×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

२२ पुष २०८२

२२ पुष , काठमाण्डौ ।

एक सार्वभौमसत्ता सम्पन्न भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई मध्यरातमा सुतिरहेको समयमा अपहरण शैलीमा नियन्त्रणमा लिएर अमेरिका पुर्याएपछि यो कदमको विभिन्न शक्ति राष्ट्रहरुले विरोध गरिरहेका छन् ।

Advertisement
Advertisement

चीन, रुस, मेक्सिको, क्युबा चिली लगायतका देशसहित राष्ट्रसंघले समेत ट्रम्पको निर्णय र अमेरिकी सेनाको सैन्य हस्तक्षेपको कडा शब्दमा निन्दा गरेका छन् । यद्यपि अमेरिका निकट देशहरुले भने मादुरोमाथिको कारबाहीको समर्थन गरेका छन् ।

अमेरिकाले मादुरो दम्पत्तिलाई अदालतमा उपस्थित गराएर कानूनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको अवस्था एक चर्चित अमेरिकी विश्लेषकले भने भेनेजुएलामाथिको अमेरिकी आक्रमण र मादुरोलाई नियन्त्रणमा लिएको विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् ।

अमेरिकी प्रख्यात लेखक, उद्यमी र वित्तीय शिक्षक रोबर्ट कियोसाकीले बाँकी संसार दर्शक मात्र बनेको भन्दै भेनेजुएला नै सन्देश रहेको टिप्पणी गरेका छन् । उनले भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमण कुनै पनि सैन्य आक्रमण नभएर यो चीनसहितका विश्वका राष्ट्रहरुलाई चेतावनी रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, धेरै मानिसले भन्छन, भेनेजुएलामाथिको कदम नै मुख्य घटना थियो। तर होइन, त्यो घटना थिएन, त्यो चेतावनी थियो। उनले भेनेजुएलाको कारबाहीपछि ट्रम्पले केवल मादुरोबारे कुरा नगरेर उनले अरू देशहरूलाई पनि चेतावनी दिएका छन् ।

त्यही भागमा प्रायः कसैले ध्यान दिइरहेको छैन। किनकि यो केवल कुनै नेता हटाउने कुरा थिएन। यो नजिर बसाल्ने कुरा थियो। शक्ति वास्तवमा कसरी काम गर्छ? भन्ने विश्वलाई सन्देश थियो । रोबर्टले भने झै ट्रम्पले ग्रिनल्याण्डदेखि, कोलम्बिया, मेक्सिको र क्युवासम्मलाई धम्की दिइसकेका छन् ।

आफूले भने अनुकुल नभए भेनेजुएलाको अवस्था दोहोरिने ट्रम्पले प्रष्टसँग सन्देश दिएका छन् । ट्रम्पले भेनेजुएलाको सत्ता परिवर्तनपछि अब आफ्नो ध्यान ग्रीनल्याण्डतर्फ केन्द्रित गरेका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगेपछि आक्रामक बनेका ट्रम्पले डेनमार्कको स्वायत्त भूभाग ग्रीनल्याण्ड अमेरिकाको ’राष्ट्रिय सुरक्षा’ का लागि आवश्यक रहेको दाबी गरेका हुन्।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ग्रीनल्याण्ड रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको र त्यहाँ रुसी तथा चिनियाँ जहाजहरूको उपस्थिति देखिएकाले अमेरिकाले यसको नियन्त्रण लिनुपर्ने बताएका छन्।

डेनमार्कले ग्रीनल्याण्डलाई सम्हाल्न नसक्ने भन्दै ट्रम्पले युरोपेली संघले समेत अमेरिकाले यसको जिम्मेवारी लिएको हेर्न चाहेको विवादास्पद दाबी गरेका छन्। ट्रम्पको यस्तो टिप्पणीले युरोपमा हलचल पैदा गरेको छ।

नेटोको ऐतिहासिक सहयोगी डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले अमेरिकाले आफ्ना सहयोगीलाई धम्की दिन बन्द गर्नुपर्ने प्रतिक्रिया दिएकी छिन्। यस्तै, ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले ट्रम्पको भनाइ अपमानजनक रहेको र आफ्नो देश बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पारेका छन्।

यसैबीच, ट्रम्पका डेपुटी चीफ अफ स्टाफ स्टीफन मिलरकी श्रीमती केटी मिलरले अमेरिकी झण्डाको रङमा रङ्गिएको ग्रीनल्याण्डको तस्बिर ‘चाँडै’ भन्ने क्याप्सनसहित पोस्ट गरेपछि तनाव झनै बढेको छ।

ग्रीनल्याण्डमाथि ट्रम्पको दाबीले नेटोको धारा ५ को औचित्यमाथि समेत प्रश्न उठाएको छ, जसले एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबैमाथिको आक्रमण मान्दछ। विश्लेषकहरूका अनुसार भेनेजुएलामा भएको सैन्य सफलतापछि ट्रम्पको आत्मविश्वास बढेकाले उनले अब आफ्नै सहयोगी राष्ट्रहरूलाई समेत निशाना बनाउन थालेका छन्।

ग्रीनल्याण्डसँगै ट्रम्पले कोलम्बियामाथि पनि लागुऔषध तस्करीको आरोप लगाउँदै ‘अपरेशन कोलम्बिया’ लाई धम्की दिएका छन्। भेनेजुएलामा जस्तै गरी कोलम्बियामा पनि हस्तक्षेप हुन सक्ने सङ्केत ट्रम्पले दिएका हुन्।

ट्रम्पले नागरिकमाथि दमन गरे इरानमाथि समेत कडा प्रहार गर्ने खुला चेतावनी दिएका छन् । यसका बारेमा रोबर्टले थप लेखेका छन्, तपाईंले सबैसँग लड्नु पर्दैन, तपाईं एक जनासँग सार्वजनिक रूपमा लड्नुहुन्छ अनि बाँकी सबै लाइनमा बस्छन्।

उनले भेनेजुएला कमजोर भएकाले नभइ सबैको संगममा पर्ने भएकाले कारणवश रोजिएको बताएका छन् । उनले भेनेजुएलामाथि अमेरिकी नियन्त्रणका ४ कारणहरु रहेको समेत खुलाएका छन् ।

जसमा तेल, चीन, प्रतिबन्ध, डलरबाट बच्ने प्रयास र पश्चिमी गोलार्धमा ऊर्जा प्रभाव । अमेरिकाले भेनेजुएलामा कदम चाल्नेबित्तिकै यदि कसैले चीनलाई आफूहरुको प्रणाली बाहिर ऊर्जा सुरक्षित गर्न मद्दत गरे उनीहरु अर्के पक्ष ठहर्ने भन्दै त्यही नै वास्तविक चेतावनी रहेको बताएका छन् ।

उनले लेखेका छन्, यो युद्ध होइन। यो प्रणाली लागू गर्ने कुरा हो। मानिसहरू धम्की सुन्छन् र “सैन्य हमला” सोच्छन्। तर उनी यसलाई गलत मान्दछन । उनले भनेका छन्, यो प्रणालीगत हो। ट्रम्पले बमको धम्की दिएनन्। उनले धम्की दिए, प्रतिबन्ध, नाकाबन्दी, सम्पत्ति जफत, पहुँच कटौती र डलर प्रणालीबाट बहिष्कार ।

यी मिसाइलभन्दा पनि शक्तिशाली रहेको उनको भनाइ छ । उनी भन्छन्, आधुनिक राष्ट्रहरू आक्रमणबाट ढल्दैनन्, उनीहरू नगद प्रवाह रोकिन्दा ढल्छन्। उनले धेरै देशहरू चुपचाप भेनेजुएलाले गरेको जस्तै काम गरिरहेको भन्दै उनीहरुलाई चेतावनी दिइएको उल्लेख गरेका छन् ।

चीनलाई वस्तु बेच्ने, डलरबाहिर भुक्तानी गर्ने, प्रतिबन्ध छल्न छुट प्रयोग गर्ने, चीनबाट पूर्वाधार र ऊर्जा लगानी लिन दिनेहरुले आफू सुरक्षित ठाने पनि भेनेजुएलाले उनीहरू सुरक्षित छैनन् भन्ने देखाएको रोबर्टले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, तपाईं चीनसँग व्यापार गर्न सक्नुहुन्छ वा अमेरिकी हितविरुद्ध व्यापार गर्न सक्नुहुन्छ तर दुवै सधैं गर्न सक्नुहुन्न। उनले साम्राज्यहरूले नियम घोषणा नगर्ने भन्दै उनीहरूले परिणाम देखाउँने बताएका छन् ।

उनले भनेका छन्, इराक एक प्रदर्शन, लिबिया एक प्रदर्शनपछि अब फरक दशकमा उस्तै पाठ भेनेजुएलामा दोहोरिएको छ । उनले भनेका छन्, जब नेताहरू चुपचाप वार्ता गर्न छोड्छन् र सार्वजनिक रूपमा धम्की दिन थाल्छन् त्यसपछि प्रणाली तनावमा हुन्छ। त्यही बेला कागजी वाचा सबैभन्दा छिटो असफल हुन्छन्। त्यही बेला वास्तविक सम्पत्ति सबैभन्दा महत्वपूर्ण हुन्छ। जुन अहिले ट्रम्पले भेनेजुएलामा प्रयोग गरेका छन् । भेनेजुएला ट्रम्पको मुठ्ठीमा छ उनले त्याहा जे चाहान्छन् त्यही हासिल गर्नेछन् भने विश्वमै अमेरिकाको दबदबा कायम गरेका छन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top