NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि.. बिहिबार पुस २४ , २०८२
कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ? बिहिबार पुस २४ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ? बिहिबार पुस २४ , २०८२
११५ दिनसम्म ३ मन्त्रालय सम्हालेका कुलमानले के काम गरे ? बिहिबार पुस २४ , २०८२
१ लाख ३३ हजार ९८० जनालाई जागिरको अवसर बिहिबार पुस २४ , २०८२
Next
Prev

समाचार

देउवा–ओली–प्रचण्डलाई फेरि सुरक्षा बढाइने, ओलीले देखे विदेशी हस्तक्षेप

मङ्लबार पुस २२ , २०८२
Reading Time: 1 min read
A A
देउवा–ओली–प्रचण्डलाई फेरि सुरक्षा बढाइने, ओलीले देखे विदेशी हस्तक्षेप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ पुष , काठमाण्डौ ।

नेपालको बदलिएको राजनीतिक अवस्था, जेनजी आन्दोलनको प्रभाव, नजिकिदै गरेको चुनाव, नयाँ राजनीतिक दलहरुको चुनौती दिनेगरिको उदय र एकीकरण, अनि आफूहरु चाँही आन्तरिक किचलो र शक्तिहिन भएको अवस्थामा पुगेपछि पुराना दलका शीर्ष नेताहरु पुनः मेलमिलाप र सहकार्य भन्दै आपसी दौडधुपमा लागेका छन्।

विशेषगरी काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी संविधान र मुलुक संकटमा परेको बहाना देखाउँदै आफूहरु पुनः गठजोड गरेर, एकअर्काको वैशाखी टेकेरै भएपनि शक्तिमा फर्किने प्रयास गरिरहेका छन् ।

नजिकिदै गरेको राष्ट्रिय सभाको चुनाव र त्यसपछि आउने प्रतिनिधि सभाको चुनावमा कसरी हुन्छ नयाँलाई रोक्ने र आफूहरु पुनः सदनमा पुग्ने प्रयासमा उनीहरु छन् । यद्यपि केही नेताहरुले यो राष्ट्रिय सभाका लागि मात्रै रणनीतिक सहकार्य गर्न लागिएको प्रतिनिधि सभाको चुनाव त एक्लाएक्लै जाने भनिरहेका छन् ।

तर शीर्ष नेताहरुको संकेत भने यो सहकार्यलाई फागुनको चुनावसम्मै लैजाने बुझिन्छ । यसैबीच जेनजी र सरकारबीच भएको सम्झौता अन्तर्गत भ्रष्टाचारीलाई छानविनको दायरामा ल्याएर कारकाही गर्ने कुराहरु चर्चामा आएपछि पुराना सहयात्रीहरु त्यसका लागि मिल्नु पर्ने निश्कर्षमा पुगेका हुन् ।

यसका लागि उनीहरुले आन्तरिकरुपमा मात्रै दौडधुप गरिरहेका छैनन् बरु दिल्लीमा समेत नेपाली नेताहरुका ताँती लाग्न सुरु भएको छ । उनीहरु एकपछि अर्को गर्दै दिल्ली जान थालेका छन् । अघिल्लो हप्तामात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चार दिने भ्रमण सकेर फर्किएका थिए ।

१२ बुँदे सहमतिमार्फत नेपालबाट राजतन्त्रको अन्त्य गर्न सफल मानिएको २०६२÷६३ एक मुख्य नेता भट्टराई फर्केलगत्तै आइताबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत गएका थिए । उनी सोमबार साँझ नै फर्किसकेका छन् ।

दिल्लीमा रहँदा उनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसंग भएको थियो । प्रचण्डले पार्टी निकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार दुई महत्वपूर्ण भेटघाट गरेका छन् । आइतबार राति उनलाई होटलमै भेट्न आएका थिए भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल ।

उनीहरूबीच करिब १ घन्टा एक्लाएक्लै कुराकानी भएको छ । भारतीय प्रधानमन्त्रीले नेपाललगायतका वैदेशिक मामिलामा डोभालको सुझावअनुसार आवश्यक निर्णयहरू लिँदै आएका छन् । दिल्ली उड्नुपूर्व दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

दाहाल फर्किन नपाउँदै सोमबार दिउँसो कांग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली प्रस्थान गरेकी छिन् । राणाको व्यक्तिगत कार्यक्रम बाहिर बताइए पनि राजनीतिक भेटघाटको कार्यक्रम तय भएको बुझिएको छ ।

यसअघि दिल्ली पुगेका डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिए । त्यसपछि उनी नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित दक्षिण एसियाली जनसहभागिता प्रमुख वक्ताका रूपमा सहभागी भएर फर्किएका थिए ।

दिल्लीमा रहँदा भट्टराईले नेपालमा राजतन्त्र फर्किने सम्भावना शून्य रहेको दाबी गर्दै भारतीय मिडियाहरुलाई अन्तर्वार्ता दिएका थिए । यसैबीच रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि केही दिनभित्रै भारत जाने तयारीमा छन् ।

वाग्लेले नयाँ स्थापना भएको ‘नेट स्ट्राट’ नामक थिंक थ्यांक संस्थाले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । वाग्ले तिनै व्यक्ति हुन् जसले नेपाली सेनाको संख्या घटाउनुपर्ने अभिव्यक्ति संसदको राष्ट्रमबाटै दिएका दिए ।

सम्भवतः एमालेबाट पनि छिट्टै माथिल्लो तहकै कुनै नेताले भारत भ्रमण गर्नेछन् । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन् । विभिन्न बहानामा नेताहरुको दिल्ली दौडाहातर्फ लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कडा टिप्पणी गरेका छन् ।

ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गराउने षड्यन्त्र गरिरहेको ब्रिफिङ गरेका छन् । च्यासलमा सचिवालय बैठकमा बोल्दै ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरे ।

उनले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनि नसकेको बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनस्र्थापना हुन नदिने कार्यमा दबाब दिँइँदैछ। यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।’

नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको बताए। यसैबीच सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाउने भएको छ ।

पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र शीर्ष तीन नेताबीच पहिलो पटक छलफल गराएका थिए । सोही छलफलमा तीन पूर्वप्रधानमन्त्रीले चुनावका लागि सुरक्षाको वातावरण नबनेको बताउँदै यही बेला सरकारले आफ्ना सुरक्षाकर्मी पनि फिर्ता लगेको गुनासो गरेका थिए ।

प्रधानमन्त्री कार्कीले चुनाव गराउन प्रतिबद्ध रहेको दोहो¥याउँदै शीर्ष नेताहरूलाई सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने वचन दिएकी थिइन् । सोही अनुसार थप सुरक्षा दिने गरी गृह मन्त्रालयले तयारी थालेको हो ।

गृह स्रोतका अनुसार पछुवा गाडीको व्यवस्था गर्न सशस्त्र प्रहरीलाई भनिएको छ । यसअघि असोज २३ गते गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठकले मापदण्डभन्दा बढी र मापदण्डविपरीत लगेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार गृह मन्त्रालयले परिपत्र गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले देशभर यसरी लगेका पूर्व तथा हालका अति विशिष्ट र विशिष्टसहितले लगेका सुरक्षाकर्मीहरू फिर्ता गरेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका बढी सुरक्षाकर्मी फिर्ता भएका थिए। जेनजी आन्दोलनमा कुटपिटमा परेका शेरबहादुर देउवाको भने त्यतिबेलै सुरक्षाकर्मी फिर्ता भएका थिए।

त्यसपछि देउवाले सीमित मात्रै सुरक्षाकर्मी लिएका थिए । जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले बढी सुरक्षाकर्मी फिर्ता गर्ने भनेपछि थप टोली पठाइएको थिएन। सरकारले सुरक्षाकर्मीको संख्यासँगै यसअघि खटाएको टोली नै हेरफेर गरेको थियो ।

Tags: #दिल्लीमा नेपाली नेताहरु#देउवा–ओली–प्रचण्ड

लोकप्रीय

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

बिहिबार पुस २४ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

बिहिबार पुस २४ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

११५ दिनसम्म ३ मन्त्रालय सम्हालेका कुलमानले के काम गरे ?

बिहिबार पुस २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

बिहिबार पुस २४ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

बिहिबार पुस २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.