सवा दुई करोडको रुद्राक्ष चोरी

भोजपुर जिल्लाको षडानन्द नगरपालिका –२ कुदाककाउलेको ताबुमा करिब सबा दुई करोड मुल्यको रुद्राक्ष चोरी भएको छ ।

शुक्रबार बिहान करिब ५ बजे ७, ८ जना हतियारधारी अज्ञात समुहले स्थानीय हिमाल तामाङ र बीरबल राईको साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मुल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेका थिए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

लुटेरा समुहले बगैँचामा रहेका चार जना हेरालुलाई कुटपिट गरी हाँगा काटेर एवम् भाँचेर रुद्राक्ष लुटेर लगेको बगानका हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले जानकारी दिए ।

अज्ञात समुहले प्रतिगोटा एकलाख रुपैँया पर्ने बगानको सबैभन्दा मुखदार र फलेको रुद्राक्ष लुटेर लगेको हेरालु बसेका कुवेर राईले बताए ।

Scroll to Top