×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे

२२ पुष २०८२

२२ पुष , काठमाण्डौ ।

नेपाली कांग्रेसभित्रको नियमित कि विशेष महाधिवेशन भन्ने विवाद अब झडपकै स्थितिमा पुगेको छ । यसैका लागि आज सानेपास्थित पार्टी कार्यालयबाहिर तनावको स्थिति सिर्जना भएको छ ।

Advertisement
Advertisement

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन सानेपा पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै रोकेको छ । मंगलबार सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको थियो ।

May be an image of one or more people

बैठक सुरु हुनुपूर्व नै विशेष महाधिवेशन पक्षधर नेताहरू र केही महाधिवेशन प्रतिनिधि कार्यालय पुगेका थिए । उनीहरूले नेतृत्वलाई दवाब दिने र आफ्ना मागहरू राख्ने तयारी गरेका थिए ।

May be an image of one or more people and text

यो कुराको सुइँको थाहा पाएपछि प्रवेशमा कडाइँ गरिएको विशेष महाधिवेशन पक्षधरहरूले जनाएका छन् । पार्टी कार्यालयको गेटमा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् ।

May be an image of one or more people, crowd and text

भित्र बैठक चल्दै गर्दा बाहिर रहेका नेतालाई प्रवेशमा रोक लगाइएको हो । आफ्नै पार्टी कार्यालयमा नेताहरू रोकिएपछि सानेपा परिसर केही बेर नाराबाजी र तनावले तातिएको थियो ।

May be an image of one or more people and crowd

भित्र पस्न नपाएका नेताहरूले यसलाई ’नेतृत्वको अनुदारवादी र निरंकुश चरित्र’ भन्दै आलोचना गरेका छन्। उनीहरूले नेता विमलेन्द्र निधिविरूद्ध नाराबाजी गरेका छन्।प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई गाली गर्दै पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी समेत गरेका छन् ।

May be an image of one or more people, chess, motorcycle, scooter and street

पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पु¥याएका थिए । सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो ।

May be an image of one or more people and text

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले भने विशेष पक्षधरले सानेपामा घेराउ नगरेको बताएका छन् । मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् ।

May be an image of one or more people

बिहान ११ बजे हुने भनिएको बैठक बस्न ढिला भएको छ । आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए । राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो ।

May be an image of one or more people and text

आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ । एमालेले राष्ट्रिय सभामा ७ सिट माग्ने निर्णय गरेको छ ।

यस्तै नीतिगत स्पष्टताको अभावस् चुनावी गठबन्धन गर्ने कि नगर्ने र पार्टीको मार्गचित्र कस्तो हुने भन्नेमा महामन्त्रीद्वयले फरक मत राख्दै आएका छन् । विधानले दिएको समयसीमा कुर्नुभन्दा अगाडि नै नयाँ नेतृत्व चयन गरेर पार्टीलाई पुनर्जीवन दिने इतर पक्षको दाबी छ ।

May be an image of one or more people

महामन्त्री पक्षले यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनको वैधानिक बाटो सुरक्षित गरिसकेको दाबी गर्दै आएको छ। मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८ गतेका लागि १५ औँ महाधिवेशनको मिति तोकेपछि केही समय विवाद शान्त भएको देखिएको थियो।

May be an image of one or more people

उक्त मिति केवल ’देखाउनका लागि’ मात्र भएको आरोप इतर पक्षले लगाउँदै आएको थियो । पछिल्लो पटक पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले पुसको कार्यतालिकालाई पर सारेर आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपछि संस्थापन इतर समूह रुष्ट बनेको छ।

May be an image of one or more people, crowd and text

कार्यतालिका पटक–पटक सर्दा पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने र नेतृत्वले समय लम्ब्याउन खोजेको भन्दै विशेष महाधिवेशन पक्षधरहरूले आफ्नो तयारीलाई तीव्र पारेका हुन्। विशेष महाधिवेशन पक्षधरहरूले आफ्नो तयारीलाई संगठित बनाउन विभिन्न उप–समितिहरू गठन गरिसकेका छन् ।

उनीहरूले देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई आगामी पुस २६ गतेभित्र काठमाडौं आइपुग्न कडा निर्देशन दिएका छन्। सानेपाको मंगलबारको घटनाले दुई पक्षबीचको सम्बन्ध थप तितो बनाइदिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top