नहरमा डुबेर १ जनाको मृत्यु, १ बेपत्ता

सुनसरी, आश्विन २७

सुनसरीको इटहरी उप–महानगरपालिका १३ स्थित मियाँ टोलमा शनिबार विहान नहरमा डुबेर १ बालकको मृत्यु भएको छ भने १ बालिका बेपत्ता भएकी छन् ।

बिहान करिब सवा ९ बजे घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही स्थान बस्ने तलाम मियाँको छोरा वर्ष ४ को समिर मियाँको मृत्यु भएको हो भने निजकै भाईको छोरी वर्ष ३ की रीया खातुन बेपत्ता भएकी छन् ।

Advertisement

घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी खनारबाट खटिएको टोलीले पानीमा डुबेर गम्भिर बनेका समिरलाई उद्धार गरी उपचारको लागि विराटनगर स्थित लाइफगार्ड अस्पताल पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

बेपत्ता भएकी खातुनको प्रहरीद्वारा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top