सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् ।

Advertisement

ठगी मुद्धाका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तम ५ लाख रुपैयाँ घुस लिँदालिँदै उनी समातिएका हुन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

घुस रकम लिएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएका कर्मचारीसहितको टोलीले थापालाई कार्यालयबाटै पक्रिएको हो ।

Advertisement

थापा समातिँदा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे नयाँ निर्माण हुन् थालेको अख्तियार भवन शिलान्याशका क्रममा पोखरामै थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top