अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

२६ जेठ, काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा टेलिभिजन अन्तर्वार्ता बिचमै छाडेर भड्किँदै हिँडेपछि फेरि भाइरल भएका छन् । अमेरिकी टेलिभिजन एनबीसी न्युजको ‘मिट द प्रेस’ नामक अन्तर्वार्ता चलिरहेको बेलामा ट्रम्प रिसाएर हिँडेका हुन्। सन् २०२० को राष्ट्रपति चुनाव र ६ जनवरीको दंगासम्बन्धी प्रश्नहरूमाथि चर्को विवाद भएपछि उनले बिचमै अन्तर्वार्ता छोडेका हुन् ।

अन्तर्वार्ता पत्रकार क्रिस्टिन वेल्करसँग भएको थियो । जसमा ट्रम्पले पुनः २०२० को चुनाव धाँधली गरेको आधारहीन दाबी दोहो¥याएका थिए । वेल्करले क्यालिफोर्नियाको गभर्नर चुनाव प्रक्रिया र मतगणनाबारे प्रश्न गर्दा ट्रम्पले त्यसलाई अस्वीकार गर्दै पत्रकारमाथि नै आक्रोश व्यक्त गरेका थिए ।

ट्रम्पले एनबीसी र कार्यक्रमलाई भ्रष्ट भन्दै आरोप लगाएपछि स्थिति थप तनावपूर्ण बनेको थियो । उनले पत्रकारलाई ‘तिमि या त भ्रष्ट छौ या मूर्ख छौ’ भनेर टिप्पणीसमेत गरे । वेल्करले प्रमाण मागेपछि ट्रम्पले कुनै ठोस प्रमाण प्रस्तुत नगरी चुनावमा धाँधली भएको दाबी दोहो¥याए । पछि ट्रम्पले मलाई पुग्यो भनेर माइक्रोफोन उतारेर अन्तर्वार्ता बिचमै छाडे ।

त्यसपछि वेल्करले ट्रम्पलाई अन्तर्वार्ताकै लागि भनेर आफू विस्कन्सिन आएको कुरा सम्झाइन् । यसको जवाफमा ट्रम्पले ‘म तिमीसँग एक घण्टादेखि झरीमा बसिरहेको छु, पानी पर्दै रोकिँदै गरिरहेको छ । मैले त तिमीलाई पर्याप्त समय दिइसके । तिमीले आफ्नो प्रेसलाई सिधा गर्नुपर्छ,’ भनेर हिँडे ।

अन्तर्वार्ता चलिरहँदा ट्रम्पले ६ जनवरी २०२१ मा भएको अमेरिकी क्यापिटल भवन आक्रमणमा दोषी ठहरिएका व्यक्तिहरूबारे पनि विवादास्पद टिप्पणी गरेका थिए । उनले ती व्यक्तिहरूलाई सङ्घीय अनुसन्धान निकाय (एफबीआई) ले भवनमा प्रवेश गर्न उत्साहित गरेको जस्तो आधारहीन दाबी गरेका थिए ।

साथै, उनीहरूले कडा सजायको डरले दोष स्वीकार गरेको बताएका थिए । ट्रम्प आफैँले प्रस्ताव गरेको ‘एन्टी–वेपनाइजेशन फन्ड’ अन्तर्गत ती व्यक्तिहरूलाई क्षतिपूर्ति दिने सम्भावनाबारे सोध्दा उनले स्पष्ट जवाफ दिन मानेनन् । अन्तर्वार्ता विस्कन्सिनमा गरिएको थियो र प्रसारण आइतबार गरिएको थियो । एनबीसी न्युजले ट्रम्पको अचानक अन्तर्वार्ता छोडाइबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

कार्यक्रमकी प्रस्तोता क्रिस्टन वेल्करले ट्रम्पका विभिन्न दाबीमाथि पटकपटक प्रश्न उठाएकी थिइन् । जब वेल्करले क्यालिफोर्नियाको चुनावमा धाँधली भएको दाबीलाई पुष्टि गर्ने प्रमाण मागिन्, ट्रम्पले भने, ‘मलाई त हेर्नु र सुन्नु मात्रै पर्याप्त छ।’ प्रत्युत्तरमा पत्रकार वेल्करले ‘त्यो प्रमाण होइन’ भनेकी थिइन् ।

त्यसपछि ट्रम्पले सञ्चारमाध्यमलाई ‘बेइमान’ भएको आरोप लगाए र अन्तर्वार्ता टुंग्याउँदै भने, ‘माफ गर्नुहोस्, अब यसलाई यतिमै अन्त्य गरौं। मेरा लागि धेरै भयो।’ परम्परागत सञ्चारमाध्यमसँग ट्रम्पको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । उनले प्रायः सञ्चारमाध्यमले आफूविरुद्ध पक्षपातपूर्ण व्यवहार गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

यो अन्तर्वार्ता विस्कन्सिनमा किसानहरूको एक कार्यक्रमका क्रममा गोठभित्र रेकर्ड गरिएको थियो । प्राविधिक समस्या र धातुको छानामाथि ठुलो वर्षाको आवाजका कारण रेकर्डिङ पटकपटक अवरुद्ध भएको थियो । एनबिसीका अनुसार ट्रम्पले अन्तर्वार्ता सुरु भएको करिब ५० मिनेटपछि बिचमै छाडेका थिए।

अन्तर्वार्ताको अधिकांश भाग इरानसँगको तनाव र सम्भावित द्वन्द्वमा केन्द्रित थियो । वेल्करका प्रश्नहरूको जवाफमा ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्न अमेरिका सक्रिय हुनुपर्ने र यो ‘अन्त्यहीन युद्ध’ नहुने दाबी गरे। उनले भने, ‘हामी त्यहाँ केही महिनाका लागि रहने छौं र त्यसपछि खतरा धेरै हदसम्म समाप्त हुनेछ।’

अन्तर्वार्ता त्यसपछि सन् २०२० को राष्ट्रपतीय चुनावतर्फ मोडिएको थियो। ट्रम्पले पुनः कुनै प्रमाणविना चुनावमा धाँधली भएको पुरानो दाबी दोहो¥याए, जसलाई वेल्करले चुनौती दिइन् । ट्रम्पले त्यसपछि क्यालिफोर्नियाको प्राथमिक निर्वाचनको उल्लेख गरे, जहाँ नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि उम्मेदवार छनोट गर्न मतगणना जारी थियो।

उनले भने, ‘चार दिन बितिसक्दा पनि नतिजा आएको छैन। उनीहरू चुनावमा धाँधली गरिरहेका छन्।’ यसमा वेल्करले सोधिन्, ‘के यसको तपाईंसँग कुनै प्रमाण छ ?’ ट्रम्पले जवाफ दिए, ‘मलाई त हेर्नु र सुन्नु मात्रै काफी छ।’ वेल्करले तुरुन्तै भनिन्, ‘तर त्यो कुनै प्रमाण होइन।’ क्यालिफोर्नियामा अन्तिम नतिजा आउन प्रायः लामो समय लाग्ने गर्छ, किनभने त्यहाँ मतगणनाको प्रक्रिया विस्तृत छ र हुलाकमार्फत मतदान (मेल–इन ब्यालेट) को व्यापक प्रयोग गरिन्छ।

‘मेल–इन मतदान’ लाई ट्रम्पले आलोचना गर्दै आएका छन् । ट्रम्पले त्यसपछि भने, ‘उनीहरू बेइमान छन्, ठीक तपाईंजस्तै।’ यसमा वेल्करले जवाफ दिइन्, ‘निष्पक्षताका लागि भन्नुपर्दा म बेइमान छैन, तर आउनुहोस्, कुराकानी जारी राखौं।’ ट्रम्पले त्यसपछि भने, ‘या त तिमि बेइमान छौ, या मूर्ख।’

केही थप चर्को बहसपछि ट्रम्पले भने, ‘अब यसलाई (अन्तर्वार्ता) यतिमै समाप्त गरौं। मेरा लागि धेरै भयो। धन्यवाद डार्लिङ, तपाईंको दिन शुभ रहोस्।’ वेल्करले अन्तर्वार्ता जारी राख्ने प्रयास गरिन्, तर ट्रम्पले बिचमै रोक्दै भने, ‘म तपाईंसँग एक घन्टासम्म पानी परिरहेको बेला पनि बसें। मैले तपाईंलाई पर्याप्त समय दिएको छु।

’उनले थपे, ‘तपाईंले आफ्नो प्रेसलाई सुधार्नुपर्छ। किनकि यदि कुनै देशको प्रेस बेइमान छ भने त्यो देश कहिल्यै महान् बन्न सक्दैन।’ त्यसपछि उनले क्यामेरापछाडि रहेका व्यक्तिहरूतर्फ इंगित गर्दै भने, ‘ल, अब जाऔं।’ उनी उठेर सेटबाट बाहिरिए ।

अन्तर्वार्ता प्रसारण भएपछि वेल्करले भनिन्, ‘शनिबार राष्ट्रपति ट्रम्पसँग मेरो कुरा भएको थियो । हामी दुवैले वर्षाका कारण अन्तर्वार्तामा धेरै व्यावहारिक कठिनाइ आएको स्वीकार गरेका थियौं। उनी ‘मिट द प्रेस’ का लागि फेरि एकपटक बसेर कुराकानी गर्न सहमत भएका छन्।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top