यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सघाउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुरÞ्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
उक्त रकमको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख रूपैयाँ बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउ वितरण गरेको थियो।
आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पीडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ ।
साथै, यस विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रा.लि पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।




