×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

नेताहरूको दौड दिल्ली तिर किन बढ्यो ?

२२ पुष २०८२

२२ पुष , काठमाण्डौ ।

नेपाली राजनीतिमा एउटा जबरजस्ती भाष्य निर्माण छ । यहाँ जे हुन्छ त्यो विदेशीको इसारामा हुन्छ । नेपालमा हुने सबै खाले राजनीतिक परिवर्तन मात्र हैन सरकार परिवर्तनलाई पनि विदेशीको चलखेल भन्ने समूह निकै ठुलो छ ।

Advertisement
Advertisement

नेपालमा विदेशीको चलखेल देख्ने सबै भन्दा ठुलो समूह भनेको यहाँ राजनीतिक दलका नेताहरूकै छ । जब उनीहरू सत्तामा पुग्छन् त्यस बेला सबै खाले खेल नेपाली नै देख्छन् जब उनीहरू सत्ताबाट वाहिरनु पर्छ अनि तिनै नेता सबै खेल विदेशीले खेलेको भनेर गीत गाउन थाल्छन् ।

यहाँ सम्म कि ३६ वर्ष सम्म देशको शासन सत्ता आफैले पालो गरी गरी चलाए । देश भ्रष्टाचारमा र्चुलुम्ब डुब्यो । जनताहरूमा निराशा मात्र छायो, नातावाद कृपावाद हुँदा हुँदा नेपो बेबी संस्कृति सम्म यी नै नेताहरूले जन्माए ।

सधैँ अस्थिर सरकार सत्ताको चलखेल, बिचौलियाहरूको रजगजले आक्रान्त नेपाली जनताले जेनजी विद्रोह मार्फत आफ्नो आक्रोश पोखे । दुई दिनमा सत्ता परिवर्तन भयो । यो विद्रोह न कुनै तयारी, न कसैले योजना गरेर नै भएको थियो ।

स्वत भएको विद्रोहलाई आन्दोलनका क्रममा वालवाल ज्यान जोगाएका नेताहरू केही दिनको भूमिगत जीवन पछि बाहिर निस्कँदै सबै दोष विदेशीलाई लगाए । यो सबै जे भयो विदेशी कै चलखेलमा भएको हो भनी रहेका छन् ।

पछिल्लो समय त झन हिजोसम्म चुनाव नै नहुने भनिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत विदेशी हस्तक्षेप बढेको भन्दै उनीहरु चुनाव सार्ने षडयन्त्रमा लागेको निचोडमा पुगेका छन् ।

हुन त केही त्यस्ता उदाहरणहरू छन् जसमा छिमेकी देश भारत प्रत्यक्ष संलग्न भएर नेपालको राजनीतिक परिर्वतनहरु भएका छन् । २००७ सालको जनक्रान्ति देखि २०४६ साल हुँदै नेपालमा लामो समय सम्म चलेको माओवादी विद्रोह समेत भारतकै सक्रियतामा सेफ ल्यान्ड भएको हो भन्ने कुरा दिल्लीमा भएको माओवादी र नेपालका राजनीतिक दलहरू बिच भएको १२ बुद्धे सहमतिले पुष्टि गर्छ ।

जेनजी विद्रोह सफल भएको चार महिना पुग्न लाग्दा फेरी दक्षिण तर्फको छिमेकी देश तिर नेपालको नेताहरूको जाने क्रम बाक्लिएको छ । नेपाली नेताहरू कुनै न कुनै बहानामा भारत जान्छन् । अनि राजनीतिक भेटघाट पनि गर्छन् र नेपाल फर्केर उपचारको लागि गएको भन्दै मिडिया सँग भाग्न खोज्छन् ।

तत्काल उद्देश्य नखुल्ने भए पनि पछिका घटनाक्रमले उनीहरूको भारत भ्रमणको उद्देश्य खुल्ने गर्छ । अहिले देशभित्र राजनीतिक ध्रुवीकरण तीव्र छ । यही सन्दर्भमा भारतीय पक्षसँग संवादलाई तीव्रता नेताहरूले दिएको हुनु पर्दछ ।

दिल्ली दौड स्वास्थ्य, सेमिनार वा पार्टी कार्यक्रमको आवरणमा भए पनि त्यसको मूल केन्द्र राजनीति र सत्ता समीकरण नै देखिन्छ । चुनाव नजिकिँदै जाँदा नेपालभित्रको समीकरण दिल्लीको गल्लीसम्म पुग्नु नयाँ होइन । नेताहरूको दिल्ली दौडले आगामी निर्वाचन र त्यसपछि बन्ने सरकारको लेखा जोखाका लागि हुन सक्छ ।

काठमाडौँ वातावरण माइनस तिर झरी रहे पनि चुनावी तापक्रम बढ्दो छ । जब नेपालमा राजनीतिक तापक्रम बढ्छ अनि नेताहरूको दौड नयाँ दिल्ली तिर हुन थाल्छ । मुलुकभित्र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला नेपाली राजनीतिक नेतृत्वको दिल्ली दौड अचानक होइन, योजनाबद्ध देखिन थालेको छ ।

केही सातायता पूर्व प्रधानमन्त्रीदेखि सत्तारूढ दलका प्रभावशाली नेता, विपक्षी दलका रणनीतिकार र वैकल्पिक शक्तिका प्रतिनिधिसम्म भारतको राजधानीमा देखिनु संयोग मात्रै मान्न सकिँदैन ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणबाट फर्किए लगत्तै नेकपा संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिने दिल्ली यात्रा सकेर सोमबार राति काठमाडौँ फर्किएका छन् ।

यति मात्रै होइन, दाहाल विमानस्थल पुग्दै गर्दा काँग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा दिल्ली अवतरण गरिसकेकी थिइन् । उता प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी उपचारका लागि दिल्ली पुगेका छन् भने रास्वपा उपसभापति स्वर्णिम वाग्ले पनि यही साता दिल्ली जाने तयारीमा छन् ।

औपचारिक रूपमा पार्टीको प्रवासी सङ्गठनको कार्यक्रममा सहभागी हुन दिल्ली गएको भनिए पनि प्रचण्डको भ्रमणको केन्द्र राजनीतिक नै थियो । लाजपतनगरमा आयोजित ‘एकता सन्देश सभा’ लाई उनको मुख्य कार्यक्रम भनिए पनि उनी काठमाडौँ फर्किनुअघि केही समय मात्रै त्यहाँ पुगेका थिए ।

दुई दिनको बसाइँमा प्रचण्ड खान मार्केटनजिकैको होटल ताज मानसिंहमा बसे । यही होटलमा आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भएको भेटवार्तालाई सबैभन्दा अर्थपूर्ण मानिएको छ ।

भारतको सुरक्षा, कूटनीति र छिमेकी नीति निर्माणमा डोभाललाई निर्णायक पात्र मानिन्छ । नेपालसँग सम्बन्धित धेरै विषयमा मोदी सरकार डोभालको सुझावमा चल्ने कूटनीतिक वृत्तको बुझाइ छ ।

यो पहिलो पटक होइन । २०७९ को आमनिर्वाचनअघि पनि प्रचण्डले दिल्ली पुगेर डोभाल, विदेश मन्त्री एस. जयशंकर, तत्कालीन विदेश सचिव विनयमोहन क्वात्रा र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग छलफल गरेका थिए । इतिहासले देखाइसकेको छ ।

प्रचण्डको दिल्ली भ्रमण प्रायः चुनाव वा सत्ता समीकरणको सन्दर्भसँग जोडिएको हुन्छ । दिल्ली उड्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता गरेका थिए । साढे दुई वर्षको तिक्तता तोड्दै उनीहरू ललितपुरको मानभवनस्थित विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा भेटिएका थिए ।

यही घरमा २ फागुन २०७४ मा भएको भेटपछि ओली नेतृत्वमा सरकार बनेको राजनीतिक इतिहास अझै ताजा छ । १७ असार २०८१ मा ओली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेपछि ओली–प्रचण्ड सम्बन्ध चिसिएको थियो ।

तर चुनावको मुखमा उनीहरू फेरि संवादमा फर्कनु अर्थपूर्ण मानिएको छ । यति बेला काँग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिच पनि निरन्तर संवाद भइरहेको छ । नेताहरूका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस, एमाले र नेकपाबिच चुनावी गठबन्धनको सम्भावनाबारे प्रारम्भिक छलफल सुरु भइसकेको छ ।

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटै राजनीतिक छातामुनि गोलबद्ध भएपछि पूराना दलहरू थप दबाबमा परेका छन् । अलग–अलग चुनाव लड्दा अपेक्षित नतिजा नआउने निष्कर्षमा पुगेका ठुला दलहरू अब ‘एकजुट भएर प्रतिस्पर्धा’ को विकल्पमा गम्भीर देखिन्छन् ।

काँग्रेस नेतृ आरजु राणा देउवाको दिल्ली यात्रा औपचारिक रूपमा स्वास्थ्य उपचार भनिए पनि उनी पार्टी सभापति देउवाको प्रतिनिधिका रूपमा गएको चर्चा छ । विगतका भ्रमणहरूमा पनि आरजुले राजनीतिक भेटघाटलाई प्राथमिकता दिँदै आएकी छन् ।

विजेपी विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको नियमित संवादले पनि त्यसलाई पुष्टि गर्छ ।रास्वपा उपसभापति स्वर्णिम वाग्ले भने ‘जेन–जी आन्दोलनपछिको नेपाल–भारत सम्बन्ध’ विषयक सेमिनारमा सहभागी हुन दिल्ली जाँदै छन् ।

विवेकनन्द इन्टरनेसनल फाउन्डेसन र नेटस्ट्र्याटले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा काँग्रेस नेता गोविन्द पोखरेल पनि सहभागी हुनेछन् । यी दुवै संस्थालाई भारतीय सुरक्षा संयन्त्र नजिक मानिन्छ ।

डोभाल स्वयं विवेकनन्द फाउन्डेसनका संस्थापक निर्देशक हुन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हालै भारत भ्रमणमा थिए । मुम्बईमा आईआईटी बम्बईको टेकफेस्टमा प्रवचन दिएपछि दिल्लीमा पूर्व राजदूतहरूसँगको छलफलमा सहभागी भएका भट्टराईले भारतीय अधिकारीहरू नेपालमा समयमै निर्वाचन होस् भन्ने पक्षमा रहेको बताएका छन् ।

भारतले नेताहरूले के भन्छ ? के दिन्छ ? त्यो दोस्रो कुरा हो तर भारत पुगेर फर्केका नेताहरू आफ्नो भारत सँग राम्रो सम्बन्ध भएको, भारतमा सरकारी पक्षले राम्रो सम्मान गरेको र महत्त्वपूर्ण र उपलब्धि मूलक भ्रमण रहेको भन्ने कुरा नेपाल आएपछि भन्न चाही छुटाउँदैनन् ।

अनि नेपालमा सामाजिक सञ्जालदेखि मिडिया हुँदै चिया पसल सम्म कुनै नेताले व्यक्तिगत रूपमा भारतको भ्रमण गरेको भए पनि त्यसलाई ठुलै राजनीतिक रङ्ग दिन पछि पदैनन् ।

Advertisement

लामो समयदेखि नेपालको तरल राजनीतिलाई भारतले पक्कै पनि आफ्नो हितमा प्रयोग गरेको हुन सक्छ तर सबै कुरा विदेशीले नै गरेका हुन भन्दै विगतका आफ्ना कमी कमजोरीबाट उम्कन खोज्ने र व्यक्तिगत लाभका लागि राष्ट्र प्रति बेइमान गर्र्नु चाँही कुनै पनि नेताका लागि आफैमा ठूलो अपराध हो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top