सुन प्रकरणमा तीन चिनियाँसहित चार जना पक्राउ

२३ असोज ८३, शुक्रबार
Share this
751shares

२३ असोज , काठमाण्डौ ।
काठमाडौंको बुढानीलकण्ठस्थित चपलीबाट २२ केजी सुन बरामद ।

Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको र सुन ओसारपसारमा संलग्न रहेको आशंकामा तीन चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ ।

पक्राउ पर्नेमा एक नेपाली महिला पनि रहेको जानकारी ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिकहरूले धुलो सुन ल्याएर बुढानीलकण्ठस्थित घरमा प्रशोधन गरी ढिक्का बनाउने गरेको देखियो ।

प्रहरीले ढिक्का बनाइएको पाँच केजी सुन र बाँकी धुलो सुन बरामद गरेको र बरामद सुनको बजार मूल्य ५५ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख ।

Advertisement

घटनाबारे थप जानकारी र अनुसन्धानबाट खुलेका तथ्य र पक्राउ परेका व्यक्तिहरूबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top