×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२२ पुष , काठमाण्डौ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइएको छ। सुनुवाइका क्रममा मदुरोले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।

मादुरोले अदालतमा भने, ‘मैले कुनै अपराध गरेको छैन, म एक सभ्य व्यक्ति हुँ।’ अदालतमा सोमबार पहिलो सुनुवाइ सकिएको र अब अर्को सुनुवाइ आगामी मार्च १७ मा हुनेछ। द गार्जियनका अनुसार, मादुरोविरुद्ध अमेरिकामा कोकिन तस्करी गराएको, खतरनाक हतियार राखेकोलगायत चार गम्भीर अभियोग लगाइएका छन्।

मादुरो र उनकी श्रीमती फ्लोरेसलाई सँगै अदालतमा हाजिर गराइएको थियो। सुनुवाइमा क्रममा मादुरोको खुट्टामा साङ्ला बाँधिएको थियो। उनी र उनकी श्रीमती एउटै टेबलमा बसेका थिए र हेडफोन लगाएका थिए ताकि उनीहरूले आफ्नै भाषामा के भनिएको छ भनेर बुझ्न सकून्।

न्यायाधीशले उनीहरूविरुद्धका आरोप अदालतमा पढेर सुनाएका थिए। मादुरोलाई हिरासत कक्षबाट हेलिकप्टरमा लगिएको थियो। हेलिकप्टर अदालतनजिकैको हेलिप्याडमा अवतरण गराइएको थियो। त्यसपछि तुरुन्तै भ्यानमा हालेर मादुरो दम्पतीलाई अदालत पु¥याइएको थियो।

लागूऔषध नियन्त्रण प्रशासन (डीईए )का कयौं एजेन्टहरूले मादुरोलाई समातेको देखिएको थियो। मादुरोले जेलको पोशाक जस्तो लुगा लगाएका थिए । उनी केहि खल्च्याङ्ग खल्च्याङ्ग गरेर हिँडिरहेको देखिएको थियो।

अमेरिकाले शनिबार बिहान राजधानी काराकसमा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई निवासबाटै पक्राउ गरेको थियो। मादुरो र उनकी श्रीमतीलाई हतियार र लागूपदार्थ तस्करीसँग सम्बन्धित आरोपमा अमेरिकी अदालतमा मुद्दा चलाइएको छ ।

यद्यपि, मादुरोले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएका छन्। उता भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्न प्रस्ताव गरेकी छन् । कार्यवाहक राष्ट्रपतिका रूपमा मन्त्रिपरिषद्को पहिलो बैठकपछि रोड्रिगेजले एक विज्ञप्ति जारी गरेकी थिइन् ।

आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग सन्तुलित र सम्मानजनक सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने डेल्सी रोड्रिगेजले बताइन्। अन्तर्राष्ट्रिय कानुनको ढाँचा भित्र सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न पनि उनले अमेरिकी सरकारलाई आमन्त्रित गरिन्।

रोड्रिगेजले भनिन्,’राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन्। यो सधैँ राष्ट्रपति निकोलस मादुरोको सन्देश रहँदै आएको छ, र अहिले सबै भेनेजुएलाको सन्देश पनि यहीँ हो।’

भेनेजुएलालाई शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार भएकोमा उनले जोड दिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई आफ्नो निर्देशन पालना नगरे निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन्।

आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको भविष्य र त्यहाँको नेतृत्वका बारेमा यस्तो कडा टिप्पणी गरेका हुन्। शासन परिवर्तन र राष्ट्र निर्माण विरुद्धको आफ्नो विगतको अडानबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भेनेजुएला आफ्नै क्षेत्रमा पर्ने र यो ‘मनरो सिद्धान्त’ अन्तर्गत आउने जवाफ दिएका छन्।

ट्रम्पले आफ्नो वरपरका देशहरू स्थिर र सफल हुनुपर्ने तथा त्यहाँबाट तेल निर्बाध रूपमा बाहिर आउन सक्ने कुरा सुनिश्चित गर्नु अमेरिकाको काम भएकोमा जोड दिएका छन्। उनले भेनेजुएलालाई ’मृत’ देशको संज्ञा दिँदै यसलाई पुनर्जीवित गर्ने जिम्मा अमेरिकाको भएको दाबी गरेका छन्।

यसका लागि अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पूर्वाधार पुनर्निर्माणमा ठूलो लगानी गर्नुपर्ने उनको भनाइ छ। यद्यपि, उनले पछि स्पष्ट पार्दै अमेरिकाले सिधै लगानी नगर्ने तर भेनेजुएला र त्यहाँका जनताको हेरचाह गर्ने बताएका छन्।

अन्तरिम राष्ट्रपति रोड्रिगेजको नेतृत्वका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफ्नो टोली उनीसँग सम्पर्कमा रहेको जानकारी दिएका थिए । तर, उनले रोड्रिगेजले अमेरिकाको कुरा मान्नुपर्ने सर्त राख्दै अन्यथा पदच्युत मादुरोको जस्तै अवस्था आउन सक्ने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला सरकार अमेरिकाले सञ्चालन गर्ने बताइसकेका छन् । यसका लागि उनले आफ्नो टिम पनि गठन गरेका छन् ।

उता भेनेजुएला संकटबारे सोमबार बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषद को आपत्कालीन बैठकमा छलफल भएको छ। संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले यसप्रति चिन्ता व्यक्त गर्दै भने कि अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने मामिलामा संयुक्त राष्ट्र चार्टरको सम्मान हुनुपर्छ।

रूस, क्यूबा लगायतका धेरै देशहरूले परिषदमा अमेरिकी कदमको कडा आलोचना गरेका छन् भने अर्जेन्टिना लगायतका अमेरिकी सहयोगी देशहरूले अमेरिकाको पक्षमा उभिएको देखिएको छ ।

भेनेजुएलामा संयुक्त राष्ट्र सुरक्षा परिषद्का महासचिव एन्टोनियो गुटेरेसले भने कि अमेरिकी क्रियाकलाप अन्तर्राष्ट्रिय कानुनको नियमको पालनामा छैन। अमेरिकी सैन्य हस्तक्षेपले अन्तर्राष्ट्रिय सम्बन्धमा के प्रकारको मिसाल कायम गर्न सक्छ भन्ने प्रश्न उठेको छ।

यसैबीच रूसका प्रतिनिधिले अमेरिकी क्रियाकलापलाई गलत ठहर गर्दै निकोलस मादुरो र उनकी पत्नी सिलिया फलोरेसलाई तुरुन्त रिहा गर्न माग गरेका छन्। भेनेजुएलाले संयुक्त राष्ट्रमा भनेको छ कि अमेरिकी आक्रमण उनीहरूको देशको प्राकृतिक स्रोत र तेल हासिल गर्ने लालचमा गरिएको हो।

रूससहित मेक्सिको र क्यूबाले पनि अमेरिकी क्रियाकलापको कडा आलोचना गरेका छन्। चिलीले पनि अमेरिकी आक्रमणको आलोचना गर्दै यसलाई गलत उदाहरणको रूपमा उल्लेख गरेको छ। अर्जेन्टिना, बेलायत, लाट्भिया जस्ता अमेरिकी सहयोगीहरूले भेनेजुएलामा भएको आक्रमणलाई जायज ठहराएका छन्।

Scroll to Top