×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

२६ चैत्र २०८२

२६ चैत , काठमाण्डौ।

पाँच पटक प्रधानमन्त्री, दुई कार्यकाल नेपाली काँग्रेसको सभापति, करिब ६ दशकसम्म राजनीतिको केन्द्रमा रहेर नाम र शक्ति आर्जन गरेका शेरबहादुर देउवा अहिले भने राजनीतिक यात्राको दुखान्त मोडमा उभिएका छन् । छैंटौं पटक प्रधानमन्त्री बन्ने आशमा कहिले माओवादी त कहिले एमालेलाई काँधमा बोकेर पालो पर्खिरहेका बेला जेन्जी आन्दोलनले उनको त्यो आशलाई मात्रै चकनाचुर पारिदिएन, उनले पत्नीका साथमा आफ्नै घरमा कुटपिट र दुव्र्यवहार सहनु पर्यो।

Advertisement

आँखै अगाडि घर जल्यो र आफ्नै घरबाट ज्यान जोगाएर भाग्नु पर्यो । उनको निवास जलाउने क्रममा ठूलो धनराशी जलेको पनि बताइन्छ । अहिले देउवानिवास पुनर्निर्माणको काममा पनि सरकारले रोक लगाएको छ । यता पार्टी सभापतिबाट पनि जबर्जस्ती निकालिए । उनको यो दुर्भाग्यमा कति नियती कति उनको विगतको कर्म रह्यो त्यो हिसाबकिताव हुँदै जाला ।

तर यतिले मात्रै देउवाको अपमान र ओलारो यात्रामा विराम लागेन । अहिले उनी पत्नीसहित नेपाल प्रहरीको फरार सूचिमा छन् । विदेशमा रहेका उनलाई पक्राउ गर्न रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु भइसकेको छ । देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्यामा अनुशन्धानका लागि मंगलबार पक्राउ पुर्जी जारी भएको हो ।

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन सुरु भइसकेको छ । सम्पत्ति शुद्धीकरण विभागले देउवा परिवारका नाममा भएको चल–अचल सम्पत्ति पनि रोक्का गरिसकेको छ । शेरबहादुर देउवा नबोलेरै राजनीति गर्ने नेताका रूपमा चिनिन्छन् । आफूविरुद्ध भएका विरोधका टिकाटिप्पणीको पनि उनी सार्वजनिक रूपमा प्रतिवाद गर्दैनन् ।

तर आफूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको र पक्राउ पुर्जीसमेत जारी भएको घटनाबारे भने देउवाले तत्कालै मुख खोलेका छन् । हाल उपचारका लागि भन्दै हङकङमा रहेका देउवाले यसबारे हिजै आफ्नो धारणा सार्वजनिक गरे । ’म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु’, देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउँदै थप भनेका छन्, ’देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।’

देउवाले आफू र श्रीमती आरजुमाथि लगाइएको आरोपको वास्तविकता समयक्रमसँगै खुल्दै जाने भन्दै अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल पनि गरेका छन् । यति मात्रै होइन देउवाले आफू तत्काल स्वदेश फर्किन सम्भव नभएको सन्देश पनि स्पष्ट रूपमा दिएका छन् ।

उनले भनेका छन्, ’स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।’ २१ फागुनको चुनावअघि देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर गएका थिए । हाल उनीहरू हङकङमा आफन्तको बसिरहेको बताइएको छ ।

त्यसैले, पुर्जी जारी भए पनि तत्काल पक्राउ असम्भव छ । उनीहरूलाई आफैँ चाँडो स्वदेश नफर्किए इन्टरपोलमार्फत झिकाउने सरकारको तयारी छ । रेडकर्नर नोटिस जारी गर्ने विषयमा छलफल भइरहेको छ । देउवा पछिल्लोपटक १४ फागुनमा सिंगापुर गएका थिए । त्यसयता उनी स्वदेश फर्किएका छैनन् ।

करिब तीन साता सिंगापुर बसेर हङकङ गएका उनी हाल उतै छन् । आरजु भने शेरबहादुर सिंगापुर जानुभन्दा एक साताअघि नै भारत गएकी थिइन् । उनी भारतबाटै सिंगापुर गएकी हुन् । देउवाका छोरा–बुहारी जयवीर र शिवाना श्रेष्ठ पनि लामो समयदेखि विदेशमै छन् । यसबीच देउवाले बुढानीलकण्ठस्थित जग्गा पनि बिक्री प्रक्रिया अघि बढाएका थिए ।

यद्यपि, उनको त्यो जग्गा रोक्का भइसकेको छ । देउवादम्पतीको लामो विदेश बसाइलाई सन्देहपूर्ण मानिएको छ । स्वास्थ्य उपचारभन्दा पनि सम्पत्ति व्यवस्थापनका लागि उनीहरू सिंगापुर र हङकङमा बसेको अनुमान गरिएको छ । पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री देउवाले आफू उपचारका क्रममा विदेश रहेको दाबी गरेका हुन् ।

तर, उपचारका नाममा देउवादम्पतीको लामो विदेश बसाइ ‘सन्देहपूर्ण’ देखिन्छ । कुन अस्पतालमा कस्तो उपचार गरिरहेको उनीहरूले खुलाएका छैनन् । यता कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा दम्पतीलाई स्वदेश फर्केर अनुसन्धानमा सहयोग गर्न सार्वजनिक अपिल गरेका छन् ।

Advertisement

पौडेलले अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै देउवा दम्पतीलाई कानुनसम्मत प्रक्रिया र अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणासमेत राखेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top