सातै प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपात

२६ असोज ८३, सोमबार
Share this
769shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

आज देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहदा विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने ।

Advertisement

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान ।

कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने ।

Advertisement

आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान ।

गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने ।

त्यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र बागमती, गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top