×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

८ बैशाख २०८३

८ वैशाख ,काठमाण्डौ।

सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ । नयाँ स्मार्ट लाइसेन्समा ३९ वटा सुरक्षा विशेषताहरु रहेकाले अब नक्कली लाइसेन्स बनाउन असम्भव हुने दाबी गरिएको छ ।

Advertisement
Advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । ‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड बौद्धिक क्यू.आर.प्रविधि अवलम्बन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार विगतमा प्रयोग गरिएको स्मार्ट चिप प्रणाली आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी हुन नसकेको र विदेशी प्राविधिकमा निर्भरता बढाएको थियो । यही अवस्थालाई सुधार गर्न अहिले उच्च सुरक्षायुक्त कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड ‘बौद्धिक क्यूआ प्रविधि प्रयोगमा ल्याइएको हो ।

यस प्रविधिबाट इन्टरनेट बिना नै ट्राफिक प्रहरी वा सम्बन्धित निकायले कार्ड स्क्यान गरी तुरुन्तै चालकको पहिचान प्रमाणीकरण गर्न सक्नेछन् । नयाँ अनुमतिपत्रमा ३९ प्रकारका सुरक्षा विशेषता समावेश गरिएको मन्त्रालयले जनाएको छ । पहिलो तहमा सामान्य आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (एमआरजेड) तथा फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन् ।

दोस्रो तहमा भने विशेष उपकरणमार्फत मात्र देखिने अदृश्य युभी मसी र ‘इन्फ्रारेड एब्जोप्र्सन’ प्रविधि प्रयोग गरिएको छ । तेस्रो वा फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय सुरक्षा संयन्त्र राखिएको जनाइएको छ ।

प्रत्येक कार्डको डिजाइन अर्को भन्दा फरक हुने भएकाले एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने र यसले नक्कली बनाउने सम्भावना न्यून बनाएको दाबी गरिएको छ । सम्पूर्ण उत्पादन प्रक्रिया एन्ड—टु—एन्ड अफलाइनु प्रणालीमा आधारित भएकाले डेटा चुहावटको जोखिम नरहेको र नागरिकको गोपनीयता सुरक्षित रहने दाबी गरिएको छ ।

क्यूआर कोडको वैधता कार्डको अवधि भर कायम रहने जनाइएको छ । मन्त्रालयले यस परियोजनामा सहयोग पुयाउने सबै निकाय, सञ्चार क्षेत्र र नागरिकप्रति आभार व्यक्त गर्दै छपाइ तथा वितरणबारे सुझाव र जिज्ञासाका लागि सधैँ खुला रहने जनाएको छ ।

सरकारले ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्र सेवाग्राहीले लाइसेन्स पाउने दाबी गर्दै आएको छ । यसका लागि सेवाग्राहीले ट्रायल पास हुनासाथ सम्बन्धित यातायात व्यवस्था कार्यालयमा राजस्व बुझाउनुपर्नेछ । त्यसपछि उक्त कार्यालयको प्रणाली (सिस्टम) मा लाइसेन्स छपाइ गर्नुपर्ने सेवाग्राहीको विवरण उल्लेख हुनेछ ।

विवरणसहितको डेटा प्रत्येक यातायात व्यवस्था कार्यालयमार्फत यातायात व्यवस्था विभागको प्रणालीमा पुग्नेछ । सार्वजनिक बिदाबाहेक प्रत्येक दिन साँझ ५ बजेभित्र देशभरका ४२ वटा यातायात कार्यालयबाट डेटा जम्मा गरेर विभागले ६ बजेभित्र सुरक्षण मुद्रण केन्द्रमा पठाइसक्नेछ ।

दिनरात खटिएर यो काम गर्न सफल भएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताएका छन् । सेवाग्राही सन् २०२२ देखि नवीकरण, नयाँ लाइसेन्सका लागि राजस्व तिरेको चिरकटो बोकेर हिँड्न बाध्य छन् । साउनबाट कोही पनि सेवाग्राहीले लाइसेन्सका लागि राजस्व तिरेको चिरकटो बोकेर हिँड्न नपर्ने सुरक्षण मुद्रण केन्द्रको दाबी छ ।

यसअघि वैशाख ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए । साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए ।निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

Advertisement

सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए । यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top