समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री कार्यालयमा विभिन्न क्षेत्रका चर्चित उद्योगी तथा व्यवसायीहरूसँग सुरु गरे संवाद ।संवादमा चन्द्र ढकाल, विनोद चौधरी, पवन गोल्यान र उमेश श्रेष्ठलगायतको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयको जानकारी।
देशको आर्थिक अवस्था, निजी क्षेत्रका समस्या, लगानीको वातावरण र समसामयिक विषयमा केन्द्रित रहेर छलफल अघि बढिरहेको उल्लेख । सरकार र निजी क्षेत्रबीच सहकार्य तथा आर्थिक विकासका सम्भावनाबारे समेत महत्वपूर्ण धारणा आदानप्रदान हुने अपेक्षा।



