बाढीपीडितलाई मोड्युलर आवासको तयारी

६ असोज ८३, मंगलबार
Share this
655shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढायो ।

प्रभावित परिवारको अवस्था र रोजाइअनुसार भाडाको आवास वा मोड्युलर घरको व्यवस्था गर्ने तयारी ।

Advertisement

प्रभावित नागरिक आफैँले सुरक्षित स्थानमा कोठा खोजेर बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरिसकेको छ भने चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले भाडा उपलब्ध गराइने ।

त्यस्तै, प्रभावित नागरिकसँग अन्यत्र सुरक्षित जग्गा भएमा त्यही स्थानमा मोड्युलर घर निर्माण गरी बसोबासको व्यवस्था गर्ने तयारी ।

Advertisement

सुरक्षित जग्गा नभएका परिवारका लागि भने सरकारले उपयुक्त जग्गा पहिचान गरी मोड्युलर आवासको व्यवस्था गर्ने ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रभावित परिवार र आवश्यकतासम्बन्धी विवरण संकलनको काम जारी ।

पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक तथा प्रभावित क्षेत्रका पालिका प्रमुख सहभागी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top