२९ असोज , काठमाण्डौ ।
दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने रास्वपाका सांसद अमरेशकुमार सिंहको धारणा ।
संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि सांसद सिंहले यस्तो बताए ।

लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उनको भनाइ ।
लोकतन्त्रमा बहुमतको शासन हुने भएपनि बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुने तर्क ।




