२२ भदौ , काठमाण्डौ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडान सेवा नराम्ररी प्रभावित भएको छ। माउन्ट अनाक क्राकातोआमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको खरानी र लाभाको बादल हवाई क्षेत्रमा फैलिएपछि देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थल बन्द गरिएको छ।
विमानस्थल बन्द भएपछि सयौँ उडान प्रभावित भएका छन् भने करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन्। दर्शकवृन्द नमस्कार । तपाईं हेर्दै हुनुहुन्छ नेपाल टाइम्स अनलाइन टेलिभिजन, साथमा छु म संचिता श्रेष्ठ। यतिवेला हामी यहाँहरु माझ ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मुख्य विमानस्थलसहित आठ विमानस्थल बन्द गरिदा १ लाख ७० हजार यात्रु प्रभावित भएको खबरका साथ उपस्थित भएका छौं।

ज्वालामुखीबाट निस्किएको खरानी हवाई क्षेत्रमा फैलिँदा विमान सञ्चालनमा जोखिम बढेपछि अधिकारीहरूले उडान तथा अवतरण सेवा रोक्ने निर्णय गरेका हुन्। इन्डोनेसियाको भूगर्भ विज्ञान सर्भेक्षण तथा अनुसन्धान निकायका अनुसार माउन्ट अनाक क्राकातोआमा शनिबार ज्वालामुखी विस्फोट भएको थियो।
विस्फोटका क्रममा ज्वालामुखीबाट लाभाको फोहोरा निस्किएको थियो भने विस्फोटको गर्जन सयौँ किलोमिटर टाढासम्म सुनिएको बताइएको छ।यो ज्वालामुखी विस्फोटपछि आइतबार पनि अवस्था सामान्य हुन सकेन। ज्वालामुखीसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने निकायले आइतबार थप दुईवटा विस्फोट भएको जानकारी दिएको छ।
विस्फोटपछि ज्वालामुखीबाट निस्किएको खरानी ठूलो क्षेत्रमा फैलिएको छ। यही खरानी सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको हवाई क्षेत्रमा समेत देखिएपछि अधिकारीहरूले विमानस्थल सञ्चालनमा रोक लगाएका हुन्।सुरुमा विमानस्थलको सेवा आइतबार बिहान १ बजेर ३० मिनेटदेखि बिहान ५ बजेर ३० मिनेटसम्म मात्रै स्थगित गर्ने निर्णय गरिएको थियो।
तर ज्वालामुखीबाट निस्किएको खरानीको अवस्था र हवाई सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगनको समय पटक–पटक थप गरिएको छ। पछिल्लो सूचनाअनुसार मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको सेवा मध्यरातसम्म स्थगित रहने बताइएको छ। तर समस्या एउटा विमानस्थलमा मात्रै सीमित छैन।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार बान्डुङमा रहेको हुसेन सास्त्रानेगारा विमानस्थल र सुमात्राको बन्दर लाम्पुङ नजिक रहेको रादिन इन्तेन द्वितीय विमानस्थलसहित अन्य सात विमानस्थलमा पनि उडान सेवा स्थगित गरिएको छ।यसरी ज्वालामुखी विस्फोटका कारण अहिलेसम्म प्रभावित भएका आठवटा विमानस्थलमा एक हजार ५ सय ५८ उडान ढिला भएका छन्।
यी उडान प्रभावित हुँदा करिब एक लाख ७० हजार यात्रु समस्यामा परेका छन्।प्रभावित उडानमध्ये ठूलो संख्या सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित छन्। मन्त्रालयका अनुसार ९ सयभन्दा बढी उडान यही विमानस्थलमा अवतरण गर्ने वा यही विमानस्थलबाट उडान भर्ने रहेका थिए।
उडान सेवा रोकिएपछि यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म पुग्न निकै कठिन भएको छ। कतिपय यात्रु वैकल्पिक उडान खोजिरहेका छन् भने कतिपय यात्रु विमानस्थलमै पर्खन बाध्य भएका छन्। इन्डोनेसियाका यातायात मन्त्री डुडी पुर्वागान्धीले उडान प्रभावित भएपछि यात्रुको चाप व्यवस्थापन गर्न केही अन्य विमानस्थललाई वैकल्पिक अवतरण केन्द्रका रूपमा तयार पारिएको जानकारी दिएका छन्।
उनका अनुसार सेमाराङ र सुराबायालगायतका शहरका केही विमानस्थललाई वैकल्पिक रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। मुख्य विमानस्थलमा उडान सञ्चालन गर्न नसकिने अवस्थामा अन्य विमानस्थलबाट यात्रुलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।
तर ज्वालामुखीबाट निरन्तर खरानी निस्किरहेको अवस्थामा सबै उडान तत्कालै सञ्चालनमा आउने अवस्था भने छैन। हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अधिकारीहरूले अवस्था मूल्यांकन गरिरहेका छन्।उडान प्रभावित भएपछि यात्रुहरूको दैनिकी पनि निकै प्रभावित भएको छ।
ज्वालामुखीको प्रभाव हवाई यातायातमा मात्र सीमित छैन। विस्फोटपछि निस्किएको खरानी ठूलो क्षेत्रसम्म फैलिएको छ। ज्वालामुखीको खरानी सुमात्राको दक्षिणी छेउमा रहेको बन्दर लाम्पुङ शहरसम्म पुगेको बताइएको छ। खरानीका कारण त्यहाँ पार्किङ गरिएका कार, सडकका किनारा र अन्य सतहहरू ढाकिएका छन्।
ज्वालामुखीबाट निस्कने खरानी विमानका लागि विशेष जोखिमपूर्ण मानिन्छ। हवाई क्षेत्रमा ज्वालामुखीको खरानी फैलिँदा विमानको इन्जिन र अन्य महत्वपूर्ण प्रणालीमा असर पर्न सक्ने भएकाले त्यस्तो अवस्थामा उडान सञ्चालन गर्नु जोखिमपूर्ण हुन्छ। त्यसैले ज्वालामुखीको गतिविधि र खरानीको फैलावटलाई निरन्तर निगरानीमा राख्दै इन्डोनेसियाका अधिकारीहरूले विमानस्थल सञ्चालनबारे निर्णय गरिरहेका छन्।
इन्डोनेसिया आफैँमा ठूलो संख्यामा सक्रिय ज्वालामुखी रहेको देश हो। भौगोलिक रूपमा यो क्षेत्र भूकम्पीय तथा ज्वालामुखीय गतिविधिका लागि संवेदनशील मानिन्छ।यसपटक माउन्ट अनाक क्राकातोआमा भएको विस्फोटपछि भने त्यसको प्रत्यक्ष असर हवाई यातायातमा परेको छ।
एउटा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा सेवा रोकिँदा हजारौँ उडान प्रभावित भएका छन् र ठूलो संख्यामा यात्रु आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। अहिले अधिकारीहरूको मुख्य ध्यान ज्वालामुखीको गतिविधि र हवाई क्षेत्रमा फैलिएको खरानीको अवस्था अनुगमन गर्नेतर्फ छ।
अवस्था सुरक्षित भएपछि मात्रै प्रभावित विमानस्थलहरूमा नियमित उडान सञ्चालन गर्ने तयारी छ।त्यसैले तत्कालका लागि इन्डोनेसियाको हवाई यातायात सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्नसक्ने देखिएको छ।माउन्ट अनाक क्राकातोआमा भएको ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियाको हवाई यातायातमा ठूलो अवरोध आएको छ।
मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ विमानस्थलमा सेवा प्रभावित हुँदा एक हजार ५ सय ५८ उडान ढिला भएका छन् भने करिब एक लाख ७० हजार यात्रु प्रभावित भएका छन्।ज्वालामुखीबाट निस्किएको खरानी अझै विभिन्न क्षेत्रमा फैलिरहेको अवस्थामा अधिकारीहरूले हवाई सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल सञ्चालनबारे निर्णय गरिरहेका छन्।
जकार्ताका विद्यालयहरू पनि ज्वालामुखी गतिविधिबाट प्रभावित भएका छन्। नगर प्रशासनले सोमबारका कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गर्ने जनाएको छ। तर, यो व्यवस्था कति समयसम्म लागू रहने हो भन्नेबारे भने स्पष्ट पारिएको छैन। ज्वालामुखी गतिविधिका कारण केही जल यातायात सेवासमेत प्रभावित भएका छन्।
अनाक क्राकाटाउ ज्वालामुखीमा विस्फोटनको गतिविधि बढेपछि विमानस्थल बन्द गर्ने अवधि सोमबार स्थानीय समयअनुसार बिहान ८ः५९ बजेसम्म लम्ब्याइएको विमानस्थल प्राधिकरणले इन्स्टाग्राममार्फत जनाएको छ। शनिबार अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट हुँदा लाभाको फोहोरा निस्किएको थियो भने ठूलो आवाजसमेत सुनिएको थियो।
भूगर्भसम्बन्धी निकायका अनुसार ज्वालामुखीबाट निस्किएको आवाज सयौँ किलोमिटर टाढासम्म सुनिएको थियो। भूगर्भ निकायकी प्रमुख लाना सारियाले अनाक क्राकाटाउ नजिक नजान चेतावनी दिएकी छन्। ज्वालामुखीबाट बाहिर निस्कने पदार्थले निषेधित क्षेत्रमा रहेका मानिसलाई जोखिममा पार्न सक्ने भन्दै उनले सतर्क रहन आग्रह गरेकी छन्।
यद्यपि, पछिल्ला विस्फोटनको शृंखलाबाट सुनामी आउने सम्भावना नरहेको उनले बताएकी छन्। सन् २०१८ मा अनाक क्राकाटाउको केही भाग भत्किएपछि आएको सुनामीमा ४२९ जनाको मृत्यु भएको थियो भने हजारौँ मानिस विस्थापित भएका थिए।
दक्षिण–पूर्वी एसियाली द्वीपसमूह राष्ट्र इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ। महादेशीय प्लेटहरू आपसमा ठोक्किने क्षेत्रमा पर्ने भएकाले इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पीय गतिविधि उच्च रहने गर्छ।




