुष २०८२

१५ पुस , काठमाण्डौ ।

पछिल्लो तीन दिनमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेन र उर्जा मन्त्री समेत रहेका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीचको एकता र सहमतिपछि उनीहरु पक्षका नेता कार्यकर्ता मात्रै होइन टुट्नु भन्दा जुट्नु राम्रो रहेको भन्दै आम सर्वसाधारण नै आशासहित उत्साहित बनेका छन् ।

Advertisement

तर रवि बालेन र कुलमानको मिलन भने देशमा पछिल्लो ३० वर्षभन्दा लामो समयदेखि आफ्नो पकडमा राखेका प्रमुख दललाई भने पटक्कै चित्त बुझेको छैन्। यसैले देश विकास र नवयुवाहरुको माग सम्बोधन गर्ने गरी उनीहरुकै अपेक्षा अनुशार एकीकरण भएका तीन युवाको मिलनलाई चिखो रुपमा टिकाटिप्पणी गरिरहेका छन्।

वैकल्पिक शक्तिका रुपमा रास्वपामा एकाकार भएका तीन नेताको मिलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उनीहरुमाथि आक्रमक रुपमा खनिएका छन् ।

उनले एमालेलाई परास्त गर्न विभिन्न शक्तिहरू मोर्चाबन्दीमा लागेको टिप्पणी गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले विपक्षी गठबन्धनप्रति व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

ओलीले भने, “कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन।” अध्यक्ष ओलीले यो भनेपछि सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो। ‘एमालेको विशाल आकार देखेपछि उनीहरू एक्लै भिड्न डराउँछन्। अनि तिमी र म मिलौँ भन्छन्,’ ओलीले भने, ‘कुकुर, बाख्रा र स्यालहरू जति नै मिलेर मोर्चाबन्दी गरे पनि सिंहसँग लड्न सक्दैनन्। लोकतन्त्रमा जसले जति घेराबन्दी गरे पनि अन्त्यमा उत्कृष्ट खेलाडीले नै जित्छ।’

उनले एमालेलाई कमजोर पार्न विभिन्न शक्ति एक ठाउँमा उभिएको दाबी गरे। अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति पनि टिप्पणी गर्दै भने, “एमाले मात्र होइन, कांग्रेस पनि छ। कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।”

उनले एमाले चुनावको प्रतीक्षामा रहेको स्पष्ट पार्दै आगामी निर्वाचनले देशको वास्तविक लोकप्रियता कसको छ भन्ने फैसला गर्ने बताए। “प्रधानमन्त्री बनाइसकेका मान्छेहरू छन्, तर हामी चुनाव पर्खिरहेका छौं। कहिले हुन्छ– फागुन २१ मा, वैशाखमा वा अर्को मंसिरमा—हामी चुनाव पर्खिरहेका छौं,” उनले भने।

ओलीले लोकप्रियताको कुरा गरिरहदा बालेनले भने उनीविरुद्ध नै झापामा उम्मेदवारी दिने चर्चा चलिरहेको छ। यस्तै महाधिवेशनपछि पार्टी थप सशक्त बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले विभिन्न राजनीतिक प्रश्नहरूको जवाफ दिएको दाबी गरे।

उनले आगामी निर्वाचनमार्फत जनताले राष्ट्रिय निर्णय गर्ने विश्वास पनि व्यक्त गरे। यस्तै ओलीले भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण धेरै जना ‘लुसिफर’हरूले गरेको टिप्पणी गरेका छन्।

‘देउवा जीमाथि आक्रमण गर्ने लुसिफरहरू नै हुन्, एउटा मात्रै लुसिफर होइन। धेरै लुसिफरहरू हुन्,’ ओलीले भने, ‘जसले उहाँमाथि त्यसप्रकारको प्रहार गरे।’ यो सबै के भएको हो? भन्दै उनले प्रश्न गरे। ‘यो आगजनी के हो? यसलाई क्रान्ति भनेर महिमा–मण्डन गर्न खोज्नु भनेको प्रतिक्रान्तिकारी, अलोकतान्त्रिक, देशद्रोही शक्तिको व्याख्या हो,’ ओलीले भने।

यो कुनै पवित्र चिज हुनै नसक्ने उनले टिप्पणी गरे। ओलीले प्रमुख राजनीतिक दलहरूकै कारण देश ठूलो दुर्घटनाबाट जोगिएको पनि दाबी गरेका छन् । ओलीले देशमा अराजकता मच्चाउन खोज्ने समूहहरू सक्रिय भए पनि कांग्रेस र एमाले जस्ता जिम्मेवार शक्तिहरू भएकाले देश श्रीलङ्का हुनबाट जोगिएको बताए।

‘अराजकता मच्चाउन खोज्नेहरूले यसो हेर्छन्, विशाल एमाले देख्छन्, अनि अर्कोतिर हेर्छन् नेपाली कांग्रेस देख्छन्,’ ओलीले भने, ‘छेउमा गएपछि गाह्रो पर्छ भन्ने उनीहरूलाई थाहा छ। त्यसैले यी शक्तिहरू रहुन्जेल देश बिग्रन पाउँदैन।’

अध्यक्ष ओलीले गत भदौं २४ गते देशमा आगो लगाउन खोज्नेहरू राष्ट्रियता र शान्तिका विरोधी भएको बताए। उनले भने, ‘२४ गते आगो लगाउनेहरू, देशलाई झुक्याएर आगो लगाउनेहरू कसैका विरुद्ध होइन, देशका विरुद्ध, शान्तिका विरुद्ध र विकासका विरुद्ध लागिपरेका छन्।’

यस्तै आक्रमक टिप्पणी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गरेका छन् । उनले सामाजिक सञ्जालमा हो–हल्ला गर्ने सहर बजारका मान्छेहरूले जनताका मुक्तिदाता भएको भ्रम पार्न खोजिएको बताएका छन् ।

पार्टीको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै प्रचण्डले दशकौँ लडाइँ र तपस्यासहित विचार बोकेर आएका दलहरू सिद्धिसके भनेर हल्ला फिँजाइएको टिप्पणी गरे ।

उनले भने, ‘सोसल मिडिया हे¥यो भने । सहर–बजारका मान्छेका हो–हल्ला हे¥यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यीनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट हो–हल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हात–हातमा त्यस्तै हो कि भन्ने भ्रम परेको छ ।’

यस्तै कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी पार्टी र जनताले लगाएको गुन बिर्सिएको आरोप समेत लगाए ।’विदेशी प्रतिक्रियावादी शक्तिहरूले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमार्फत होहल्ला गरिरहेका छन् । त्यसमा रमेर नेपाल कब्जा भइसकेको जस्तो गरी एक थरीले प्रचार गरेका छन् । पार्टी र जनताले लगाएको गुनलाई बिर्सिएर मान्छेहरू बैगुनी बनेर हिँडेका पनि छन्’, उनले भने ।

प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई पटक घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका थिए । पछिल्लो केपी ओली सरकारको बर्खास्तीमा परेका घिसिङको समर्थनमा तत्कालीन विपक्षी दल नेकपा माओवादीले संसद्मा विरोध गरेको थियो ।

आगामी निर्वाचनमा नेकपालाई समर्थन गर्ने वा चुनावी तालमेल गर्ने अपेक्षा गरेका प्रचण्डले यसअघि घिसिङको कार्यशैलीप्रति सार्वजनिक रूपमै आलोचना गरेका थिए ।
यस्तै नेपाली काग्रेसका नेता मिनबहादुर विश्वकर्माले पनि वैकल्पिक शक्तिका रुपमा अझ बलियो बनेको एकताका विषयमा तिखो टिप्पणी गरेका छन् ।

उनले बालेन्द्र साहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गरे ।

उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको बताए । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top