शेयर बजार : दोहोरो अङ्कले वृद्धि

२८ असोज ७५, आइतबार

काठमाडौँ,  असोज २८

Advertisement

धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ ।

Advertisement

समग्रमा आज नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढेपनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन । कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ ।

Advertisement

जलविद्युत् १ दशमलब ३१ र उत्पादन ९५दशमलब ७३ विन्दुले घटेको छ । यस्तै बैंकिङ १७ दशमलब ३७, होटल ५५ दशमलब ३४, विकास बैंक १८ दशमलब १५, वित्त ३ दशमलब २४, निर्जीवन बीमा ८७ दशमलब ६१, अन्य ४ दशमलब २७, माइक्रोफाइनान्स ११ दशमलब १४, जीवन बीमा ५७ दशमलब ४९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले आज गुमाएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top