आजको मौसम : यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

२६ भदौ ८३, शुक्रबार
Share this
764shares

२६ भदौ , काठमाण्डौ ।

Advertisement

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली तथा कोशी र मधेशमा आंशिक बदली रहेको छ भने गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा ।

Advertisement

आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको जानकारी ।

Advertisement

मधेससहित बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको तथा मधेस र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने पूर्वानुमान ।

बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग र मधेसका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top