NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब

बुधबार पुस ३० , २०८२
Reading Time: 1 min read
A A
बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० पुष , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गरी आगामी प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्नेगरी चुनावमा होमिने तयारी गरेसँगै नेपालको राजनीतिकै तरंग उत्पन्न भएको छ।

जेनजी आन्दोलनमा उनको भूमिकालाई लिएर एमालेपक्षबाट प्रश्न गरिरहेका बेला बालेन भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै अब संसदमा पुग्नै नदिने रणनीतिमा देखिन्छन् । यसका लागि ओलीले लगातार चुनाव जित्दै आएको झापा ५ लाई उनले आफ्नो निर्वाचन क्षेत्र बनाउने तयारी गरेका छन् ।

बालेनले जिल्लास्तरका रास्वपा नेताहरुसँग परामर्श गरी आफ्नो उम्मेदवारीबारे जानकारी गराएसँगै बालेन र झापा ५ लाई लिएर सर्वाधिक चासो बढेको छ । एमाले भित्रैबाट बालेनलाई झापाबाट उम्मेदवार नबन्न र बने राजनीति नै समाप्त हुने सम्मका चुनौतीहरु दिन थालिएको अवस्थामा बालेनमाथि आफ्नै पैतृक थलो महोत्तरीबाट चुनाव लड्न दबाब आएको छ ।

महोत्तरीमा रहेका उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले त्यहीँबाट चुनाव लड्न आग्रह गरेका छन्। आफ्नै सचिवालयमा रहेका कुमार बेनको ज्वागलस्थित घरलाई छलफलको थलो बनाइरहेका बालेनलाई मंगलबार आफन्त एवम् पार्टीका नेता कार्यकर्ताले अन्यत्र क्षेत्र नखोज्न भनेका हुन्।

मेयर बालेन शाहको पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। त्यहाँ उनको घर रहे पनि परिवारका सदस्य बसोबास भने गर्दैनन्। उनको घरमा अहिले पालिकाको कार्यालय बसिरहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरबाट यही माघ ४ गते राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बन्ने तयारी गरिरहेका बालेन झापा–५ बाट उठ्ने तयारी गरिरहेका बेला बालेनमाथि आफन्त र पैतृक जिल्लाबासीहरुले महोत्तरी नछाड्न सुझाएका हुन् ।

मेयर बालेनका एक सचिवालय सदस्यले भनेका छन्, ‘महोत्तरीबाट आउनु भएको आफन्तले भेटेर महोत्तरी–३ बाट चुनाव लड्न भन्नुभएको छ। उहाँहरूले जिल्लाको वस्तुस्थिति पनि बताउनुभयो,’ ।

७९ को निर्वाचनमा महोत्तरी ३ बाट लोसपाका महन्थ ठाकुर जसपाका हरिनारायण यादवलाई पराजित गर्दै १६ हजार ३ सय ७५ मतसहित विजयी भएका थिए । जसपाका हरिनारायण यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका थिए भने एमालेबाट बागी बनेका स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए ।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर नै निर्वाचित भएका थिए । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी फोरमले मधेसी गठबन्धन बनाएको थियो ।

कांग्रेसले बजरंग नेपालीको उम्मेदवारी फिर्ता गरेर ठाकुरलाई नै समर्थन गरेको थियो र ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तरले विजयी भएका थिए । ७४ मा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका विजय चौधरी मात्र ८ हजार ६७६ मतमा सीमित भएका थिए भने स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले ४ हजार २० मत पाएका थिए ।

अहिले भने बयोबृद्ध महन्थ राष्ट्रियसभाको उम्मेदवार बनेका छन् । महोत्तरी क्षेत्र नं. ३ अन्तर्गत जलेश्वर, मटिहानी र मनरासिश्वा नगरपालिका तथा एकडारा र पिपरा गाउँपालिकाको गरी कूल ३५ वटा वडा पर्छन् ।

जलेश्वरका १२ वटै वडा, मटिहानीका ९ वटा, एकडारा गाउँपालिकाको वडा नं. ६ बाहेक ५ वटा, पिपरा गाउँपालिकाको वडा नं. ६ बाहेक ६ वटा र मनरा सिश्वाको वडा नं. ८, ९ र १० गरी ३ वटा वडा यो क्षेत्रमा पर्छन् ।

स्थानीय निर्वाचनमा भने लोसपाले मटिहानी नगरपालिका बाहेक सबै गुमाएको छ । अन्य चारवटै पालिकाको नेतृत्व जसपाको हातमा छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणाम हेर्ने हो भने जसपा पहिलो दल छ ।

लोसपा दोस्रो, एमाले तेश्रो, कांग्रेस चौथो र तत्कालीन माओवादी अहिलेको नेकपा पाँचौ दलको हैसियतमा देखिन्छन् । समानुपातिकतर्फ सबैभन्दा बढी यो क्षेत्रमा लोसपाले १२ हजार ४ सय ८७ मत प्राप्त गरेको थियो भने दोस्रो बढी जसपाले १० हजार ९ सय ९६ मत प्राप्त गर्दा रास्वपाले ६ सय ७ मत मात्रै प्राप्त गरेको थियो ।

तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा हुन् बालेन्द्र शाह बालेन । स्वर्गीय पिता डा. रामनारायण साहका कान्छो छोरा बालेन्द्र बाल्यकालमा गाउँ आउने गरे पनि जनकपुर र काठमाडौंमा समेत घर भएकै कारण पैतृक गाउँ आउने क्रम पातलिँदै गएको थियो ।

बालेनको जन्म काठमाडौंमै भएको हो । डा. साहकी कान्छी श्रीमती ध्रुवदेवी साहको कोखबाट बालेन्द्र साह जन्मिएका हुन् । जागिरको क्रममा आमाबुबा काठमाडौंमा हुँदा उनको जन्म भएको थियो । बालेन जन्मिएको करिब ६ महिनामै उनको परिवारले गाउँ छोडेको थियो ।

उनका पिताले एकडाराको २ नम्बर वडा कार्यालयलाई एक कट्ठा जमिन दान गरेर काठमाडौं फर्किएका थिए । हाल बालेनको पैतृक घर एकडारा गाउँपालिकाको कार्यालयलाई भाडामा दिइएको छ । सोही घरको दुईवटा कोठा पारिवारिक बसाइको लागि छुट्याएर राखिएको छ ।

बालेन वा उनका परिवारका सदस्य यहाँ आएको समयमा सोही कोठामा बस्ने गर्छन् । रास्वपाको दोस्रो वरीयताको वरिष्ठ नेता भए पनि मेयर बालेन पार्टी कार्यालय गएका छैनन्। ज्वागलमै बसेर छलफल, भेटघाट र अन्तरक्रिया गरिरहेका छन्।

बालेन शाह यही ४ गते मेयरबाट राजीनामा दिएर पार्टी प्रवेश गर्ने र माघ ५ गते जनकपुर जाने भएका छन् । त्यहाँ उनी पहिलोपटक पार्टीको ब्यानरमा आयोजना हुने कार्यक्रममा सरिक हुँदैछन्। त्यहीँबाट उनी चुनावी कार्यक्रममा होमिने तयारी पनि भइरहेको रास्वपाले जानकारी दिएको छ।

जनकपुरमा बालेनसँगै रास्वपा सभापति रवि लामिछाने, प्रवक्ता मनिष झा सहितले सम्बोधन गर्नेछन् । मनिष जनकपुरबाट उम्मेदवार बन्ने तयारीमा छन् । जनकपुरको कार्यक्रमबारे जेनजी आन्दोलनका अगुवा तथा रास्वपामासमानुपातिक सूचीमा रहेका पुरुषेतम यादवले पनि पुष्टि गरिसकेका छन् ।

उनले जनकपुरको ऐतिहासिक ऐतिहासिक तेहुतिया गाछीमा माघ ५ गते आशा, साहस र परिवर्तनको आवाज गुञ्जिने बताएका छन् ।

यादवले सामाजिक संजालमा लेखेका छन्, थाकेको देशलाई नयाँ सपना देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यू र देशको भविष्य बोकेका भावी प्रधानमन्त्री श्री बालेन शाहज्यू ले परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्नुहुनेछ। यादवले यो केवल सभा नभइ यो आफूहरुको विश्वास र भोलिको सुरुवात हुने समेत बताएका छन् ।

Tags: #काठमाडौं महानगरपालिकाका मेयर#बालेनलाई आफन्तले घेरे#बालेनलाई  महोत्तरी नछाड्न दबाब

लोकप्रीय

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

विचार

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध
समाचार

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?
ताजा समाचार

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५५ प्रतिशत लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.