×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

२६ पुष २०८२

२६ पुष , काठमाण्डौ ।

यति बेला देशका प्रमुख राजनीतिक दलहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट, गठबन्धन र चुनावी रणनीतिमा व्यस्त छन्, त्यही बेला विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस भने गम्भीर आन्तरिक सङ्कटमा फसेको छ ।

Advertisement
Advertisement

बाहिर चुनावी मैदान तातिँदै गर्दा भित्र काँग्रेस विधान, नेतृत्व र शक्ति सन्तुलनको लडाइँमा अल्झिएको छ । पार्टीको नियमित १५ औँ महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने भन्ने विवादले काँग्रेसलाई अहिले प्रस्ट दुई धारमा विभाजन गरिदिएको छ ।

एकातिर सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संस्थापन पक्ष छ भने अर्कोतिर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्ने बहुमत महाधिवेशन प्रतिनिधिहरू छन् ।

विवादको औपचारिक सुरुवात पुस अन्त्यका लागि तय गरिएको नियमित महाधिवेशनबाट भयो । पार्टी विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्ने दबाबबिच सभापति देउवाले नेतृत्व गरेको संस्थापन पक्षले मङ्सिर १५ मा केन्द्रीय समिति बैठक बोलाएर पुस अन्त्यमा नियमित महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो ।

तर त्यो कार्य तालिका व्यवहारमा कार्यान्वयन भएन । त्यसपछि पार्टीको कार्यसम्पादन समितिको बैठक बसेर बहुमतको आधारमा नियमित महाधिवेशनको मिति वैशाखमा सारियो । यही निर्णयलाई लिएर काँग्रेसभित्र असन्तोष विस्फोटक बिन्दुमा पुग्यो ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले यसलाई विधानको भावना र बाध्यात्मक प्रावधानको उल्लङ्घन भने । उनीहरूको आरोप छ—बहुमतको बलमा सभापतिले नेतृत्व जोगाउने रणनीति अपनाएका छन् ।

जेन–जी आन्दोलनपछि बद्लिएको राजनीतिक चेतना, युवा मतदाताको दबाब र नेतृत्व परिवर्तनको मागसँगै महामन्त्री द्वय थापा र शर्माले विशेष महाधिवेशनको औपचारिक प्रस्ताव अघि सारे ।

उनीहरूले पार्टीका २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन आह्वानको माग पेस गरे । काँग्रेस विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतभन्दा बढीले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने प्रावधान छ ।

तर माग गरिएको तीन महिना पूरा हुन लाग्दा पनि सभापति देउवा पक्षले विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गर्दै आएको छ । यही अस्वीकारकै बिच विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरे ।

एकातिर विधानको अक्षरशः पालना माग गर्ने पक्ष छ, अर्कोतिर राजनीतिक व्यावहारिकता र बहुमतको निर्णयलाई प्राथमिकता दिने संस्थापन छ । देउवा पक्षको तर्क छ जब नियमित महाधिवेशनको मिति तय भइसकेको छ, तब विशेष महाधिवेशनको औचित्य रहँदैन । तर विशेष महाधिवेशन पक्षधरहरूको जवाफ स्पष्ट छ— “विधानले बाध्यात्मक रूपमा तोकेको समयभित्र विशेष महाधिवेशन नगर्नु नै अवैधानिक हो । नियमित महाधिवेशन सार्नुले विशेषको माग स्वतः खारेज हुँदैन ।”

यो विवाद केवल केन्द्रीय नेताहरूबिच सीमित रहेन । यसको असर पार्टीको केन्द्र मानिने काठमाडौँमै तल्लो तहसम्म देखियो । काठमाडौँ महानगर समितिसहित क्षेत्र नम्बर २, ५, ६, ७, ८, ९ र १० का सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरे ।

उनीहरूको भनाइ थियो—पार्टीलाई चुनावको मुखमा आन्तरिक द्वन्द्वमा फसाउनु आत्मघाती कदम हो । तर रोचक पक्ष के भने, काठमाडौँ जिल्ला समिति र बागमती प्रदेशका ५ जना प्रभावशाली पदाधिकारीहरू, उपसभापति द्वय चन्द्र महर्जन र मोहनबहादुर बस्नेतसमेत छन्—खुला रूपमा विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

यसले देखायो कि काँग्रेसभित्रको ध्रुवीकरण केवल केन्द्रमा होइन, सङ्गठनका सबै तहमा फैलिसकेको छ । विशेष र नियमित महाधिवेशनको पक्षमा खुल्ने र हस्ताक्षर फिर्ता लिने क्रम एकसाथ चलिरहेको छ ।

कतिपय प्रतिनिधिहरू नेतृत्वको दबाबमा हस्ताक्षर फिर्ता लिएको बताउँछन् भने कतिपयले पार्टी फुटको डर देखाएर विशेष महाधिवेशनको विरोध गरेका छन् । यही दोहोरो गतिविधिले काँग्रेसलाई निर्णयहीनता र अनिश्चितताको दलदलमा पुर्‍याएको विश्लेषकहरूको भनाइ छ ।

विशेष महाधिवेशन पक्षधरहरूको रणनीति केवल विरोधमा सीमित छैन । उनीहरूले सभापति शेरबहादुर देउवालाई नै विशेष महाधिवेशनको प्रमुख अतिथि बन्न निम्तो समेत पठाएका छन् ।

यही सम्भावित जोखिमकै कारण देउवा पक्षले विशेष महाधिवेशनलाई ‘काउन्टर’ दिन समानान्तर भेला गर्ने तयारी गरिरहेको स्रोतहरू बताउँछन् । शुक्रवार सभापति देउवाले नेविसंघका नेताहरूसँगको भेटमा “पार्टी फुट्न नदिने” प्रतिबद्धता जनाए । तर उनको यही भनाइले पार्टीभित्र फुटको जोखिम कति गम्भीर छ भन्ने पनि देखाउँछ।

देउवा निकटकै ३० जना केन्द्रीय सदस्यहरू—जसमा डिला सङ्ग्रौला, उदयशम्शेर राणालगायत छन्—ले विद्रोही पक्षको मागलाई सम्मान गर्दै संवादमार्फत निकास खोज्न नेतृत्वलाई दबाब दिएका छन् ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि निषेध, कारबाही र बहिष्कारभन्दा संवाद र सहमतिले सङ्कट टार्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षको दाबी छ “विशेष महाधिवेशनले पार्टी फुटाउँदैन, बरु सङ्कट समाधान गर्छ ।”

तर जसरी पार्टीभित्र ध्रुवीकरण तीव्र बन्दै गएको छ, त्यसले यो दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ । इतिहासले देखाउँछ—काँग्रेसमा नेतृत्व विवाद समाधान नहुँदा फुटको बाटो खुलेको उदाहरण प्रशस्तै छन् ।

एकातिर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर, अर्कोतिर संस्थापनको कडा अडान—यी दुईबिचको टकराबले काँग्रेसलाई निर्णायक मोडमा पुर्‍याएको छ । यो टकराबले काँग्रेसलाई या त नयाँ नेतृत्व, नयाँ नीतिगत स्पष्टता र पुनर्जागरणतर्फ लैजानेछ, वा गहिरो आन्तरिक सङ्कट, सङ्गठनात्मक कमजोरी र चुनावी क्षतितर्फ धकेल्नेछ ।

Advertisement

अहिलेको अवस्थामा नेपाली काँग्रेसका लागि ‘विशेष महाधिवेशन’ केवल एउटा कार्यक्रम होइन, यो पार्टीको भविष्य, नेतृत्व र अस्तित्वसँग जोडिएको अग्निपरीक्षा बनेको छ ।
पार्टी यो सङ्कटबाट एक ढिक्का भएर बाहिर निस्कन्छ कि फेरि इतिहास दोहोर्‍याउँछ, त्यसको फैसला अब केही दिनमै हुनेछ । चुनावी मैदानभन्दा पहिले काँग्रेसले जित्नुपर्ने सबैभन्दा ठुलो लडाइँ आफैँसँगको सङ्घर्ष बनेको छ ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top