मनाङ १० महिनादेखि जनप्रतिनिधिविहीन

काठमााडौं : काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधि विहीन छ ।

निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ ।

मनाङ ख मा निर्वाचन त भयो तर त्यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथग्रहण गर्न पाएनन् ।गत बर्ष मंसिर १० गते मनाङमा निर्वाचन भएको थियो ।

निर्वाचन भएर मतपरिणाम घोषणा भए पनि त्यहाँबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे सपथग्रहण गर्नुअगावै कारागार पुगे ।,आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.