×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

२६ चैत्र २०८२

२६ चैत , काठमाण्डौ।

जेनजी आन्दोलनका क्रममा ज्यान जाने गरी दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् । ओली त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् । उनले हिरासतको १३ दिनको अवधि अस्पतालमै कटाएका छन् ।

Advertisement

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो । उनीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतबाटै रिहा भएका हुन् ।

सर्वोच्च अदालतको आदेश अनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेपछि छाडिएको हो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते ओलीलाई गुन्डुस्थित निवासबाटै पक्राउ गरेको थियो।

तर विभिन्न ६ वटा रोगको सामना गरिरहेका ओली चैत १५ गतेदेखि शिक्षण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएपछि चिकित्सकहरूले उनलाई पित्तथैलीमा पत्थरी, थाइराइड, मधुमेह, उच्च रक्तचापसहितका समस्या भएको बताएका थिए ।

निरन्तर निगरानीमा राखेर उपचार गर्नुपर्ने भएपछि ओलीलाई चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज गर्न अस्वीकार गरेका थिए । त्यहीकारण उनले प्रहरी कार्यालयको हिरासतमा बस्नु भने परेन। गत चैत २३ गते सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएको ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको थियो। जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

यस्तै पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो। ओलीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भद्रकालीस्थित प्रहरी हिरासतमै बसे ।

ओली भने चैत १५ गतेदेखि शिक्षण अस्पतालमा बसेर रिहा भए । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको थियो।

जेन–जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा पुगेको देखिन्छ। नयाँ सरकार गठन भएसँगै गृहमन्त्री सुधन गुरुङले आक्रामक रूपमा कानून कार्यान्वयन सुरु गरेका छन्, जसको प्रभावस्वरूप केही दिनमै उच्च तहका राजनीतिक व्यक्तिदेखि व्यवसायी र आपराधिक समूहसम्म व्यापक पक्राउ अभियान सञ्चालन गरिएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी तथा पूर्व मन्त्री आरजुराणाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । उनीहरु उपचारको सिलसिलामा भन्दै हङकङमा रहेका छन् । देउवादम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको छ ।

सरकारको यो अभियान केवल आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूमै सीमित छैन । अन्य आपराधिक तथा आर्थिक मुद्दामा पनि कारबाही तीव्र पारिएको छ । एमालेका प्रदेश समिति सदस्य कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् । एक युवतीले आफूलाई होटलमा जबरजस्ती गरेको आरोप लगाएपछि उनीमाथि अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा ठूलो प्रोफाइल व्यक्तिहरू पक्राउ परेका छन् । पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । शंकरलाल अग्रवाललाई पनि पक्राउ गरी बयान लिएपछि रिहा गरिएको छ ।

यी सबै घटनाले सरकार आर्थिक अनियमितता र भ्रष्टाचारविरुद्ध पनि कडा रूपमा प्रस्तुत भएको संकेत दिन्छ । बालअधिकारसँग सम्बन्धित अर्को संवेदनशील मुद्दामा लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मा पनि मुछिएकी छन् । उनलाई घरमा काम गर्ने बालिकामाथि शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको थियो ।

पछि अदालतले उनलाई थुनामा नराख्न आदेश दिएपछि उनी हाल हिरासत बाहिर बसेर अनुसन्धानमा संलग्न छन् । पीडित बालिकाले लामो समयसम्म कुटपिट, घरेलु काम र परिवारसँग सम्पर्क गर्न नपाएको गम्भीर आरोप लगाएकी छिन्। प्रहरीले जेनजी प्रतिवेदनकै आधारमा काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजाल पनि फत्राउ परेका थिए ।

तर उनलाई पनि जमानीमा छाडिएको थियो । यसैबीच, प्रहरीले गुण्डागर्दीविरुद्ध पनि आक्रामक अपरेशन सञ्चालन गरेको छ । चैत २० र २१ गते गरिएको अपरेशनमा ३३ जना आपराधिक गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँमा धम्की, हप्ता असुली र बिचौलियाको काम गर्ने समूहहरू लामो समयदेखि सक्रिय थिए ।

Advertisement

अहिले धेरैजसो व्यक्ति फरार भएका छन् भने उनीहरूको खोजी जारी रहेको बताइएको छ । प्रहरी अधिकारीहरूका अनुसार यस्तो निगरानी र तयारी पहिलेदेखि नै भए पनि नयाँ सरकार आएपछि कारबाहीलाई तीव्रता दिइएको हो । उच्च तहका व्यक्तिहरूमाथि कारबाही हुनु एकातिर कानूनको समानता लागू भएको संकेत मानिएको छ भने अर्कोतिर यसले राजनीतिक तनाव र बहसलाई पनि बढाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top