खसी किलाेकाे ५०० र च्याङग्रा ७०० मा बेच्दै खाद्य संस्थान, बजार मूल्यभन्दा ५० रुपैयाँ सस्तो

२५ असोज ७५, शुक्रबार

काठमाडौं : नेपाल खाद्य संस्थानले दशैंका लागि शुक्रबारदेखि खसी र च्याङग्रा बिक्री शुरु गर्ने भएको छ । संस्थानले बिहीबार ५०० च्याङग्रा र ३०० खसी बिक्री शुरु गर्न लागेकाे हो ।

संस्थानले खसीको मूल्य किलाेकाे ५००  र च्याङग्राको ७०० रुपैंयाँ तोकेको छ । बजार मूल्य भन्दा सस्तोमा खसी च्याङग्रा बिक्री गर्न लागेको संस्थानको सूचना अधिकृत शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले खसी बजार मूल्य भन्दा ४५ रुपैंया र  च्याङग्रा ५० रुपैंया सस्तोमा बिक्री गर्न लागेको हो ।

संस्थानले बिहिबार ९ बजेदेखि बिक्री शुरु गर्ने तयारी गरेको छ । संस्थानसँग भएको खसीले २ दिनको भाग धान्ने अनुमान गरिएको छ । त्यपछि थप खसी च्याङग्रा थप गर्ने छ ।

Advertisement

हाल लोकल खसीको बजार मूल्य ५३० र भारतीय खसीको  ५४५ रूपैयाँमा कारोबार भैरहेको चौपाय खरिद बिक्री सेवा संघका संरक्षक दिपक थापाले बताए । उनका अनुसार च्याङग्राको बजार मूल्य ७५० रहेको छ ।

संस्थानले दशैका लागि मकवानपुर र दाङबाट १ हजार खसी र मुस्ताङबाट १ हजार च्याङग्रा काठमाडौं ल्याएको हो । खसी च्याङग्रा संस्थानको थापाथलीस्थित डिपोबाट बिक्री गर्ने संस्थानले जनाएको छ ।

Advertisement

यसैगरी संस्थानले राजधानीको ४ स्थानमा सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । सूचना अधिकृत सापकोटाका अनुसार असोज १२ गतेदेखि शुरु भएको सुपथ मूल्यको पसलमा उल्लेख्य ग्राहकले सहभागी जनाएका छन् ।

संस्थानले हाल पसलमा सोना मनसुली चामल प्रतिकिलो ४० रुपैंयामा बिक्री गरिरहेको छ । यसैगरी, जिरा मसिनो ५५, बास्मती ८१, गोरखनाथ ३८ र जापानिज चामल ७५ रुपैंयामा बिक्री गरिरहेको छ । यस्तै सिमी दाना १२० र फापर ७० रुपैंया प्रतिकेजी बिक्री गरिहेको छ ।

महानगरपालिकाले गर्यो पशु बजारको अनुगमन

काठमाडौं महानगरपालिकाले बिहीबार कलंकी, बालाजु, बिजुलीबजार र टुकुचाका चौपाया बिक्री केन्दैको पशुको निरीक्षण गरको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा पशु बजारको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले ४ वटा चौपायाँ बिक्री केन्द्रमा २ हजार ५११ चौपायाँ जाँच गरको छ । जसमा सबैभन्दा बढी कलंकीमा १ हजार २४५ वटा खसी, १६५ वटा बोका, ६० वटा भेडा, ७ वटा थुमा र ३६५ वटा च्याङ्ग्रा जाँचिएको हो । यीमध्ये २ वटा खसी खान अयोग्य रहेको टोलीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top