पेट्रोलियम पदार्थको मूल्य यथावत्, १५ दिनमै साढे ३ अर्ब घाटा

३० असोज ८३, शुक्रबार
Share this
718shares

३० असोज , काठमाण्डौ ।

Advertisement

आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने नेपाल आयल निगमको निर्णय ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि हाल कायम बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय ।

Advertisement

मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण ।

मध्यपूर्वमा जारी युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेको छ।

Advertisement

स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्नुपर्ने अवस्था रहे पनि चाडपर्वको समयमा उपभोक्तालाई थप आर्थिक भार नपरोस् भनेर मूल्य वृद्धि नगरिएको निगमको भनाइ ।

निगमका अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँमा बिक्री भइरहेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् ।

त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको साविककै मूल्य कायम गरिएको निगमको भनाइ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top