लेबनानबाट ५० देशकाशान्ति सेना फिर्ता हुँदैं, कति छन् नेपाली सेना ?

३० असोज ८३, शुक्रबार
Share this
754shares

३० असोज , काठमाण्डौ ।

Advertisement

संयुक्त राष्ट्रसंघको सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको शान्ति मिसन अन्तर्गत दक्षिणी लेबनानमा तैनाथअन्तर्राष्ट्रिय शान्ति सैनिकहरू अब त्यहाँबाट फिर्ता हुने भएका छन् । लेबनानका राष्ट्रपति जोसेफ आउनले संयुक्त राष्ट्रसंघका शान्ति सैनिकलाई लेबनानमै राख्ननिकै प्रयास गरेका थिए।

तर, उनको प्रयास सफलहुन सकेन। अब युनिफिलको स्थानमा युरोपेली सैनिकहरूको बहुराष्ट्रिय बल तैनाथगर्ने प्रस्ताव अघि सारिएको छ। राष्ट्रसंघीय शान्ति सैनिकफिर्ता हुने खबरले लेबनानमानिराशा छाएको छ भने इजरायलले यसलाई सकारात्मक रूपमालिने आंकलन गरिएको छ।

Advertisement

दक्षिणी लेबनानका गाउँहरूमा सन् १९७८ देखि संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का सैनिक तैनाथ छन्। करिब ४८ वर्ष लामो उपस्थितिका बाबजुद युनिफिलले इजरायल र लेबनानबीचको १२० किलोमिटर लामो ‘ब्लु लाइन’ क्षेत्रमाहुने द्वन्द्व रोक्न नसकेको आलोचनाहुँदै आएको छ।

युनिफिलको एउटा प्रमुख जिम्मेवारी सन् २००० जुन७मा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सीमारेखाबाट इजरायली सैनिकफिर्ता भएको पुष्टि गर्नु थियो।

Advertisement

साथै, सीमा क्षेत्रमा हुने गतिविधि र सम्भावित उल्लङ्घनको निरन्तर अभिलेख राखेर त्यसबारे संयुक्त राष्ट्रसंघलाई जानकारी गराउनु पनियसको जिम्मेवारी थियो।यद्यपि, लेबनानमा धेरै कममानिसले मात्रै शान्ति सैनिक फिर्ता हुँदा सैन्य परिस्थितिमा ठूलो परिवर्तन आउने विश्वास गरेका छन्।

लेबनानका अवकाश प्राप्त ब्रिगेडियर जनरल सईद कजाहले ‘द न्यू अरब’सँग कुरा गर्दै युनिफिलका सैनिकहरू मुख्यतः घटनाका प्रत्यक्षदर्शीका रूपमा रहेको बताएका छन्। उनकाअनुसार, युनिफिलले संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ६ अन्तर्गत कामगर्दै आएको थियो।

यसको भूमिका मुख्यतः सीमा क्षेत्रमा भएका उल्लङ्घनको अभिलेख राख्ने र त्यसबारे राष्ट्रसंघलाई जानकारी गराउनेमा सीमित थियो । त्यसैले शान्ति सैनिकफिर्ता हुँदैमा सैन्य वास्तविकतामा ठूलो परिवर्तन नआउने उनको भनाइ छ।

लेबनानका राष्ट्रपति आउनले शान्ति सैनिकको कार्यादेश कायम राख्न सक्दो प्रयास गरे पनि अमेरिका र इजरायलको विरोधका कारण त्यो प्रयास सफल हुन नसकेको समाचारमा उल्लेख छ। अब उनले फ्रान्स र इटालीले अघि सारेको युरोपेली सैनिक तैनाथ गर्ने प्रस्तावलाई समर्थन गरेका छन्।

लेबनानको चिन्ता के छ भने, युनिफिल फिर्ता भएपछि सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय निगरानी कमजोर हुन सक्छ। इजरायलले लेबनानी भूभागमा प्रवेश गर्ने गतिविधि जारी राख्दै आएको र त्यस्ता घटनाको जानकारी युनिफिल मार्फत संयुक्त राष्ट्रसंघसम्म पुग्ने गरेको बताइएको छ।

त्यसैले शान्ति सेना फिर्ता भएपछि सीमाक्षेत्रमा हुने गतिविधिको निगरानी कसले गर्ने र सम्भावित द्वन्द्व रोक्न कस्तो संयन्त्रबनाइने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । फ्रान्स र इटालीको प्रस्ताव अनुसार युरोपेली सैनिक तैनाथ भएमा त्यसले राष्ट्रसंघीय शान्ति सेनाको स्थानलिन सक्छ।

तर, नयाँ बलको संरचना, अधिकार र जिम्मेवारीबारे थप स्पष्टता आवश्यक हुनेछ । तर लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको कार्यादेश यसै वर्ष समाप्त हुन लागिरहेका बेला राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बुधबार लेबनानमा शान्ति र स्थिरता कायम राख्न संगठन प्रतिबद्ध रहेको बताएका छन्।

शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिवजाँ–पियरे लाक्रोइक्सले लेबनानी अधिकारीहरू तथा संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) मा सैनिक योगदानगर्ने देशका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन्।

युनिफिलमा करिब ५० देशका झन्डै ७हजार ५०० सुरक्षाकर्मी कार्यरत छन्।“युनिफिललाई प्रदानगरिएको महत्त्वपूर्ण सहयोगका लागि मैले उनीहरूलाई धन्यवाद दिएँ र लेबनानमा शान्ति तथा स्थिरता कायम राख्नसहयोग गर्ने संयुक्त राष्ट्रसंघको दृढ प्रतिबद्धता दोहो¥याएँ,”लाक्रोइक्सले भनेका छन् ।

सन् १९७८ देखि युनिफिलले इजरायल र लेबनानबीचमध्यवर्ती सुरक्षाबलका रूपमा काम गर्दै आएको छ। तर, यसको उपस्थितिले इजरायल र हिजबुल्लाह बीच पटक–पटक भएकाद्वन्द्व रोक्न सकेको छैन। पछिल्लो युद्ध मार्चको सुरुवातमा सुरु भएको थियो। अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको दुई दिनपछि हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेको थियो।

त्यसपछि इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्दै सीमावर्ती दर्जनौँ गाउँतथा सहर कब्जा मालिएको थियो। अमेरिकाको मध्यस्थतामा जुन महिनाको अन्त्यतिर युद्धविराम भएपछि द्वन्द्व केही समयका लागि रोकिएको थियो ।

युद्ध उत्कर्षमा पुगेका बेला लेबनानमा करिब १२ लाख मानिस विस्थापित भएका थिए। युद्धविराम पछि अधिकांश घर फर्किए पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार ३ लाखभन्दा बढी मानिस अझै विस्थापित अवस्थामा छन्।

इजरायलले लेबनानको दक्षिणी सीमावर्ती क्षेत्रमा आफ्नो एकतर्फी घोषणा गरेको करिब १० किलोमिटर भित्रसम्म फैलिएको ‘सुरक्षा क्षेत्र’कायम राखेको छ। अमेरिकाको दबाबपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गतवर्ष डिसेम्बर ३१, २०२६ मा युनिफिलको कार्यादेश समाप्त गर्ने निर्णय गरेको थियो।

त्यसपछि सन् २०२७ भरि शान्ति सेनाको उपस्थिति क्रमशः घटाइने छ । अमेरिका र इजरायलले युनिफिलले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै आएका छन्। यसको जिम्मेवारीमा सन् २००६ को संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव कार्यान्वयनमा सहयोग गर्नु पनि समावेश थियो।

उक्त प्रस्तावमा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नुपर्ने र दक्षिणी लेबनानबाट उसको सशस्त्र उपस्थिति पूर्ण रूपमा अन्त्य गर्नुपर्ने उल्लेख थियो। तर, त्यसपछिका दशकमा हिजबुल्लाहले इजरायलको सीमावर्ती क्षेत्रमा युद्धका लागि ठूलो पूर्वाधार निर्माण गरेको आरोप लाग्दै आएको छ।

यद्यपि, लेबनानी अधिकारीहरूले युनिफिलको कार्यादेश थपगर्न माग गरेका छन्। लेबनानका राष्ट्रपति जोसेफ आउनले लाक्रोइक्ससँगको भेटमा युनिफिलले आफ्नो अभियान सुरु गरेदेखि अहिलेसम्म निर्वाह गरेको भूमिकालाई महत्त्वपूर्ण मान्दै लेबनानले शान्ति सेनाको उपस्थिति कायम रहोस् भन्ने चाहेको बताएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार आउनले इजरायलका आक्रमण र दक्षिणी लेबनानका गाउँ तथा सहरमाजारी कब्जाका कारण अन्तर्राष्ट्रिय शान्ति सेनाको उपस्थिति अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले युनिफिल फिर्ता भएमा सुरक्षा रिक्ततासिर्जना हुने र त्यसले क्षेत्रीय सुरक्षा परिस्थितिमा नकारात्मक असर पार्ने चेतावनी समेत दिएका छन् ।

राष्ट्रपति आउनसँगको भेटपछि लाक्रोइक्सले लेबनानको धारणा आफूहरूलाई जानकारी रहेको र युनिफिलको कार्यादेश अस्थायी रूपमा विस्तार गर्न अनुरोध गर्दै लेबनानले संयुक्त राष्ट्रसंघलाई पठाएको पत्रबारे पनिआफूहरू जानकार रहेको बताए।उ नले लेबनानी अधिकारीहरूको धारणालाई सुन्ने र त्यसलाई ध्यानमा राख्ने आवश्यकता औँल्याए।

यसअघि जुलाईमा लेबनानका ८६ जना सांसदले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई पत्र लेख्दै युनिफिलको कार्यादेश विस्तार गर्न र यसको जिम्मेवारी थप व्यापक बनाउन माग गरेका थिए। जुन महिनामा अमेरिका र इरानबीच समझदारी भएपछि दक्षिणी लेबनानमा हिंसाका घटनामा कमी आएको बताइएको छ ।

त्यसै महिनाको अन्त्यतिर अमेरिकाको पहलमा लेबनान र इजरायलबीच एउटा रूपरेखा सम्बन्धी सहमति पनि भएको थियो। उक्त सहमति अनुसार गैरराज्य सशस्त्र समूहसँग सम्बन्धित व्यक्ति वा संस्थासम्म पुनर्निर्माणका लागि छुट्याइएको रकम पुग्न नदिन तथा उनीहरूका गतिविधि रोक्न उपलब्ध कानुनी उपाय अपनाउन लेबनान र अमेरिकाले प्रतिबद्धता जनाएका थिए ।

यस वर्ष वासिङ्टन र रोममा लेबनान तथा इजरायलबीच दुर्लभ प्रत्यक्ष वार्ता भएका थिए । तर, दुवै देश औपचारिक रूपमा अझै युद्धको अवस्थामा छन्। हिजबुल्लाहले यस वर्ष भएका सहमतिहरू अस्वीकार गरेको छ।

जुन महिनाको रूपरेखा सम्बन्धी सहमतिमा हिजबुल्लाहको निःशस्त्रीकरण, दक्षिणी लेबनानबाट इजरायली सेनाको चरणबद्ध फिर्ती र त्यस क्षेत्रमा लेबनानी सेनाको तैनाथी समावेश छन्। यो प्रक्रिया ‘पाइलट जोन’भनिने परीक्षण क्षेत्रबाट सुरु गर्ने योजना थियो । तर, कार्यान्वयन प्रक्रिया अधिकांश रूपमा रोकिएको छ ।

युरोपेली संघकी विदेश नीति प्रमुखका जाकालासले गत साता एएफपीसँग कुरा गर्दै युनिफिलको कार्यादेश विस्तार गर्ने पक्षमा संघ रहेको बताएकी थिइन्। उनले पनिशान्ति सेना हटेपछि उत्पन्नहुन सक्ने सुरक्षा रिक्तताबारे चेतावनी दिएकी थिइन् ।

यसैबीच, फ्रान्स र इटालीले युनिफिलको स्थानलिन सक्ने बहुराष्ट्रिय गठबन्धन स्थापनागर्ने इच्छा व्यक्त गरेका छन्। लेबनान माहाल ५५५ जना नेपालीशान्ति सैनिककार्यरत छन्। संयुक्त राष्ट्रसंघको युनिफिल मिसनको सन् २०२६ सेप्टेम्बर २३ को विवरणअनुसार नेपालका ५५५ सैनिक दक्षिण लेबनानमा खटिएका छन्।

उनीहरू मुख्यतः दक्षिण लेबनानको मेइस अल–जबल क्षेत्रमा रहेको नेपाली बटालियन मुख्यालय तथा अन्य स्थानमा तैनाथ छन्। युनिफिलमिसनको म्याद सन् २०२६ डिसेम्बर ३१ मा सकिँदैछ र त्यसपछि फिर्ती प्रक्रिया अघि बढाउने योजना छ ।

तर नेपाली सैनिक कहिले र कति संख्यामा फर्किने भन्ने छुट्टै निश्चित विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top