×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२२ पुष , काठमाण्डौ ।

बंगलादेशमा हिन्दु समुदायलक्षित हिंसा अझै रोकिएको छैन । त्यहाँ एकपछि अर्को हिन्दु पुरुषमाथि विभत्स हत्याको श्रृंखला चलिरहँदा अब हिन्दु महिलामाथि पनि हिंस्रक समूहले आक्रमण गर्न थालेका छन् ।

पछिल्लो घटनामा झेनाइदह जिल्लाको कालीगञ्ज इलाकामा ४४ वर्षीया एक हिन्दु एकल महिलामाथि सामूहिक बलात्कार भएको छ । आरोपितहरूले बलात्कारपछि महिलालाई रूखमा बाँधेर कुटपिट गर्नुका साथै उनका कपाल काटिदिएर पूरै घटनाको भिडिओ पनि बनाएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

पीडित महिलाले सोमबार दिउँसो कालीगञ्ज प्रहरी चौकीमा ४ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस मामिलामा एक आरोपित हसन नाम गरेका ४५ वर्षीय एक व्यक्तिलाई हिरासतमा लिएको छ, जो सोही इलाकाका बासिन्दा हुन् ।

प्रहरी र स्थानीय मानिसका अनुसार महिलाले करिब दुई वर्षअघि आरोपी शाहीनका भाइबाट सोही गाउँमा एक घर र जग्गा किनेकी थिइन् । त्यस समयदेखि नै शाहीनले उनलाई लगातार पैसा माग्दै र विभिन्न तरिकाले दुःख दिँदै आएका समाचारमा उल्लेख छ ।

ती महिलाका दुई पुरुष नातेदार शनिबार साँझ उनलाई भेट्न आएका थिए । त्यसै बेला शाहीन र हसन जबरजस्ती घरमा प्रवेश गरे । उनीहरूले महिलाका नातेदारलाई एक कोठामा बन्द गरेर महिलालाई अर्को कोठामा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

त्यसपछि आरोपितहरूले महिला र उनका नातेदारहरूलाई घरबाट बाहिर घिसारेर रूखमा बाँधिदिए र उनीहरूमाथि अश्लील तथा अनैतिक गतिविधिहरूको झूटा आरोप लगाए । शनिबार राति स्थानीयहरूले ती महिलालाई गम्भीर अवस्थामा देखेर अस्पतालमा भर्ना गराएका थिए ।

महिला सोही गाउँमा आफ्नो १० वर्षीय छोरासँग बस्दै आएकी छन् । यसअघि बंगलादेशमा १८ दिनमा चार जना हिन्दुको हत्या भइसकेको छ । पछिल्लो हत्या जेसोर जिल्लाको मोनिरामपुर इलाकाको कोपालिया बजारमा भएको हो ।

सोमबार साँझ एक हिन्दु व्यापारीको गोली हानी हत्या गरिएको छ । मृतकको नाम राणा प्रताप बैरागी थियो र उनको उमेर ३८ वर्ष थियो । उनी विगत दुई वर्षदेखि त्यहाँ बरफ बनाउने एउटा कारखाना चलाउँदै आएका थिए ।

स्थानीय मानिसहरूका अनुसार साँझ करिब ६ बजे केही व्यक्तिले राणा प्रतापलाई उनको काम गर्ने ठाउँबाट बाहिर बोलाए र नजिकैको गल्लीमा लगे । त्यहाँ अचानक उनीहरूमाथि थुप्रै गोली प्रहार गरिएको थियो, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार आक्रमणकारीहरू मोटरसाइकलमा आएका थिए र उनीहरूले राणा प्रतापसँग केहीबेर कुरा गरेपछि टाउकोमा थुप्रै गोली हानेका थिए । प्रहरीले घटनास्थलबाट सात खाली गोलीका खोका बरामद गरेको थियो ।

यसअघि पनि डिसेम्बर १८ मा दीपु चन्द्र नाम गरेका एक पुरुषको हत्या भएको थियो । त्यसपछि पनि डिसेम्बर २४ मा भिडले एक हिन्दु युवकलाई कुटपिट गरी मारेको थियो भने डिसेम्बर २९ मा अर्का एक हिन्दुको पनि हत्या गरिएको थियो ।

यसैबीच बंगलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

सरकारद्वारा गठित एक अनुसन्धान आयोगले १ हजार ५ सय ६९ अपहरणका घटनाको छानबिन गर्दा तीमध्ये २ सय ८७ जना मृत मानिएको जनाएको हो । आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगंगासहित विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ ।

विभिन्न स्थानमा चिह्न नलगाइएका चिहानहरू फेला परेको आयोगले जनाएको छ । आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायहरूले शेख हसिना र उनका शीर्ष अधिकारीहरूको निर्देशनमा उक्त काम गरेको उल्लेख छ ।

अपहरणमा परेका मध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात–ए–इस्लामी र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा करिब १ हजार ४ सय जनाको ज्यान गएको थियो ।

हाल भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनालाई मानवताविरुद्धको अपराधमा उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ । हसिना १९९६ देखि २००२ सम्म पहिलो र २००९ देखि २०२४ सम्म दोस्रो कार्यकाल बंगलादेशको प्रधानमन्त्री थिइन् ।

Scroll to Top