२२ भदौ, विराटनगर । कुमारी बैंक लिमिटेडले पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)मा आवद्ध हुँदै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको छ ।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजानिकरुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ । यो पहलले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ ।
पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजानिकरुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने बैंकको दाबी छ । बैंकका अनुसार यो पहलले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ । न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणलाई सहयोग गर्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।

पीसीएएफवित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्दछ । यसको बढ्दो विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्ने बैंकको दाबी छ ।
कुमारी बैंक लिमिटेडका सस्टेनेबल बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने, ‘पीसीएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने क्रममा तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ ।’




